माउन्ट भ्यु बोर्डिङको ४२ औँ वार्षिकोत्सव

गोरक्ष समाचारदाता
दाङ, ३० पुस । माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलको ४२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षता तथा विद्यालय संस्थापक अध्यक्ष धरनीकुमार शर्माको प्रमुख आतिथ्यता एवम शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीको विशिष्ट आतिथ्यतामा विद्यालयले मङ्गलवार वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्ने वक्ताले निजी विद्यालयले शिक्षाको गुणस्तर बढाउन सहयोग पु¥याएको बताएका थिए । उनीहरूले समयानुकूल शिक्षालाई परिमार्जित गर्दै लैजाने बताएका थिए । कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतले भनाइ राखेका थिए ।

विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पोख्रेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक कृष्णप्रसाद पन्थीले गरेका थिए । कार्यक्रममा विद्यार्थीले नाटक, नृत्य, गीतलगायका प्रस्तुति राखेका थिए । त्यस अवसरमा उत्कृष्ट विद्यार्थी, कक्षामा उत्कृष्ट तथा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।