युवराज शर्मा
अहिले नेपालमा फटाहाँहरुको संख्या बढेको छ । यस्ता फटाहाँहरुको थलो काठमाडौँ जिल्ला बनेको छ । हुनत नेपाल ७७ जिल्लामा विभाजित छ । सात प्रकारका प्रदेशहरु छन् । जिल्लाहरुमा सानो जिल्ला रुकुम पूर्व हो भने सबैभन्दा ठुलो जिल्ला डोल्पा हो ।
यो भौगोलिक आधारमा ठुलो सानो भनिएको छ । त्यस्तै प्रदेशहरुमा ठुलो प्रदेश कोशी हो भने सानो प्रदेशमा सुदुरपश्चिम पर्छ । यो पनि भौगोलिक आधारमा छ । स्थानीय तह पनि ७५३ प्रकारका पालिकाहरु छन् । सङ्घीय सरकार काठमाडौँमा छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले तीन प्रकारका सरकारको संरचना नेपालको सविधान २०७२ ले व्यवस्था गरेको छ । सङ्घीय राजधानी काठमाडौँमा विभिन्न प्रकारका मन्त्रालय सचिवालय संघ, संस्था, निकाय, नियोगहरु छन् ।
त्यसैले होला काठमाडौँ जिल्लाका फटाहाँहरुको जमघट थलो बनेको छ । यसले मानिसहरुलाई के ज्ञान गराएको छ भने फटाहाँहरुको संगत नगरेसम्म स्थानमान पाइन्न । जति पनि मान्यजनहरु छन् उनीहरुले फटाहाँहरुको साथ पाएर नै ठुलाबडा जनता सामु भएका छन् । जसमा राजनीतिक फटाहाँ, सामाजिक फटाहाँ, आर्थिक फटाहाँ, बौद्धिक फटाहाँ, नैतिक फटाहाँ, अपराधिक समूहको फटाहाँ, वकालत गर्ने समूहको फटाहाँ, जग्गा कारोबारी समूहको फटाहाँ, तस्करी समूहको फटाहाँ, गुण्डागर्दी समूहको फटाहाँ जस्ता व्यक्तिहरुको जमघट थलो बनेको स्थान हो– काठमाडौँ । सबै त्यतैतिर थुप्रिएका छन् ।
जिल्लाबाट गएर काठमाडौँमा घरबास बनाई बसेकाहरु त्यहाँ जिल्लाभित्रका नामुद फटाहाँहरु हुन् । त्यस्ता फटाहाँहरुमा राजनीतिक फटाहाँ, सामाजिक फटाहाँ र आर्थिक फटाहाँहरु छन् । उनीहरुमध्ये कतिपय फटाहाँहरु चप्पल पड्काएर काठमाडौँ छिरेर सरकारी जमिन हडपेर घर बनाइ बसेका परिवारहरु छन् । जसले आफूलाई सुकुम्बासी भन्छन् । जसका छोराबुहारीहर अमेरिका, क्यानडा र अस्टे«लियाहर डाक्टर इन्जिनियर नर्शहरु छन् तर उनका बाबुआमा भन्छन्– हामीहरु सुकुमबासी हौ ।
वास्तवमा तिनीहरु सुकुमबासी फटाहाँहरु हुन् । जसले यो राष्ट्रलाई दोहन गरेर राजनीतिको फेरोममा आर्थिक उन्नती गरेका छन् । सबैका अगाडि फटाहाँ देखिए पनि मानव समाजमा शिर उच्च पार्ने फटाहाँहरु हुन् भन्न सकिने आधार पाइन्छ । यसबाट सहरको रहर भेटिएको छ । धनपैसा जोर्ने तरिका जानेका छन् ।
गाउँलेहरुलाई लठैत ठान्छन् तर यस्ता फटाहाँहरु जिल्लाहरुमा पनि छन् । उनीहरुले सदरमुकाममा हैकम जमाएका फटाहाँहरु छन् । उनीहरुको सम्बन्ध जिल्लाका हाकिमहरुसँग हुन्छ । त्यस्ता व्यक्तिहरु राजनीतिक संरक्षणमा हुन्छन् । जसलाई गाउँलेहरुले फटाहाँ भन्छन् । प्राकृतिक सुन्दरता र भौगोलिक अवस्था राम्रो भएको देश नेपाल हो । जो विदेशी शक्ति राष्ट्रको गुलाम कहिल्यै भएन ।
स्वतन्त्र देशका रुपमा अटल रहिरहेको छ । यस देशको पर्यटन अवस्था सुन्दर शान्त छ । विश्वको सर्वोच्च शिखर सगरमथा अर्थात् उच्च पहाड वा माउट रमरेण्ट पनि यसै देशमा छ । यस्तो रमणीय देशमा फटाहाँहरुको जमघट हुने थलोका रुपमा काठमाडौँ र जिल्लाका सदरमुकामहरुमा बढ्नु रामो संकेत भएन भन्छन्– सामान्य जनता । जिल्लाहरुमा धेरै फटाहाँहरुको जमघट हुने दाङको सदरमुकाम घोराही बजार र व्यापारिक ठाउँहरु लमही, भालुवाङ, गढवा, तुलसीपुर, हापुरे देखा परेका छन् ।
