दाङ,२९ पुस । महिला पतन्जली योग समिति दाङ जिल्लाको समन्वयमा १५ दिने सहयोग शिक्षक प्रशिक्षण तालिमको मंगलवार समापन गरिएको छ ।
अम्बिकेश्वरी योग साधना केन्द्रका अध्यक्ष निरन्जना घिमिरेको अध्यक्षता भएको समापन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका–१८ का वडा सदस्य किरण पोख्रेलले मानिसले आफुलाइ स्वस्थ राख्नका लागि नियमित योग अभ्यास आवश्यक रहेको बताए । निरोगी मानिसले मात्र घर, समाज र रास्ट्रका लागि योगदान दिन सक्ने भन्दै कार्यक्रमका प्रमुख आतिथि पोख्रेलले स्वस्थ रहनका लागि योग साधनमा जोदिन आग्रह गरेका थिए ।
पतन्जली योग नगर समिती दाङका अध्यक्ष तोयानाथ योगि, पतन्जली योग समिती दाङका सचिब सुबोध रेग्मी, कोषाध्यक्ष कोमा रावत ,गोरक्ष रास्ट्रीय दैनिकका प्रकाशक एबम अम्बिकेश्वरी योग साधना केन्द्रका मिडिया प्रभारी सुलोचना गौतम, योग सास्कृतिक समितिका सदस्य लक्ष्मी आचार्य, अम्बापुर खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष बासुदेब रिजाल, अम्बे सामुदायिक बनका अध्यक्ष श्रीधर भण्डारि, बयलडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुषाल, पालुथान योग साधना केन्द्रका अध्यक्ष दिलिप पन्थी, अम्बिकेश्वरी टोल बिकास सस्थाका अध्यक्ष सुधा खनाललगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अम्बिकेश्वरी योग साधना केन्द्रका उपाध्यक्ष गोबिन्द पौडेलको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिब मिना रेग्मीले गरेकी थिइन ।