नेपालले छिमेकीसँग सिक्नुपर्ने सिप
युवराज शर्मा
नेपालको छिमेकी देश भारत र चीन हुन् । यी दुवै देशहरु सवकसित छन् । भारतको सीमाना पश्चिम, दक्षिण र पूर्वमा छ भने उत्तरमा चीन पर्छ । यो देश विशाल छ । यहाँ आउजाउ गर्ने चिनिया र नेपालीहरुले पाउँदैनन् । कडा सुरक्षाको व्यवस्था छ तर भारतसँग सीमानाकाहरु खुला छन् । भारतीयहरु र नेपालीहरुलाई आउजाउ गर्न, व्यापार व्यवसाय गर्न, रोजगार र किनमेल गर्न उपचार गराउनुका लागि कुनै प्रकारको रोकतोक छैन ।
दुवै देशका नागरिकलाई प्रशासनिक समस्या छैन । यसले गर्दा भारत र नेपालको रोटीबेटीको सम्बन्ध छ भन्छन् । मेश प्रदेशका बासिन्दाहरु र नेपालका अन्य जिल्ला र प्रदेशका तराईमा बसोबास गर्नेहरु । यसबाट पष्ट हुन्छ कि भारतमुखी नेपाल छ । भारतीय सेनामा नेपालहरु छन् । जसलाई गोर्खा सैनिक भन्छन् । शिक्षण संस्थामा धेरै नेपालहरु भारतका स्कुलहरमा पढ्ने विद्यार्थी पनि छन् । रोजगारका लागि नेपालहरुको गन्तव्य स्थल भारतका सहरहरु भएका छन् । उनीहरुले त्यहाँका सहरहरुमा कुल्ली, चौकिहार, घरेलु कामदार आदि जस्ता काम गरेर पैसा कमाउँछन् । घर परिवारको खाँचो पूरा गर्छन् ।
नेपालको उत्तरतर्फको छिमेकी देश चीन हो । यो भू–भागमा ठुलो छ । जनसंख्यामा विश्वको धेरै जनसंख्या भएको मुलुक पनि हो । विकसित देशमा पर्छ । जहाँ कृषि व्यवसाय, औद्योगिक संस्थाहरु, उर्जाको क्षेत्र, सिँचाइ प्रबन्ध, पर्यटन उद्योग, राजनीतिक, सामाजिक, आर्थिक, क्षेत्रहरुमा, विश्वमा नमुना योग्य छ । त्यस्तै शिक्षा स्वास्थ्य र स्वास्थ्य उपचार कार्यहरुमा दक्ष जनशक्तिले गर्दा कोभिड–१८ ले पनि ठुलो क्षति व्यहोर्नु परेन ।
समयमा उपचार गर्न र रोग नियन्त्रण गर्न सफल भएको देश हो । यसले के कुराको पुष्टि गर्छ भने त्यहाँको शिक्षा नीति र दक्ष शिक्षितहरुको कार्यशैली अरुहरु देशहरुका लागि अनुकरणीय छ । त्यहाँको नागरिकले देखाउने सभ्यता, संस्कार र संस्कृतिले सबैको मन तानेको छ तर त्यस देशमा आउजाउ गर्न भिसा चाहिन्छ । आउजाउका लागि सहज वातावरण छैन । त्यस देशको कला, गला र संस्कृतिलाई नियाल्दा भाषा नै ठुलो समस्याका रुपमा छ ।
भारतीय हिन्दी भाषा देवनागरिक भाषासँग मेल खाने हुँदा बोलचालमा नेपालहरुलाई सहज हुन्छ तर चिनियाँ भाषा बोलचालमा उत्तरका सीमावर्ती जिल्लाका बासिन्दाहरुलाई पनि समस्या पर्छ । उनीहरुलाई तिब्बतीयन भाषाको ज्ञान छ तर चिनियाँ भाषामा समस्या पर्छ । त्यसकारण तिब्बत चीनको स्वशाशित क्षेत्र भएपछि विकासको लहर चल्यो र चिनियाँ भाषाको ज्ञान र सिपको विकास गरी गलाको विकास सीमावर्ती क्षेत्रहरुमा भइरहेको छ ।
