जेन–जीको पुनः आन्दोलन र सरकार

सुभाष न्यौपाने

फेरि उत्रिएका छन् जेन–जीहरु सडकमा ।
सरकारले गरेन काम भएको सहमतिमा ।।
सरकारको विरोध छ व्यापक प्रधानमन्त्री लक्षित ।
सरकारले सहमतिको काम साच्चै नगर्ने होकि त ??

सरकारसँग भएको सहमतिलाई उलंघन गर्दै प्रहरीले जेन–जी आन्दोलनमा सहभागीहरु विरुद्ध वुद्दा चलाउने क्रम यथावतै रहेको विषयमा जेन–जीहरु आक्रोशित हुँदै विरोध गरिरहेका छन् । गत सोमवारदेखि मिराज ढुंगाना समूहले माइती घरबाट आन्दोलन सुरु गरिसकेका छन् ।

जेन–जी अगुवा सुदन गुरुङले गृहमन्त्रीको मोवाइल न सार्वजनिक गर्दै रिहाइ हुन नपाएका जेन–जी परिवारहरुलाई सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र धिरज जोशीलाई सोझै सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । जेन–जीहरुको माइती घरको विरोध प्रदर्शनमा सहभागी जेन–जीहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनौती दिँदै प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जीको आन्दोलन निर्वाचनको लागि नभएर सुशासनको लागि थियो भन्दै जेन–जी अगुवाहरुले सरकार र सरकार प्रमुखलाई चुनौती दिइरहेका छन् ।

दलका नेताहरुसँग वयान लिने तागत यो सरकारसँग छैन । जेन–जीहरुले जे खोजेका हुन् त्यो गर्न यो सरकार असमर्थ छ । जेन–जीहरुको पहिलो भाग थियो ओली र लेखक माथि कारबाही तर त्यो हुनै सक्दैन । यिनिसँग सामर्थ पनि छैन । निर्वाचन सुरक्षामा डेढ लाख सुरक्षाकर्मी खटाउने तयारीका साथ अगाडि बढेको सरकार कतै रणभुल्लमा त छैन ? सर्व पक्षीय सरकारको माग गर्दै मिराज ढुंगाना समूहले आन्दोलन सुरु गरिसकेका छन् ।

माइतीघर मण्डलाबाट आन्दोलन सुरु गर्ने मिराज ढुंगाना र रविकिरण हमालहरुलाई यहाँ राजावादी भन्ने गर्छन् । बिना विचारको मान्छे हुँदैन भन्ने ती ज्ञाताहरुलाई थाहा रहेनछ, उनीहरुले जुनलाई रोजे पनि हुने अरुले आफ्नो विचार राख्न नपाउने ? उमेरले जेन–जी समूहका हुन् तर विचार त उनको आफ्नो भावनाको कुरा हो । जेन–जी आन्दोलनका अगुवाहरु कोही निर्वाचनको माग राख्छन्, कोही निर्वाचन हुनु हुँदैन र हुन दिँदैनौँ भन्छन्, कोही जेन–जी आन्दोलनको आसय अनुसारको सरकार बन्न सकेन भन्छन् त कोही हाम्रो आन्दोलनको मदसत भनेको त भ्रष्टचार मुक्त सुशासन युक्त सरकारको गठन हो तर सुशीला कार्की नेतृत्वको सरकारले हाम्रो भावना मुखरित गर्न सकेन भन्छन् ।

कोही जेन–जी माओवादी र रास्वपाको इसारामा लडेका छन् भने सुदन गुरुङ नेपाली कांग्रेसको बखान गर्छन् । यसरी विभक्त जेन–जीहरुबाट आन्दोलन हुन्छ त केवल हिंसा र तोडफोडको मात्र । यिनीहरु बिना पिँदको लोटा जस्तै हुन् । यिनीहरुमा न एकता छ, न विचार नै यिनीहरु त जेन–जीको नाममा कुनै राजनैतिक दलबाट झुण्डको रुपमा परिचालित छन् । सरकार पूर्णरुपमा भ्रष्टाचार पक्षपात र कुशासनमा गाडिएको भन्दै जेन–जी भुममेण्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा भाग्दै बहिस्कारको घोषणा गरेको छ ।