यहाँका यी ठाउँहरुमा दंगालीहरुको जमघट हुन्छ । सरकारी काम र व्यापारिक किनमेल गर्छन् । जहाँ होटल छन्, त्यहाँ बस्छन् र फटाहाँका गफगाफ गर्छन् । त्यहाँ चिया पिउछन् । एउटाले चियाको पैसा तिर्छ र आफूलाई धनमान देखाउँछ । आफूलाई फटाहाँ बनेको चाल पाउँदैन । यस्तो वातावरणमा दाङका युवाह छन् भने राजनीतिज्ञहरुमा पनि यस्तै अवस्था छ ।
अहिले पनि विश्वका देशहरुमा नेपाललाई प्राकृतिक र सांस्कृतिका लागि पहिलो देश भएको छ । यसबाट स्पष्ट हुन्छ कि विश्वमान चित्रमा नेपाल एउटा स्वतन्त्र देश हो । यहाँका प्राकृतिक स्रोतहरुले पर्यटकहरुको रोजाईमा भए पनि सरकारको फेरबदलले पर्यटकहरुलाई शान्ति दिन सकिएको छैन । उनीहरुलाई स्वतन्त्रता, शान्ति सुरक्षा र सेवाको भावना दिन सकिएन भने उनीहरुको बसाई लम्बिन पनि सक्दैन ।
हामीले पर्यटन उद्योगलाई उद्योगका रुपमा सञ्चालन गर्दा राम्रो हुन्छ तर पर्यटकहरुलाई आकर्षणका पूर्वाधार बन्न सकेको छैन । यसमा सत्ताधारीहरुको मनपरी कार्यशैलीले गर्दा पर्यटकहरु नेपालको प्राकृतिक दृश्यावलोकन र सांस्कृतिक अध्ययन गर्न आउनेहरु घटिरहेका छन् भन्छन् पर्यटक व्यवसायीहरु । यस अवस्थामा सरकारी पर्यट प्रवर्धन समिति पनि सक्रिय भएको पाइन्न । हुनतः पर्यटन समितिको सक्रियताले पनि जनहितमा सहयोग पुग्दैन ।
पर्यटन व्यवसायले होटलहरुलाई लाध पु¥याउने हो । यसले सामाजिक उत्थान हुँदैन, व्यक्तिको उत्थान भएको पाइन्छ । आर्थिक विकास प्रतयक्ष रुपमा व्यक्तिका लागि हुन्छ । सामान्य जीवनयापन गर्ने व्यक्तिका लागि आर्थिक विकासमा सघाउँदैन । हरेक देशका नागरिकले सरकासँग आशा गर्छन् कि सामाजिक, आर्थिक एवम् जीवनशैलीमा सुधार आवस भन्ने अपेक्षा हुन्छ तर त्यस्तो अपेक्षा र आशा पर्यटन उद्योगबाट नागरिकले राख्न सक्दैनन् । त्यसकारण नेपालको पर्यटन उद्योग पनि फटाहाँहरुले समाजमा विकृतिको प्रभाप पार्ने देखिन्छ । त्यसैले होला, पर्यटन उद्योग नेपालमा सफल भएन ।
अहिले फटाहाँहरुको सामाजिक क्षेत्रमा विगविगी बढेको छ । गरिब र विपन्न परिवारहरुमा रोजगारको समस्या छ । गाउँघरमा परिवारहरुलाई खाद्य समस्या, लुगाफाटोको समस्या, आर्थिक जोहो गर्न रोजगारको अभाव दिनप्रतिदिन बढिरहेको छ । युवाशक्ति जिल्लाबाट बाहिरिएर विदेश पलायन भइरहेका छन् । देशभित्रका जमिनहरु बाँझो भएका छन् । देशमा उत्पादन घटिरहेको छ ।
खाद्य सामग्रीहरु आयतमा निर्भर छन् । फटाहाँहरुको जमघट थलो सत्तामा छ । सत्ता चलाउनेहरुले तलब भत्तामा रमाएका छन् । कृषि व्यवसाय पनि किसानका लागि करको विषय भएको छ । आधुनिक खेती ुहन सकेको छैन भने परम्परागत खेतीपाती पनि हराउँदै छ । खेतबारीमा खेतीपाती गर्दा प्रयोग गरिने प्राङ्गारिक मलको प्रयोग गर्न किसानहरुले छोडे ।
आधुनिक तरिकाले रासायनिक मलको प्रयोग गर्न पनि सहज वातावरण सरकारबाट भएन । देशमा रासायनिक मलको कारखाना छैन । त्यस्तो मल भारतबाट खरिद गरेर ल्याउँदा महङ्गो मूल्य पर्छ । अर्काको खेतबारी जोत्ने किसानहरुले टेक्टर खर्च र रासायनिक मलको महङगाईले गर्दा खेतीपाती छोडेर विदेशमा रोजगारीका लागि भौतारिएका छन् । गाउँका फटाहाँहरुले त्यस्ता किसानलाई ऋण प्रदान गरेर पठाउँछन् ।
अन्तमा घरखेत कब्जामा ल्याएर नघरका नघाटका बनाउँछन् । सुनाई गर्ने र समस्या बुझेर निर्णय गर्ने मानिस गाउँघरमा पाइन्न । सत्ता चलाउने फटाहाँहरु छन् भने अहिलेको समय पनि फटाहाँहरुको जमघट थलो काठमाडौँ भएको छ । थरीथरीका फटाहाँहरुको जमघट थलो हो– काठमाडौँ ।