कुनै पनि देशको विकासका लागि भाषा राज्य, राष्ट्रिय, सभ्यता र संस्कारिक गुणहरु भएका व्यक्तिहरु हुनुपर्छ । तबमात्र देशको विकासमा जुट्न सक्छन् । नेपालहरुमा देश प्रेमको भावना भएका व्यक्तिहरुको संख्या कम छ । उनीहरुमा आदर्शता, नैतिक ज्ञान र राष्ट्रप्रेमको भावना हराएकोले नेपाललाई छोड्दै छन् । बिरानो मुलुकमा काम गर्न गएकाहरु उतै बस्दै छन् । आफ्नो जन्मभूमि त्यागिरहेका छन् । कतिपय नेपालहरुले भारतीय आधारकार्ड पाएका छन् भने कतिपयसँग भारतीय र नेपाली नागरिकता छ । उनीहरुले आफूलाई भारतीय नागरिक भन्नमा गौरव गर्छन् ।
भारतीय हुँ भन्न भन्सार कार्यालयमा लाज सर्म मान्दैनन् । त्यस्ताले नेपाललाई के सम्झेर नेपालमा छिर्छन् । उनीहरुलाई लाज सर्म छैन । राष्ट्र र राष्ट्रियताको ज्ञान गर्न त्यस्ता व्यक्तिहरुले गर्दैनन् । उनीहरु धनपैसाको अन्धभक्त हुन्छन् छन् पनि ।
नेपालले छिमेकीसँग सिक्नु पर्ने ज्ञान र सिपहरु हुन् । जसमा कृषि व्यवसाय प्रमुख हो । चीनको कृषि व्यवसायले कृषि पर्यटन, कृषि आधुनिकीकरण, कृषि बजार, कृषि उपज भण्डारण, कृषिका लागि बिउ अनुसन्धानात्मक कार्य, कृषि आपूर्ति व्यवस्था र बजारीकरण, रासायनिक मलको प्रयोग विधि र प्रविधिको ज्ञान र सिपहरुको विकास गराउँछन् । यस्ता विषयहरुमा तालिम दिन्छन् । त्यसकारण चीन विश्वमा धान उत्पादन गर्ने देशहरुमा प्रमुख छ र चावल निर्यात गर्ने देशमा पनि पहिलो स्थानमानमा छ ।
नेपाललाई कृषि प्रधान देश नेताहरुको भाषणमा सुनिन्छ तर नेपालको सङ्घीय सरकारले रासायनिक मल किसानले पैसा तिर्दा पनि पर्याप्त मात्रामा पाउन सक्दैनन् । यसले के देखाउँछ भने कृषि व्यवसायमा किसानलाई अन्न उत्पादन गर्न सहयोग सरकारबाट हुन्न । किसानले आफ्नै पहुँचमा कृषि कर्मबाट अन्न उत्पादन गर्छन् । खान पुग्ने राखेर बचेको अनाज बजारमा र गाउँघरमा बेच्छन् ।
खाद्य उत्पादनमा नेपाल कमजोर छ । यसको पुरानो अन्न भटमास हो । त्यसको उत्पादन गर्न छोडिसकेका छन् । त्यसको बजार मूल्य नेपाली बजारमा छैन । खाद्यमा परनिर्भर भएको देश भएको छ । अहिले नेपालीहरु ज्ञान र सिप नभएका व्यक्तिहरुमा पर्छन् । उनीहरुले छिमेकी देशहरुबाट ज्ञान र सिप सिक्न सकेनन् । उनीहरुले सिकेको ज्ञान भने चाकडी र चाप्लुसी गनेृ साथै सिपहरुमा लाही पकडेर उभिने मात्र हो । विषयगतज्ञान र सिपमा नेपालीहरु कोरा कागज बन्छन्, विदेशी छिमेकी देशहरुमा ।
