जिल्ला छिर्ने राजमार्गका दुबै नाकामा थप कडाई गरिने

शिवराज खनाल
लमही बैशाख ३१ । देउखुरीको पुर्बमा अबस्थित धानखोला र पश्चिम सिमाना शिव खोलामा कडाई गरिने भएको छ । अब अत्याबस्यक सामाग्री, एम्बुलेन्स र गौरब योजनाका सामान बाहेक अन्य सबै सवारी साधान आवत जावत गर्न नपाउने भएका छन् ।
देशमा कोरोना भाईरस सन्क्रमितको संख्या बढदै जान थालेसंगै दाङ्ग पनि उच्च जोखिममा रहेकाले जनप्रतिनिधि, समाजसेवी तथा संघसंस्थाका पदाधिकारीको टोलि पुर्बको धानखोला र पश्चिमको शिव खोला पुगि त्यहाँको अबस्था र स्थिति बुझेका छन् ।
दुबै नाकामा हेल्थ डेक्स राखियको छ, अत्यावश्यक सामाग्री ढुवानीका गाडीहरुका चालक र सहचालकहरुको स्वास्थ जाँच गरेर मात्र दाङ छिर्न दिइएको छ ।

देउखुरी उद्योग बाणिज्य संघको समन्वयमा पुगेको टोलिले नाका क्षेत्रमा अनुगमन गर्न र सुरक्षाकर्मीहरुलाई निगरानी बढाउन निर्देशन दिएको छ ।
सबै एकजुट भएर लाग्न सके दाङ्गलाई कोरोना संक्रमणबाट बचाउन सकिने लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । भयाबह स्थिति आउन सक्ने भन्दै करिब ५ हजार मानिस अट्ने क्वारेनटाईनको स्थापना पालिकाले गर्नलागेको मेयर केसिले जानकारी दिए । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पुर्बी सिमानामा पर्ने जिल्ला र स्थानीय तहसङ्ग समन्वय गरिरहेको र अत्यावश्यक सवारी साधन बाहेक अरु सवारी साधनलाई आउँन नदिने व्यबस्था मिलाएको जानकारी दिए ।
देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले नाका कडाई गर्नेबारे सिडिओ कै समन्वयमा निर्णय भएको बताउदै कोरोना संक्रमण मुक्त जिल्ला भनेर दाङ्गलाई चिनाउनका लागि आफू बचौँ र अरुलार्इ पनि बचाउँ भन्दै सबै सचेत हुन आग्रह गरे ।
त्यस्तै लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले कोरोनाको संक्रमणकालिन अबस्थामा अरुले गरिदेला भन्नू भन्दा पनि स्वयम् आफै यसबाट बच्न लाग्नु पर्ने भएकाले विशेष ध्यान दिन र अत्यावश्यक ढुवानीका साधनहरुमा मनिस वसार पसार नगरिदिन , बाहिर निस्कनै परे सामाजिक दुरि कायम गर्दै स्वास्थविधि अपनाउन अनुरोध गरे ।

अनुगमनमा लमही नगरपालिका प्रमुख कुलबहादुर के सी, उपप्रमुख देवका बेलबासे, राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी , देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने ,लमही चेम्बरका महासचिव केशव राज अधिकारी, अकोराब प्रदेश नम्बर ५ का अध्यक्ष के पि घिमिरे , लमही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका सचिब सनम कुमार पौडेल , लमही जेसिजकि अध्यक्ष सपना पाण्डे , पतञ्जली योग समितीकि जिल्ला उपाध्यक्ष साहाना श्रेष्ठ, पतञ्जलीलमही नगर अध्यक्ष भेषराज भट्टराई ,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।