calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

तुलसीपुर सिटी हस्पिटलद्वारा माघी मिलन

तुलसीपुर, २७ पुस । तुलसीपुर सिटी हस्पिटल प्रा.लि.को आयोजनामा तुलसीपुरमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुरस्थित राप्ती शान्ति उद्यान पार्कमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागितामा माघी मिलन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै हस्पिटलका अध्यक्ष विमल रिजालले यस क्षेत्रको समग्र विकासका लागि एकता अपरिहार्य रहेको बताए । उनले विकाससँगै व्यवसायिक एकता आजको आवश्यकता भएको उल्लेख गर्दै व्यवसाय, सामाजिक सेवा र राजनीति जहाँ–जहाँ जोडिए पनि अन्ततः लक्ष्य क्षेत्रको विकास नै हुनुपर्ने बताए ।

“हामी व्यवसायी हौँ, कहिलेकाहीँ राजनीति पनि जोडिन्छ, तर कसले गरे पनि विकास यही क्षेत्रको हुने हो,” उनले भने, “त्यसैले व्यवसायिक होस् वा अन्य विकासका लागि हामी सबै एक हुनुपर्छ ।”

अध्यक्ष रिजालले यो भेटघाट कुनै राजनीतिक उद्देश्यका लागि नभई सामाजिक संघ–संस्था, प्रतिष्ठान तथा व्यवसायीहरूबीच आपसी सद्भाव र सहकार्य अभिवृद्धिका लागि आयोजना गरिएको स्पष्ट पारे । साथै उनले आउँदै गरेको माघी पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे ।

माघी मिलन कार्यक्रममा तुलसीपुरका विभिन्न संघ–संस्था, व्यवसायिक प्रतिष्ठान, व्यापारी, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरू तथा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र राजनीतिक रूपमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।