बुढाबुढीलाई नातिको पढाइमा चिन्ता

युवराज शर्मा

बाबु चिया चिसो भयो । पुसको महिनामा तातो चिया चाडै चिसो हुन्छ । घरमा हजुरआमाले नातिलाई मायालु पाराले भन्छिन् । नातिले चर्को स्वरमा भन्छ– धेरै मलाई नबोलाउनोस् । मेरो मोवाइलमा गेम चलेको छ । म यो गेम सकेर आउँछु । चिया चिसो भए के भो र ! पुसमा चिसो नभए कहिले होला र ? बज्यैको नातिका भनाई सार्थक थिए ।

उसलाई पढाइभन्दा मोवाइलमा गेम खेल्न धेरै रुची थियो । नातिको आमाले भन्थिन्– पढ्न छोडेर गेम खेल्छस् । भोलिका दिनमा रुनु पर्ला । हजुरआमाले भन्नु भएका भनाईलाई हृदयमा राखेर आदेशको पालना गर, बाबु । ठुलाको अर्ति उपदेश सानाले पालन गर्नुपर्छ । समय र अवस्था अनुसार चल्नुपर्छ । अहिले साना छौँ । भोलिका दिनमा ठुला हुनेछौ । उमेर छिप्पेपछि बुढो हुनेछौ । त्यसबेला थाहा होला कि मैले भनेको अर्ति उपदेश तिम्रा नातिनातिनिहरुले मान्ने छैनन् । समयलाई चिन्नुपर्छ र पढ्नु पर्छ । पढाइ नै ठुलो सम्पत्ति हो ।

तिम्रो तन्नेरी पालामा एमए पास गरेको मान्छेलाई मात्र मान्ने छन् । त्यसपछि विएचडीको अर्थात् डाक्टर अफ फिलस्पीको पढाइसम्मलाई योग्यताको शैक्षिक योग्य व्यक्ति हुनेछन् । उनीहरु कै मानमर्यादा हुनेछ भन्दै बज्यैले नातिलाई सम्झाउँदै चिया पिउन लगाएकी थिइन् ।

बज्यैको नातिले मायालु पाराले बज्यैलाई भन्यो– ए ! हजुरआमा, मलाई करकाप लगाएर थिया पिउन भन्नुभयो तर चिया त धेरै चिसो भएछ । जाडोमा चिसो चिया खानु भएन । चियालाई फेरि तताएर खादा हुन्न भन्थे, स्कुलमा स्वास्थ्य शिक्षा पढाउने शिक्षकले । लौ न अब के गर्ने ? फाल्न पनि समस्या छ । त्यसमा यति धेरै महङ्गो चिनी र चियापत्ति परेको छ ।

बजारमा एक कप चियाको मूल्य रु तीस पर्छ । त्यसलाई फाल्न पनि खेर हुन्छ र खादा पनि शरीरलाई हानी पु¥याउँछ भने अब के गर्ने ? समस्यामा थिए नाति । बज्यैले एकै स्वरमा भनिन्– बोलाउँदा आएको भए, नोक्सान हुने थिएन । पढ्ने विद्यार्थीले लाभ र नोक्सानी बुझ्नुपर्छ । अन्यथा पढ्नुको अर्थ रहन्न ।

त्यसैले म बुढीले नातिलाई अगाडि बढ्दैन, उ जीवनभर पछुताउँछ । उमेर छिप्पेपछि पछुताएर के हुन्छ र ! आफ्नै भविष्य अन्धकार हुने हो । समाजमा अपहेलित बस्ने हो । साथीभाइहरुसँग पराई हुने हो । गाउँघरमा अपहेलित बन्नु पर्दा कति धेरै आत्मा दुख्ला । आफूसँग पढेकाहरु अड्डा, कार्यालय र अदालतमा हाकिम, न्यायाधिस, जिल्ला प्रमुख भएमा उनीहरुसँग झुक्नुपर्दा आत्मग्रानी हुनेछ र नपढेको अनुभव गरिने छ ।

