दाङ, ३१ बैशाख। जिल्लाका पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब सङकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार स्वाब
सङकलन गरेको हो । फिल्डमा खटिएर कार्य गदै आएका पत्रकारहरु पनि खोजिममा
रहेकाले कोरोनाको सङक्रमण भए नभएको थाहा पाउनका लागि स्वाब परिक्षण
गरिएको नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिए
। सो अवसरमा २५ जना पत्रकारहरुको स्वाब लिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले
जनाएको छ ।