क्रान्तिबाट गठित सरकारले क्रान्तिको मान्यता अनुसार काम गर्न नसकेको भन्दै जेन–जीहरु आक्रोशित छन् । त्यसैले जेन–जीले सरकारको राजिनामा मागिरहेका छन् । जेन–जी आन्दोलनलाई संस्थागत रुप दिन तिसभन्दा बढी जेन–जी समूहले मिराज ढुंगानालाई संयोजक तोकेका छन् । सर्ब दलीय बैठक सर्व दलीय सरकार र संविधान पुनर लेखनको माग गर्दै पत्रकार सम्मेलन गरेका छन् ।

वर्तमान सरकारले आन्दोलनको मर्म अनुसारको कार्य नगरे सरकार अपदस्त समेत गर्न सकिने चेतावनी समेत दिएका छन् । यो सरकारले हाम्रो माग पूरा गरेन र गर्न चाहेन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई घिसारेर निकाल्छौँ भन्छन् जेन–जी अभियन्ता निकोलस भुसाल । माइतीघर मण्डलामा भएको विरोध कार्यक्रममा प्रहरीले निलडाम हुनेगरी लाठी चार्ज गरेपछि आन्दोलन संयोजक मिराज ढुंगाना रिसले आगो हुँदै प्रहरी माथि खनिए ।

जेन–जी अभियन्ता मिराज ढुंगानाले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पाँच सय हजारका नोट बन्द गर्नु पर्ने पक्षमा उभिए । जेन–जीहरुको विरोध खेप्न नसकेपछि प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी अगुवाहरुलाई फकाउँदैछिन् रे । सोमवारको माइतीघरमा भएको आन्दोलनमा मिराज ढुंगाना र अजय सोडारी र रविकिरण हमाल लगायतका युवाहरुलाई नियन्त्रणमा लियो प्रहरीले, तर उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको सुशासन भन्दै विरोधमा उत्रिए र भने हाम्रो पहिलो भाग हो सुशासन ।

आन्दोलन परिवर्तन सुशासन र निर्वाचनको सन्दर्भलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका प्रमुख राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेता तथा प्रधामन्त्री सुशीला कार्कीलाई शीतल निवासमा बोलाएर उल्लिखित विषयमा गरेको छलफल केही अर्थपूर्ण मानिएको छ भने जेन–जीले गरेको आन्दोलन प्रधानमन्त्री कार्यालयभित्र पसिसकेको छ । अब भन्नोस् मुलुकको स्थिति कति विसम बनेको छ ?

उनीहरु प्रधानमन्त्रीको राजिनामा मागिरहेका छन् भने जेन–जी आन्दोलनलाई दबाउन प्रहरीले लाठी चार्ज गरेपछि प्रशरीलाई सिंगल –सिंगल आइज मनेर चेतावनी समेत दिएका थिए । अब भन्नोस् मुलुकको सुरक्षा व्यवस्था कस्तो रहेछ ? त्यसैले सरकार जेन–जीले बनाएकोले सरकार जेन–जी विरुद्ध उत्रिएको हो त ? सरकारले जेन–जीलाई आतंककारी बनाउँदै छ रे भनेर जेन–जी नेतृत्वकर्ताहरु आक्रोशमा छन् ।

भाद्र २३ र २४ गते साहदत प्राप्त गरेका ७६ नेपाली नागरिकको बलिदानी जबसम्म सम्मान हुँदैन । तबसम्म सम्मान हुँदैन तबसम्म सुशीला कार्कीलाई यो पदमा बस्ने अधिकार छैन । कित उनले निर्वाचन अगाडि घाइते र सहिद परिवारलाई कति र कसरी सम्मान गर्छिन्, त्यसको हामी मूल्याङ्कन गर्छौँ । हैन भने सुशीला कार्कीलाई प्रधानमन्त्री पदबाट निस्कासन गर्छौँ ।