त्यस समयमको पछुतोले गल्लीको कुकुर जस्तो हुनुपर्दा पढाइको महत्व त्यस समयमा बुझ्ने छौ, नाति । अहिले हाम्रो घरको अवस्था आर्थिक रुपले कमजोर छ । सामाजिक रुपमा पछि परेका छौँ । नाति ! तिमीले पढेर हाम्रो नाति हाकिम भएको देख्ने, सुन्ने सपना घरमा छ । हाम्रो सपना सार्थक बनाउन तिम्रो जीवनमा र्निर छ । बाजेबज्यै, बाबुआमा र दिदिबहिनीरुका आशा नै नातिको पढाइ हो, बाबु ! नाति ।

विद्यार्थीमा मोवाइप्रतिको झुकाव दिने फ्रिफायर गेम हो । यो खेल खेल्न लागेपछि विद्यार्थीले खान पनि बिर्सन्छन् । पढ्न पनि रुची गर्दैनन् । त्यस्ता विद्यार्थीको पढाइ, लेखाइ बिग्रन्छ र उनीहरुको दिमाग पनि एकहोरो प्रवृतिको हुन्छ । उनीहरुमा मोवाइलको गेमलाई मात्र सम्झन्छन् । बाबुआमाले दुःख सहेर पढाएका छन् भन्ने ज्ञान उनीहरुमा छैन र पढ्ने झुकाव पनि गर्दैनन् ।

कोभिड–१९ को कारणले गर्दा शिक्षकहरुले इन्टरनेटबाट पढाउन थाले । विद्यार्थीलाई बाबुआमाले पनि पढ्न सामग्री मानेर मोवाइल दिने आवश्यकता ठाने । त्यसको प्रभावमा धेरै विद्यार्थी प्रभावित भएर मोवाइल प्रेमी बने । बज्यैको नाति पनि यस्तो प्रभावमा प्रभावित भयो । उसले गेम खेल्ने प्रविधिको ज्ञान र सिपको विकास ग¥यो । शिक्षकहरुलाई इन्टरनेट पढाउने शिक्षण प्रविधिको ज्ञान र सिप थिएन ।

उनीहरुले पनि पढाउँदै सिक्दै जाने विधिको पालन गरेका थिए तर विद्यार्थीको मोवाइल नियन्त्रणमा प्राविधिक ध्यान भएन । त्यसैले विद्यार्थी पढाइको झुकाव खेल खेल्ने र मोवाइलका सिष्टमहरु जान्ने, बुझ्ने प्रविधिमा केन्द्रित भए । कोरोनाको समस्यापछि विद्यालयहरु खुल्न लागे । स्कुलीय पठनपाठन पनि कक्षागत भयो । परम्परागत शैलीमा स्कुलहरुले पढाइ चालु गरे तर विद्यार्थीको मोवाइप्रतिको झुकाव भने सुधार भएन । आजसम्म पनि हुन सकेको छैन ।

जब विद्यार्थी पढ्नमा धेरै कमजोर हुन्छ । तब उसमा पढ्ने झुकाव हराउँदै जान्छ । आजभोलिका शिक्षकहरुको तुलनामा संस्थागत स्कुलमा शिक्षकहरुमा विद्यार्थीप्रति ध्यान दिन्छन् तर त्यस्ता संस्थागत शिक्षकहरुलाई शिक्षण तालिमको अभाव छ । उनीहरु संस्थागत स्कुलहरुले तालिम पनि दिँदैनन् । उनीहरुले पढाउँदा पाएको अनुभवलाई प्रयोग गरेर मात्र पढाउँछन् ।

