calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

मावि सौडियारमा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग

दाङ,२३ पुस । रोटरी क्लब अफ घोराही, दाङले श्री माध्यमिक विद्यालय सौडियारलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ।

बुधबार एक कार्यक्रमको आयोजना गरेर क्लबले विद्यालयलाई उक्त मेसिन हस्तान्तरण गरेको हो। कार्यक्रम रोटरी क्लब अफ घोराहीका अध्यक्ष रोशन दाहालको अध्यक्षता तथा रोटरी क्लब डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर बिरु रावतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

त्यसअवसरमा प्रमुख अतिथि रावतले विद्यालयलाई छिट्टै नै सेनेटरी प्याड डिस्पोजल मेसिनसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । क्लबका अध्यक्ष दाहालले क्लबले प्रदान गरेको मेसिनको विद्यालयले आफ्नै सम्पत्ति सरह अपनत्व लिई सही सदुपयोग गर्न आग्रह गरेका थिए । विद्यालयमा मेसिन प्रभावकारी रूपमा प्रयोग भएको पाइएमा भविष्यमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईले विद्यालयको अवस्थाबारे जानकारी गराउँदै छात्रामैत्री स्वास्थ्य सेवामा सहयोग पुर्‍याएकोमा रोटरी क्लब अफ घोराहीलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रोटरी क्लबका मिनराज भाटले गरेका थिए ।