दंगीशरण–३ द्वारा न्यानो कपडा वितरण

गोरक्ष समाचारदाता
दंगीशरण, ५ पुस । दंगीशरण गाउँपालिका–३ ले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम गरेको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाभित्रका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले ज्येष्ठ नागरिकको सम्मानका लागि वडा नं.३ ले सञ्चालन गरेको कार्यक्रम सराहनीय रहेको बताए । आफूले मानवीय विकासलाई प्राथमिकतामा राखेर काम गदै आएको उनको भनाइ थियो ।

वडा नं. ३ का वडाध्यक्ष सुकलाल चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको तर्फबाट लक्ष्मण चौधरी, ज्येष्ठ नागरिक वडा नं. ३ का अध्यक्ष कृष्ण चौधरी तथा ज्येष्ठ नागरिक दंगीशरणका अध्यक्ष टीकाबहादुर डाँगीले भनाइ राखेका थिए ।

कार्यक्रम वडा नं. ३ का वडा सदस्य सरिता विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य लक्ष्मणदास चौधरीले गरेका थिए ।