नरदेवी मावि तेघराको ६९ औँ बार्षिकोत्सव

घोराही,११ पुस । घोराही उपमहानगरपालिका ९ मा रहेको नरदेबी माद्यामिक बिद्यालय तेघराको ६९औँ वार्षिक उत्सब कार्याक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहका उद्घाटन गर्दे घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले २०१३ सालमा स्थापना भएको बिद्यालयले बिभिन्न आरोह र अबरोह पार गर्दै शैक्षिक क्षेत्रको बिकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्र्दै बिद्यालयको प्रसंसा गर्नु भएको थियो ।

बिद्यालय शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्वन्धलाई मजबुत बनाउदै गुणस्तरीय शिक्षाको बिकास गर्न सकिने भन्दै प्रमुख अतिथी चौधरीले घोराही क्षेत्रमा रहेका सबै बिद्यालय र शिक्षा क्षेत्रको बिकासका लागि उपमहानगरपालका लागि परेको बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चैतुकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयमा प्रधानाध्यापक कमल खड्काले बिद्यालयको वर्तमान अवस्था बिद्यालयले भोग्नु परेका समस्या र भाबियोजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बिद्यालयले वार्षिक उत्सबका अवसरमा आयोजना गरेका बिभिन्न खेलकुद तथा अन्य प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने बिद्यालयमा स्थापना भएका ६ वटा अक्षयकोषबाट बिद्यालयका अनुशासित, जेहेन्दार तथा लगनशील बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका गोपाल सुबेदी, नेकपा एमालेका झग्गु गौतम, राष्ट्रिय स्वतन्त्र पार्टिका नोखिराम केसी, बिद्यालयका पूर्व प्रधानाध्यापक हुमबहादुर केसी, टोल बिकास सस्थाका अध्यक्षहरु बालाराम पौडेल, ऋषीराज पौलेललगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । बिद्यालयमा लामो समय अध्यापन गराउनु भएका शिक्षक ज्ञानेन्द्रबहादुर डाँगी र बिष्णुभक्त भट्टराइलाई सम्मान गरिएको थियो ।

बिद्यालयका शिक्षक बाबुराम अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक मनबहादुर बलमे गर्नु भएको थियो ।