गोरक्ष समाचारदाता
दाङ, १३ पुस । राप्ती बचत तथा ऋण सहकारी संस्थाको २८औँ साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष भरतबहादुर बुढाथोकीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष ओमभक्त बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले हरेक संघसंस्थाहरू सफल हुन समस्याका समाधान खोज्दै काम गर्नुपर्ने बताए । सहकार्य, समझदारी र धीर भएर काम गरे संस्था सफल हुने उनको भनाइ थियो । राप्ती सहकारी संस्था विभिन्न चुनौतीका सामना गर्दै अगाडि बढेकाले अहिले सफल सहकारीका रूपमा पहिचान बनाएको उनले बताए ।
कार्यक्रममा आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष श्रीधरकुमार अधिकारीले शेयर पुँजी वृद्धि गर्न गत वर्ष आठ करोड ७२ लाख ९८ हजार चार सयमा, छ करोड २७ लाख एक हजार छ सय रुपैयाँ थप गरी १५ करोड पु¥याउने लक्ष्य रहेको बताए । निक्षेप सङ्कलनलाई प्रभावकारी, विश्वसनीय र पूर्ण सुरक्षाका साथ सञ्चालन गर्दै आएको उनले बताए ।
गत वर्ष एक अर्ब ३८ करोड ६६ लाख २८ हजार दुई सय १३ रुपैयाँ सङ्कलन भएकोमा यस आर्थिक वर्ष ०८२÷०८३ मा एक अर्ब ४० करोड निपेक्षप गर्ने लक्ष्य रहेको उनले बताए । गत वर्ष ९० करोड १९ लाख ९८ हजार छ सय ५७ कर्जा लगानी गरेकोमा चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड पु¥याउने लक्ष्य लिएको छ ।
संस्थाले आर्थिक वर्ष ०८१÷०८२ मा १३ करोड ६१ लाख ४२ हजार, पाँच सय ९५ रुपैयाँ आम्दानी गरेको कोषाध्यक्ष अधिकारीले जानकारी दिए । वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै सदस्य इन्दिवरजीतसिंह कार्कीले सहकारी संस्थामार्फत ऋण लिएर नतिर्नेलाई ऋण उठाउन कडाइ गरिने बताए । ऋण नतिर्ने सदस्यलाई कालो सूचीमा राख्ने, अदालतीय प्रक्रियामा जानेसमेत उनले बताए ।
यसैगरी निषिक्रय सदस्य हटाइएको बताउँदै उनले २०८२ असार मसान्तसम्म आठ हजार चार सय २२ जना सदस्य रहेका छन् । जसमा महिला तीन हजार पाँच सय ३६ र पुरुष चार हजार आठ सय ८६ जना रहेका छन् । कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समितिको संयोजक गोपाल गिरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक दीपककुमार रेग्मीलगायतले भनाइ राखेका थिए । संस्थाका उपाध्यक्ष रामबहादुर कवँरको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कर्जा अधिकृत चूडामणि पाण्डे (बाबुराम) ले गरेका थिए ।