नविन शिक्षण प्रविधिहरुको तालिम सामुदायिक स्कुलमा शिक्षकहरुले पाए पनि शिक्षण कार्यमा प्रयोगमा ल्याएको पाइन्न । उनीहरु भन्छन्– पढाइ सुधारेर के गर्ने ? राजनीतिक दलका नेतामुखी नभएसम्म पडाइरहेको स्कुलमा हाजिर गर्न पाइन्न । सरुवा दुर्गममा हुन्छ । यस्तो अवस्थामा विद्यार्थीको पढाइ सुधार गर्नु सार्थक हुन्न । त्यसैले सामुदायिक विद्यालयका शिक्षकहरु विद्यार्थीप्रति झुकाव राख्दैनन् । उनीहरुका विद्यार्थीले पढ्न मोवाइल खेलाउनभन्दा खेलकुदमा रमाउँछन् । घरमा बाजे बज्यैको आज्ञा पालक बन्दैनन् ।

नातिको हजुरआमा र हजुरबाबा पनि वृद्ध हुनुहुन्छ । उहाँहरुका समयमा स्कुलहरु थिएनन् । भएका स्कुलहरु पनि घरदेखि टाढानिर । आउजाउमा कठिनाई थियो । बाटोमा तीनवटा ठुलाखोलाहरु पर्थे । वर्षायाममा आउजाउ बन्द हुन्थ्यो । शरीर तताउने माध्यम चिया मात्र थियो । जाडो मौसममा चिया पिउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ भन्थे गाउँका वैद्यले तर नातिले बिहानमा चिया नखाएर मोवाएलमा रमाउने गर्थे ।

घरमा बुढाबुढी र बुहारी थिइन् । बुहारीले पनि आफ्नो छोरालाई तह लगाउन सक्दैनथिन् । पढेर ठुलो मान्छे बनोस् भन्ने सोचाइ बुढाबुढी र बुहारीमा थियो तर नातिले पढाइभन्दा मोवाइल खेलाउने गर्थे । यसैमा उनको समय बित्दथ्यो । समय बित्दै जादा उनको उमेर पनि बित्दै गएको थियो । उमेर छिप्पेको हुँदा उनी लक्का जवान भएका थिए । उनको विवाहको कुरा चल्यो तर उनलाई केटीका बाबुआमाले उनको विवाहको कुरा थल्यो तर उनलाई केटीका बाबुआमाले उनको पढाइ सोधे तर पढाइ थिएन ।

मोवाइलको लत बसेको कुरा सुनेपछि छोरीले त्यस्ता केटालाई मन पराउँदैनन् भनेपछि मात्र पढाइको महत्व बुझेका थिए । नाति बैराकी भए । उसले समयको सदुपयोग पढाइ गरेर योग्य बन्नुपर्छ भन्ने ज्ञान पाए भने बुद्धि भएको नातिले सम्झेका थिए । बुढाबुढीको घरको समस्या नै नातिले समयमा नपढेर मोवाइलमा समय बिताएको अवस्था थियो । घरको अवस्थाले बुढाबुढी परिसान थिए ।

उनीहरुको मानसिक पीडाको अवस्थालाई नातिले बुझेको थिएन । उसले बुझेको मोवाइल खेलाउनु थियो । हुनतः समयको माग पनि मोवाइल हो । त्यसको ज्ञान गर्नु पनि पढाइ हो तर विषयगत ज्ञान नबढाएसम्म मोवाइलको ज्ञानले मात्र काम लाग्दैन । मोवाइलबाट धेरै विषयको ज्ञान गर्न सकिन्छ । गुगलले विद्यार्थीलाई अङ्ग्रेजी शब्द र ध्वनीको ज्ञान गराउँछ । शब्दको अर्थ सिकाउँछ । शैक्षिक ज्ञान गराउँछ । मोवाइलमा खेलहरु खेल्न थालेपछि बानी बिग्रन्छ । पढ्ने इच्छा हुँदैन । त्यस्तै नातिको घरमा पढाइले गर्दा बुढाबुढी पीडित थिए ।