आन्दोलनको माग आन्दोलनबाट बनेको सरकारले पूरा गर्नुपर्छ भन्छन् मिराज ढुंगाना । आजको सरकारप्रति नागरिकको अपनत्व छैन, विश्वास छैन । अब भन्नुस् त्यो सरकार नागरिक सरकार हुन्छ, त्यसले सुशासन दिनसक्छ ? उता प्रधानमन्त्री सँगको सम्वादमा निर्वाचन सफल बनाउने विषयमा समझदारी गर्ने नेताहरु संसद पुनः स्थापनाको लागि सर्वोच्चमा रिट दायर गर्छन् । मुलुकको गम्भीर राजनैतिक अवस्थाबाट मुलुकलाई निकाश दिनको लागि निर्वाचनको घोषणा गरिएको हो ।

यसलाई सफल पार्ने वातावरण बनाएर हामी सबै एकसाथ अगाडि बढ्नु हामी सबैको कर्तव्य पनि हो । उता सरकार र जेन–जीबिच सम्बोधनसँग बाझिने गरी भएको सम्झौता बदर गरिपाउँ भन्दै अधिवक्ता डा. प्रेमराज श्रीवालले अन्तरिम आदेशबाट रोकी उत्प्रेशणको आदेशबाट बदर गर्न माग गरेका छन् । किनभने प्रधानमन्त्री स्वयम् संवैधानिक हैसियतमा नरहेको हुँदा उत्प्रेशणको आदेशबाट बदरको लागि माग गरेका छन् । यी सबै मुलुक अल्झाउने बाटाहरु हुन् ।

प्रधानमन्त्री र गृहमन्त्रीले जेन–जीको मुमेन्टलाई सदन विगठनको माध्यमबाट हाइज्यक गरिरहेका छन् । यस सम्बन्धमा सुरक्षा प्रशासन लाचार भएको भनेर जेन–जी अगुवा सुदन गुरुङ भन्छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा माग्दै डा. निकोलस भुसाल माइतीघर मण्डलामा आमरण अनसन बसेका छन् । हेरौँ अब घटनाले कस्तो मोडलिन्छ । उता विप्लबले पनि सुशीला कार्की सरकारलाई विगठन गर्न भन्दै राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रपति निवासमा प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्डको बिचमा मङ्गवार भएको भेट वर्ताले निर्वाचन केही समय पर सारेर भए पनि निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा पनि छलफल भएको जस्तो बुझिन्छ । नेपाली कांग्रेसको पनि सदस्यता फाराममा सि.न. नभएको कारण नयाँ थप क्रियाशील सदस्यको लागि समयाअवधि थप गर्ने निर्णय गरेको छ ।

जेन–जी आन्दोलनबाट आएको सुशीला कार्कीको सरकारले कम्तिमा शासकीय पारदर्शीता र नैतिकता त प्रदर्शन गर्न सक्नु पर्दथ्यो । त्यो नहुँदा नागरिक निरास छन् । उर्जामन्त्री र प्रधानमन्त्रीको विरोधमा निस्केका मिराज समूहका जेन–जीहरुले प्रहरीलाई आइलभयु भन्दै सेतो गुवलाजले स्वागत गर्दै प्रशरी प्रशासनप्रति हाम्रो कुनै शत्रुता छैन प्रहरी हाम्रो साथी हो भनदै प्रशरीको प्रसंशा समेत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्गलवार शीलत निवासमा बोलाएको बैठकमा नेकपाका संयोजक पुष्पकमल दहालले समन्वयकारी भूमिका निर्वाह गरे भने शेरबहादुर देउवाले आफ्नो धारणा राखे भने ओली बैठक अवधिभरी आक्रोशित देखिन्छ ।