हाजिरीजवाफमा अमर स्कुल प्रथम

दाङ,१६पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन ० दाङको आयोजनामा सम्पन्न जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अमर इङ्लिस बोर्डिङ कालाखोला तुलसीपुर प्रथम भएको छ । आज दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीमा भएको कार्यक्रममा अमर इङलिस बोर्डिङ स्कुल प्रथम भएको हो । प्रथम स्थान प्राप्त गर्नेमा अमर स्कुलका मौसमी रोका मगर, जीवन वली र सुशान्त दसौदी रहेका छन् ।

त्यस्तै जनज्योति विद्या मन्दिरका हेमन्त न्यौपाने, सक्तिम सुबेदी र भुमिका रायमाझीको समूह द्वितीय भएका छन् । साथै गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका प्रिन्सिका पोख्रेल, संज्ञान अधिकारी र शिशिर पोख्रेलको समूह तृतीय भएका थिए ।
प्रतियोगितामा ४० वटा विद्यालय सहभागी थिए ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा इभेन्ट म्यानेजमेन्ट विद्यालय ज्ञानज्योति एजुकेसनल एकेडेमीका प्रिन्सिपल लक्ष्मीप्रसाद बुढाले शुभकामना मन्तव्य राखेका थिए । क्विज कार्यक्रमको सहजीकरण जिल्ला सदस्य हरिप्रसाद पौडेलले गरेका थिए ।

जिल्ला सदस्य सुनिल गौतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।