लुम्बिनी प्रदेशमा ३३ लाख ८६ हजार बढी मतदाता

लीलाधर वली
दाङ, १६पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३३ लाख ८६ हजार बढी मतदाता संख्या कायम भएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले अद्यावधिक गरी प्रकाशन गरेको अन्तिम सूचीमा प्रदेशका १२ जिल्लामा १७ लाख १५ हजार १६३ जना पुरुष, १६ लाख ७१ हजार ४७९ जना महिला र ३८ जना अन्य गरी ३३ लाख ८६ हजार छ सय ८० जना मतदाता संख्या कायम भएको हो ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार जिल्लागत रूपमा सबैभन्दा धेरै रुपन्देहीमा पुरुष तीन लाख ४६ हजार २०३ जना, तीन र महिला तीन लाख २६ हजार तीन सय ११ जना गरेर छ लाख ७२ पाँच सय २३ जना मतदाता रहेका छन् । त्यसैगरी दाङमा दुई लाख १३ हजार तीन सय ० पुरुष, दुई लाख एक हजार तीन सय तीन जना महिला र तीन जना अन्य समुदायका गरेर चार लाख ३१ हजार छ सय ६ जना, बाँकेमा एक लाख सात हजार एक सय ३९ जना पुरुष, एक लाख ७२ हजार दुई सय २३ जना महिला र नौ जना अन्य गरेर तीन लाख ५० हजार तीन सय ७१ जना, बर्दियामा एक लाख ५९ हजार तीन सय ८७ जना पुरुष, एक लाख ६३ हजार आठ सय ७३ जना महिला र छ जना अन्य गरेर तीन लाख २३ हजार दुई सय ६६ मतदाता कायम भएका छन् ।

कपिलवस्तुमा दुई लाख ११ हजार आठ सय ४६ जना पुरुष, एक लाख ८४ हजार चार सय १५ जना महिला र चार जना अन्य गरेर तीन लाख ९६ हजार दुई सय ६५जना, नवलपरासी (बर्दघात सुस्ता पश्चिम) मा एक लाख २९ हजार एक सय ८३ जना पुरुष, एक लाख २४ हजार नौ सय ७० महिला र चार जना अन्य गरेर दुई लाख ५४ हजार एक सय ५७ जना, गुल्मीमा एक लाख १४ हजार तीन सय ३७ जना पुरुष, एक लाख १५ हजार दुई १० जना महिला र दुई जना अन्य गरेर दुई लाख २९ हजार पाँच सय ४९ जना, पाल्पामा एक लाख एक हजार आठ सय ९३ जना पुरुष र एक लाख पाँच हजार पाँच सय ४३ जना महिला गरेर दुई लाख सात हजार चार सय ३६ जना, अर्घाखाँचीमा ८७ हजार एक सय ५७ जना पुरुष र ८४ हजार चार सय ९५ महिला गरेर एक लाख ७१ हजार छ सय ५२ जना रहेका छन् ।

त्यसैगरी प्युठानमा ८१ हजार तीन सय ६६ जना पुरुष, ८४ हजार ३९ जना महिला र एक जना अन्य गरेर एक लाख ६५ हजार चार सय छ जना, रोल्पामा ७४ हजार छ सय ९० जना पुरुष र ७४ हजार नौ सय सात जना महिला गरेर एक लाख ४९ हजार पाँच सय ९७ जना र रुकुम पूर्वमा १७ हजार पाँच सय ८२ जना पुरुष र १७ हजार एक सय ९० जना महिला गरेर ३४ हजार सात सय ७२ जना मतदाता कायम भएका छन् ।

१६७१ मतदानस्थल र ३९९८ मतदान केन्द्र निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रदेशमा एक हजार ६७१ मतदानस्थल र तीन हजार ९९८ मतदान केन्द्र तोकिएको लुम्बिनी प्रेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कवँरले जानकारी दिएका छन् ।

जसअन्तर्गत सबैभन्दा धेरै कपिलवस्तुमा मतदानस्थल दुई सय ३५ वटा र चार सय ९० वटा मतदान केन्द्र, रुपन्देहीमा दुई सय नौ वटा मतदानस्थल र सात सय ३२ वटा मतदान केन्द्र, दाङमा एक सय ५९ वटा मतदानस्थल र चार सय दुईवटा मतदान केन्द्र, प्युठानमा एक सय ५ वटा मतदानस्थल र दुई सय ३० वटा मतदान केन्द्र कायम भएका छन् ।

बाँकेमा एक सय ३९ वटा मतदानस्थल र चार सय वटा मतदान केन्द्र, बर्दियामा एक सय ५४ वटा मतदानस्थल र तीन सय ७ वटा मतदान केन्द्र, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक सय २२ मतदानस्थल र दुई सय ९७ वटा मतदान केन्द्र, गुल्मीमा एक सय ४५ वटा मतदानस्थल र दुई सय ८४ वटा मतदान केन्द्र, पाल्पामा एक सय एक वटा मतदानस्थल र दुई सय ५१ वटा मतदान केन्द्र, अर्घाखाँचीमा एक सय दुईवटा मतदानस्थल र दुई सय नौ वटा मतदान केन्द्र, रोल्पामा ८६ वटा मतदानस्थल र एक सय ८० वटा मतदान केन्द्र र रुकुम पूर्वमा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र कायम गरिएको छ ।