गोरक्ष समाचारदाता
दाङ, १६ पुस । महिला पतञ्जली योग समिति दाङ जिल्लाको आयोजनामा १५ दिने सहयोग शिक्षाक प्रशिक्षण तालिम सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले योग हाम्रो जीवनको अभिन्न अंग हो भन्दै योगले मानिसलाई अनुशासनमा राख्दै शरीरका सबै अंग स्वस्थ राख्ने भएकाले योगलाई जीवनसँग जोड्नु पर्ने बताएका थिए । महिला पतञ्जली योग समिति दाङ जिल्लाको समन्वयमा १५ दिने सहयोग शिक्षक प्रशिक्षण तालिमका संयोजक कोमा रावतको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका–१८ का वडा अध्यक्ष भरतमणी अर्यालको प्रमुख आतिथ्यतामा भएका थियो ।
तालिम उद्घाटन कार्यक्रममा महिला पतञ्जली योग समिति दाङका कोषाध्यक्ष मधुमालती अधिकारी, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक अम्बिकेश्वरी योग साधना केन्द्रका मिडिया प्रभारी सुलोचना गौतम, पतञ्जली योग समिति दाङका सदस्य हरि रावत, १८ नं. वडा सदस्य दिपा नेपाली, अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अम्बिकेश्वरी योग साधना केन्द्रका उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव मिना रेग्मीले गरेकी थिइन् । १५ दिने तालिममा प्रशिक्षार्थीको उल्लेखीय सहभागिता रहेको छ ।