मेरो खुशी : कोभिड–१९ का बिरामीलाई सेवा …

म त्यही बेला यहाँको जागिरे बनेको थिएँ । त्यो बेला कति कठिन थियो भन्ने मैले बुझेको पनि थिएँ । त्यो बेला मैले तुलसीपुर उपमहानगरापलिकाको १४ नम्बर वडामा कार्यरत थिएँ । त्यो बेला हामीले कोरोनाका बिरामीलाई व्यवस्थापन गर्नुपर्ने थियो । त्यही स्थानमा किनकि कोरोनाका बिरामीलाई मनोपरामर्श दिन धेरै कठिन भएको थियो । परामर्शको पाटो मेरो जिम्मेवारीमा थियो ।

त्यो दिन मैले कतिपय क्षणलाई स्मरण गर्नै सक्दैन । कोरोना भाइरसको कहर । म स्वास्थ्यकर्मी भएको नाताले क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने थियो । हामीले स्कुलमा क्वारेन्टाइन बनाउने सफल ग¥यौँ । त्यहाँ हामीले मनोपरामर्शको काम ग¥यौँ । त्यसपछि पौष्टिक आहारको विषयमा परामर्श दियौँ । कसैलाई अक्सिजनको आवश्यकता भए त्यो पनि आश्वासन दिएका थियौँ तर पनि हामी आत्मविश्वासमा धेरै प्रयास गरिरहेका थियौँ । म स्वास्थ्यकर्मी भएका नाताले पनि चिकित्कसहरूसँग सल्लाह गरिरहेका थिएँ । त्यो कोभिड सङ्क्रमणलाई मैले सान्त्वना मात्रै दिएँ ।

कतिजनाले जडिबुटी खाएर पनि ज्यान जोगाउने प्रयास गरेका थिए र जडिबुटी पनि मात्रा खानु उपयुक्त हुन्थेन । बेलझुण्डीको कोरोना अस्पतालमा दिनदिनै हेलिकोप्टर आएर बिरामी लैजान्थे । त्यो मलाई अझै पनि झल्झली याद आउँछ । त्यो बेला नगर प्रमुख घनश्याम पाण्डे थिए । उनले मनोपरामर्श सेवाको थालनी गर्न भन्नुभयो । त्यसपछि बिरामीका घरघरमा गएर परामर्श सुरु ग¥यौँ । कसैलाई आवश्यक परेका बेला अक्सिजन उपलब्ध गरायौँ ।

त्यो बेलाको खुसीले मलाई कहिल्यै भुल्न सक्दैन । त्यो बेलाको खुसीलाई मैले शब्दमा व्यक्त गर्न सक्दैन । किनकि मैले त्यो बेला कोरोनाका बिरामीलाई हौस्याएको मात्र थिएन अक्सिजनको आपूर्तिका लागि आश्वासन पनि दिएको थिएँ । त्यतिबेला फोनमार्फत् मेरो सम्पर्कमा आएर सेवा लिनेहरू तुलसीपुरबासी मात्र नभएर रुकुम, सल्यान, बाँके, बर्दिया, चितवनलगायत अन्य जिल्लाका पनि कोरोनाका बिरामी थिए । त्यही क्रममा मैले स्वास्थ्य सेवाका सन्दर्भमा परामर्श सेवा पनि सञ्चालन गरेको थिएँ ।

त्यसो त म अहिले तुलसीपुरको सूचना अधिकारीको जिम्मेवारीमा छु । म सूचना अधिकारी भइरहँदा पनि म धेरै क्षेत्रमा स्वास्थ्य प्रवर्धनमै लागिरहेको हुन्छु । स्वास्थ्य सचेतनामा मैले स्कुल स्कुलमा गएर पनि रोग प्रतिरोधात्मक कार्यक्रममा सहभागी हुँदाको क्षण पनि मेरा खुसी हुन् । म सूचना अधिकारी भइरहँदा पनि सबैभन्दा पहिलो स्वास्थ्य सेवा नै हो ।

