calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

होटल व्यवसायी समिति लमहीमा नयाँ नेतृत्व

टेकबहादुर पुन
देउखुरी, २६ पुस । होटल व्यवसायी समिति लमहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन लमहीमा सम्पन्न भएको छ । अधिवेशनले हिमन्तप्रसाद पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नरेन्द्रबहादुर बस्नेत, पर्यटन उपाध्यक्षमा बाबुराम खनाल रहेका छन् भने महिला उपाध्यक्षमा पार्वता केसी, सचिवमा राजेन्द्र पाण्डेय, कोषाध्यक्षमा श्यामबहादुर कुँवर, सहसचिजमा सावित्रा बञ्जाडे चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा धना बुढा मगर, अनिता खनाल, विष्णुमाया भुसाल, पदमप्रसाद पौडेल, प्रेमप्रसाद खनाल, दीपेन्द्र जैसवाल, बामप्रसाद ढकाल, युवराज पौडेल, चोपलाल भट्टराई, नारायणी ढकाल र चिन्ताराम चौधरी चयन भएको निर्वाचनमण्डलका संयोजक हरिबहादुर थापाले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैको सहयोगमा संस्थालाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यता एवम् वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’को विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख योगीले होटल तथा पर्यटन क्षेत्रले स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको प्रशंसा गरिन् । नगरपालिकाले होटल व्यवसायीसँग सहकार्य गर्दै पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिन् । उनले व्यवसायीलाई सेवा सुधार, अनुशासन र सामाजिक उत्तरदायित्वमा ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाहले पर्यटन प्रवर्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

समितिकी उपाध्यक्ष सुमित्रा बेल्बासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका महासचिव हरिबहादुर थापा, लमही चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष शशि परियार, नेकपा एमाले नगर कमिटी अध्यक्ष रतन केसी, नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक दिलकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

सभामा समितिका कोषाध्यक्ष श्यामबहादुर कुँवरले आर्थिक प्रतिवेदन र सचिव राजेन्द्र पाण्डेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २०४४ सालदेखि लमहीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका ८० वर्षीय ज्येष्ठ व्यवसायी किशरीलाल हलुवाईलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा गरिएको रक्तदान कार्यक्रम दुई दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण समितिका सचिव राजेन्द्र पाण्डेले गरेका थिए ।