calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

दाङ महिला जेसीजमा पदहस्तान्तरण

गोरक्ष समाचारदाता
दाङ, २७ पुस । दाङ महिला जेसीजमा पद हस्तान्तरण भएको छ । दाङ महिला जेसीजको आयोजनामा शनिवार घोराहीमा १७ औँ वार्षिक पद हस्तान्तरण भएको हो ।

कार्यक्रममा २०२६ का लागि निर्वाचित अर्चना शर्मालाई दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालले पद हस्तान्तरण गरेकी थिइन् । महिला जेसीजको अध्यक्षमा शर्मा, कार्यकारिणी उपाध्यक्षमा भीमा डिसी र आराधनासिंह ठकुरी, उपाध्यक्षमा सुलोचना पाण्डे, सरस्वती वली, गुञ्जन शाह र अञ्जु घर्ती र सचिवमा माया चौधरी निर्वाचित भएका छन् ।

जेसीज विधान अनुसार नवनिर्वाचित अध्यक्ष शर्माले महासचिवमा वसन्ती सुवेदी, कोषाध्यक्षमा सङ्गीता गिरी, कानुनी सल्लाहकारमा लक्ष्मी चौधरी, जनसम्पर्क अधिकारीमा सुनिता अधिकारी, शाखा सम्पादन संयोजकमा प्रज्ञा स्वर्णाकार, कोष वृद्धि संयोजकमा दीपा पुन, तालिम संयोजकमा रेमन्ता पुन, टिम डाइरेक्टरमा विन्दु डाँगी, सदस्यता वृद्धि संयोजकमा दीपा पुन, स्वास्थ्य संयोजकमा गीता डाँगी, शिक्षा संयोजकमा आकृति शर्मा र च्याप्टर कोअर्डिनेटरमा प्रिया रोका मगरलाई मनोनित गरेकी थिइन् ।

दाङ महिला जेसीजकी अध्यक्ष ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले महिलाको नेतृत्व र क्षमता विकाससँगै सामाजिक कार्यमा दाङ महिला जेसीजले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य विश्वकर्माले दाङ महिला जेसीजले महिलाहरूको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । घरको कामसँगै विभिन्न संघसंस्थाको नेतृत्व गर्न महिलालाई चुनौती रहेको समयमा दाङ महिला जेसीजले युवा महिलालाई एकीकृत गर्दै तालिमका माध्यमबाट दक्ष बनाएर विभिन्न संघसंस्थासँगै राजनीतिमा नेतृत्व गर्न सक्षम महिला उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगी, त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष मिनराज भाट, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला शर्मा, दाङ महिला जेसीजका पूर्व अध्यक्ष एवम् बोर्ड अफ ट्रस्टिमका अध्यक्ष विणा बिसीलगायतले बोलेका थिए ।

कार्यक्रममा पूर्व निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष जुनकुमारी बुढा मगरले नवनिर्वाचित पदाधिकारीलाई शपथ खुवाएकी थिइन् । कार्यकारिणी उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०२५ की महासचिव भीमा डिसी र वर्ष २०२६ की महासचिव वसन्ती सुवेदीले गरेका थिए । कार्यक्रममा जेसीजको एक वर्षीय कार्यकाल सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।