मेरो अर्को खुसीको क्षण भनेको दुर्घटना न्यूनीकरणसँग पनि जोडिएको छ । ट्राफिक सुरक्षादेखि सडक सुशासनका विषयमा पनि मैले धेरै भूमिका निर्वाह गरेको छु । सडक दुर्घटना न्यूनीकरणका मनोपरार्श पनि मेरो असाध्यै खुसीको क्षण हो । मनोपरामर्श एउटा ठुलो उपलब्धि भएको पनि मैले पाएँ । किनकि मनोपरामर्शको सवालमा मैले यहाँ मात्र नभएर अन्य जिल्लाको पनि अभ्यास बुझ्न गएको थिएँ, मेरो खुसी मनोपरार्श पनि हो ।

समाजमा बेथितिहरू भइरहनुका कारण मनोपरार्शको कमीले नै हो । अहिले म सूचना अधिकारीको जिम्मेवारीमा छु । स्वास्थ्यकर्मी किन सूचना अधिकारी भन्ने पनि होला तर म कनिष्ठ कर्मचारी भएर पनि त्यो पदमा छु । किनकि मलाई आफैँले मागेको पद होइन, मलाई त्यो जिम्मेवारी दिइयो । मैले अहिले स्थानीय पत्रकारितालाई पनि जिम्मेवारीपूर्वक काम गरेको पनि छु, सूचना अधिकारीको जिम्मेवारी वहन गरिरहँदा मालाई धेरै गर्वको अनुभूति भएको छ ।

म निष्पक्ष छु । निर्भिक छु अनि मेरो दायित्व भनेको स्वच्छ सूचना अधिकारीको भूमिका निर्वाह गर्नु हो । तुलसीपुर उपमहानगरापलिका मेरो गौरव हो । तुलसीपुरबासी मेरा गौरव हुन् । तुलसीपुर उपमहानगरपालिकालाई सबैको सेवाको रूपमा मैले लिएको छुँ । त्यसो त उनी कर्मचारी मात्र होइनन् । उनी तुलसीपुरबासी स्थानीय पनि ह्न् । प्राथमिक शिक्षा मावि सक्राम, उच्च शिक्ष महेन्द्र बहुमुखी क्यामपस घोराही, व्याचलर फोर्टिनाइन मल्टि टेक्निकल इन्स्टिच्युटबाट सिएमए ।

त्यसपछि जोडिए स्वास्थ्य क्षेत्रमा । लोक सेवा आयोगको परीक्षामा अहेवमा नाम निकाले । त्यसपछि २०७४ मा हेल्थ असिस्टेन्ट । जागिरको क्रममा वैतडी, सल्यान, धादिङ र दाङमा काम गरे । अहिले जनस्वास्थ्य निरीक्षक पदमा तुलसीपुर उपमहानगरपालिकामा कार्यरत छन् । अहिले सूचना अधिकारीको जिम्मेवारीमा पनि छन् ।

त्यसो त उनले मनोपरामर्श सेवाको विषयमा पत्रकार सुशील बस्नेतप्रति आभारी पनि छन् । सबथोक मनोपरामर्श आवश्यक छ भन्ने पनि उनलाई लाग्छ । अब उनी मनोसामाजिक परामर्शको अपेक्ष गर्दछन् । मनोसामाजिक परामर्शमा उनले उपमहानगरपालिकाले पहल गर्न सक्ने पनि उद्घोष गरेका छन् । स्वास्थ्य सेवालाई उत्कृष्ट गराउन पनि मनोपरामर्श कार्यक्रम आवस्यक छ । त्यसलाई स्वास्थ्य शाखामार्फत् अघि बढाउने उनको विश्वास छ । जनस्वास्थ्यको सरलीकरणमा उनको विश्वास छ । सामाजिक परामर्श उनको अभियान हो ।

प्रस्तुति : खेमराज रिजाल