देविराम कुसारी
तुलसीपुर, २७ पुस । बखरिया योग साधना केन्द्र तुलसीपुर–१३ दाङको आयोजनामा शनिवार १५ दिने सह–योगी शिक्षक प्रशिक्षण तालिम सम्मपन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्ने सहभागीले प्रकृति नै कमजोर भइरहेकोतर्फ सचेत गराउँदै मानिसले जीवनशैलीलाई योगमय बनाउनुपर्ने सुझाव दिएका थिए ।
समापन कार्यक्रम बखरिया साधना केन्द्रका अध्यक्ष नवराज रावतको अध्यक्षता तथा वडाध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पतञ्जली योग दाङ जिल्ला मिडिया प्रभारी निमा बस्नेत, जिल्ला सदस्य सुमन गिरी र तुलसीपुर नगर अध्यक्ष पविता योगी, प्रशिक्षक हरि कँडेल, सहभागी हेता रजौरेलगायतले भनाइ राखेका थिए ।
साधना केन्द्रका सन्तोष बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण देविराम कुसारीले गरेका थिए । तालिममा महिला पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो ।