विशेष भनेको विग्रह मात्रै हैन
सुभाष न्यौपाने
विग्रह मात्र हैन विशेष एक तापनि ल्याउँछ ।
बाट जोगियो भने शक्ति बनि आउँछ ।।
विधान सम्वत प्रतिनिधिले मागेको विशेष हो ।
अब त्यसलाई सबै मिली सार्थक पार्नु कर्तव्य हो ।।
रुपान्तरणको लागि नेतृत्व नयाँ चाहियो ।।
लिगेसी भन्ने यहाँ छैन सक्नेले हत्याउने हो ।।
विशेष भन्दैमा विग्रह भन्ने पनि हुँदैन । विशेषले विशेष निर्णय पनि गर्न सक्छ । विशेषले देश र जनताको लागि विशेष भूमिका निर्वाह गर्न सक्छ । महामन्त्री समूहले विशेष महाधिवेशन बोलायो भनेर उनीहरु प्रति आक्रोशित र इष्र्या गर्नु कुनै जरुरी छैन ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले समन्वयबाट महाधिवेशनको मिति तय गरेको भए पनि बिग्रने केही थिएन । तर, पार्टी नेतृत्वले महामन्त्री समूहलाई इग्नोर गरेर बिना समन्वय आफ्नो मिति तय गर्नु नै विशेष महाधिवेशन समूहलाई उक्साउनु हो । विशेष महाधिवेशनबाट अपेक्षाकृत नतिजा नआउला तर नेतृत्व परिवर्तन त गर्ने नै भयो नि । आन्तरिक संकट र असन्तुष्टि पार्टीको केन्द्रमा चुलियो छ । जस्तो जिल्लादेखि स्थानीय तहसम्म गाँजेको छ ।
यदि नेपाली कांग्रेसका कार्यकर्ता वर्तमानको दल–दलबाट माथि उठ्न सके भने त्यो पनि कांग्रेस जनको लागि सुखद् क्षण र समाचार हो । विशेष महाधिवेशनले नेपाली कांग्रेसभित्र मात्र हैन मुलुकभित्र हलचल ल्याइरहेको छ । नेताहरुलाई पार्टी कार्यालय प्रवेशमा समेत अवरोध आइरहेको छ । प्रदेश तथा जिल्ला सभापतिहरु गुटको नाममा इतर र मित्तर भइराखेका छन् । त्यो सबै सिकाएको यिनै नेताहरुले नै हो । उनीहरु आफ्नो पक्षमा भए ठिक, विपक्षमा भए बेठिकको मूल्याङ्कन गर्छन् ।
त्यो हुन सक्दैन यथार्थ के हो त्यसको बारेमा जानकारी गराउनु प¥यो । पार्टी सञ्चालनको कुरा गर्ने हो भने शेरबहादुरको हस्ताक्षरबाट काम कारबाही अघि बढ्छ । का.वा. सभापति पूर्णबहादुर भन्छन् । यो मिल्दै नमिल्ने कुरा हो, पार्टी सभापतिले हस्ताक्षर गरिसकेपछि का.वा. भन्ने स्वतः खारेज हुन्छ । नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानमा लेखिनु कार्यान्वयन नहुनु बिचको द्वन्द्व हो ।
विशेष महाधिवेशनको प्रावधान विधानमा भएपछि त्यसलाई विधि सम्वत आउँछन् भने कार्यान्वयनको लागि किन हिच्किचाउने गगन र शेरबहादुर एउटै कित्ताका सदस्य हुन् । यसपालिको विशेष महाधिवेशनमा गगन निर्वाचित भए भने शेरबहादुरले के गर्छन् ? एमसीसीका प्रत्युत्पादक शेरबहादुर हुनको लागि गगन हुन् तर यिनी दुईवटै एमसीसी पक्षधर हुन् । नेपाली कांग्रेसका नेता र कार्यकर्ताले बुझ्नु प¥यो हामी कांग्रस होकि हैन ।
नेपाली कांग्रेसको इतिहासमा राष्ट्रघातित कदम शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस आमपछि भएको छ । पौष २६ र २७ को नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व तप्का यदि बाहिर रहन र विशेष गर्न मात्र तत्पर हुन्छ भने त्यसको कुनै औचित्य हैन । दुई हजार चार सय अठासी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर भागेकै विशेष महाधिवेशनबाट आउने नतिजा सहज वा असहज जस्तो प्राप्त भए पनि त्यसको जस अपजस पार्टी सभापतिमा जाने निश्चित छ ।
त्यसैले पार्टी सभापति शेरबहादुर देउवाबाट अपजस पाउने काम पक्कै हुने छैन आशा र विश्वास आम कार्यकर्ताको छ । महामन्त्री दुईलाई कारबाही गरेर भए पनि आफू पुनः राज गर्ने सोचमा लागेका पार्टी सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग अंगालो मारिरहेका छन् । यो अत्यन्त दरिद्र मानसिकता हो । ओली जति चुरीफुरी गरे पनि उनले उनीपछि एमाले सिध्याइदिइसकेका छन् ।
खै त्यो कुरा शेरबहादुरले बुझेको ? यस्तै चाल हो भने शेरबहादुरले आफ्नै पालामा कांग्रेस सिध्याउने भए । यदि नेपाली कांग्रेसले नियमित महाधिवेशन गरेको भए महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउनु पथ्र्यो ? त्यही विधान अनुसार पार्टीको केन्द्रीय कार्य समिति कार्य सम्पादन समिति चाही वैध हुने, विशेष महाधिवेशन अवैध हुने ? यी खैया लिएर शेरबहादुर आगाडि बढ्न खोजे भने शेरबहादुर आफै खरानी हुनेछन् ।
कांग्रेस खरानी हुने छैन । ओलीको अक्सिजन लिएर सत्ता हत्याउने प्रयासमा हुन् भने त्यो अत्यन्त दुर्लभ र अप्राप्य भइसक्यो । ओलीले त एमालेलाई आफै राँड देशै भाँडको अवस्थामा पु¥याइसकेका छन् । त्यसैले उनले कांग्रेसलाई पनि त्यस्तै गराउन खोजिरहेका छन् । महाधिवेशन प्रतिनिधिभन्दा माथि केन्द्रीय समिति छैन । विशेष महाधिवेशन पक्षधर समूहको तर्फबाट महामन्त्री गगन थापाले अनुरोध गर्दै भनेका छन् ।
केन्द्रीय कार्य सम्पादन समितिलाई पनुः अधिकार र दायित्व नबिर्सन आग्रह समेत गरेका छन् । दुनियाले कांग्रेसको महाधिवेशनको सन्दर्भलाई लिएर गाला बजाइसकेका छन् तर राजनीतिमा हिंसालाई स्थान कसैले दिनु हुँदैन, उक्साउँछ भने त्यो नेता पनि हैन । विधानको अवंज्ञा गर्ने पार्टी नेता हुन सक्दैन । त्यस्तालाई नेतृत्व दिनु पनि हुँदैन ।
सत्ता र स्वार्थ मात्रै, राष्ट्र र जनता जोडिएका छैनन् दलसँग ? अब त पार्टी सभापति शेरबहादुर देउवालाई सर्व मान्य भएर बस्ने अवसर जुटेको छ । यदि शेरबहादुरले अटेन्याई गरेर आफ्नो तागत प्रस्तुत गर्न खोज्छन् भने उनी आफ्नो अस्तित्व आफै हराएर जानेछन् । त्यसैले अहिले त गगन विश्वले भन्दा शेरबहादुरले सम्यर्मता लिनै पर्छ । यदि दम्भ र तुजुकको आधारमा अगाडि बढ्न खोज्छन् भने उनको अस्तित्व उनले आफै समाप्त गर्ने छन् ।
यदि शेरबहादुरको प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकारेर गगन अगाडि बढ्न खोजे भने उनको राजनीति त्यहीबाट समाप्त हुनेछ । उनी न त प्रधानमन्त्री बन्लान् न त पार्टी सभापति शेरबहादुर ओली र प्रचण्ड यी सबैले सिआएको रासन भत्ता खाएकै हुन् । यिनले देश बेच्ने गरी नखाएको हुनाले आज देश बेच्ने गरी गगनलाई पास्चिमाले सिं गरेको पनि हुनसक्छ तर वैधानिक हिसाबले गगन समूहले विशेष महाधिवेशन गर्न पाउँछन् ।
नेपाली कांग्रेसलाई विशेष महाधिवेशन गर्नको लागि दबाब दिने जेन–जी आन्दोलनका अघुवाहरुको अभिव्यक्तिले के सन्देश दिन्छ ? यो त विलकुल दबाब हो, यो कसको सञ्जाल हो, कसको षड्यन्त्र हो ? यो नेपाली कांग्रेसले बुझ्नुपर्छ, कोही कसैको पछि लागेर स्याल हुइँया नगरौँ, स्याल हुयियाँ सार्थक आवाज हैन । नेपाली कांग्रेसको विधानमा भएको बाध्यकारी व्यवस्थालाई कसैले पनि अवज्ञा गर्नु हुँदैन ।
नेपाली कांग्रेसले गर्ने विशेष महाधिवेशन केवल महामन्त्री समूहको मात्र हैन । त्यो त विधानले दिएको अधिकारको प्रयोग मात्र हो । उनीहरु यदि विशेष महाधिवेशन गर्नमा सफल भए भने त्यसलाई नेपाली कांग्रेसले स्वामित्व लिनै पर्छ । विधानले दिएको अधिकार प्रयोग गर्न पाउनै पर्छ । नेपाली कांग्रेसभित्र सभापतीय प्रणाली छैन, अब तर त्यसो भन्दैमा पार्टीमा विग्रह ल्याउने अधिकार पनि कसैलाई छैन ।
पार्टीमा विग्रह नआउने गरी विशेष महाधिवेशन सम्पन्न गर हाम्रो शुभकामना छ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा गरेको उम्मेदवारको अनुहार हेर्दा पनि थाहा हुन्छको महामन्त्री समूहबाट एकजना पनि उम्मेदवार परेन यसले के बुझाउँछ भने शेरबहादुर कति वर्ष कांग्रेसको सभापति बन्ने हुन् ? यस्तै–यस्तै कारणले पार्टीमा विग्रह आयो भने यसको अवजसको भारी शेरबहादुरले नै बोक्नु पर्छ ।
नेपाली कांग्रेस कसैको वक्यौता हैन । यसमा सबैले सहमति द्वन्द्व र विद्रोह गर्न पाउँछ । हामी नेपाली कांग्रेसका शुभेक्षक समर्थहरुले भन्छन् कि नेपाली कांग्रेसभित्र सबै विमति सहमति हुन्छन् । त्यो सबै कांग्रेसको विधान अनुसार यदि महामन्त्री समूहले त्यसको तिरस्कार गर्छ भने त्यो फेल हुन्छ । सभापति पक्षधरले अवज्ञा गर्न खोजेको हो भने जस पाउने त कुरै छैन । उनले यो सबै अवजस बोक्नै पर्छ । आयोजक पक्ष पार्टीमा विग्रह नल्याई सम्पन्न गर, यही छ शुभकामना ।
