Goraksha

National Daily

मेधावी छात्राको नतिजा सार्वजनिक

गोरक्ष समाचारदाता
दाङ, २२ पुस । मेधावी छात्रा प्रतियोगिता २०८२ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । पुस १९ गते भएको प्रतियोगिताको उत्कृष्ट १० को नतिजा सोमवार सार्वजनिक भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजना, एपेक्स कम्प्युटरको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा सञ्चालित मेधावी छात्रा २० औँ संस्करणको उत्कृष्ट १० नतिजा सार्वजनिक गरिएको प्याब्सन दाङका सचिव आदिम केसीले जानकारी दिएका छन् ।

अङ्ग्रेजी वर्णानुक्रम अनुसार उत्कृष्ट १० नतिजा सार्वजनिक गरिएको छ । उत्कृष्ट १० मा सिद्धार्थ एकेडेमीकी आर्शिका गौतम, दीपशिखा आवासीय माविकी दीपिका भण्डारी, हिमाल एकेडेमीकी दीपशिखा कार्की, तुलसी माविकी क्युरिना चौधरी, श्री पशुपति विद्याश्रमकी कोमल सिंह रैदास, गोरखा सेकेन्डरी माविकी मन्जिला बस्नेत, दीपशिखा आवासीय मावि घोराहीकी प्रकृति डिसी, गोरखा सेकेन्डरी माविकी सेविका आचार्य, गुरुकुल एकेडेमीका स्वस्तिका ढकाल र याशु बुढाथोकी रहेका छन् ।
मेधावीको अन्तिम नतिजा पुस २४ गते प्याब्सनको ३५औँै स्थापना दिवसका अवसरमा घोषणा गरिने प्याब्सनले जानकारी दिएको छ ।