अमरराज आचार्य
दाङ, २९ मङ्सिर । लुम्बिनी प्रदेशमा वार्षिक करिब साढे ३२ लाख मेट्रिक टन खाद्य तथा अन्य बाली उत्पादन हुने गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ३२ लाख ४७ हजार ४८ दशमलव ५४ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको राष्ट्रिय बैङ्क लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदनले देखाएको हो । प्रतिवेदनका अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादनमा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा धान, मकै, गहँु, जौ, आलु र दलहनको उत्पादनमा क्रमशः तीन दशमलव ९५ प्रतिशत, तीन दशमलव ३४ प्रतिशत, चार दशमलव ६३ प्रतिशत, सात दशमलव ३२ प्रतिशत र सात दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी कोदो, फापर, भटमास र तेलहनको उत्पादनमा क्रमशः १४ दशमलव ६२ प्रतिशत, ४० दशमलव शून्य सात, आठ दशमलव ६१ र सात दशमलव ६८ प्रतिशतले ह्रास भएको छ ।
यस प्रदेशमा खाद्य तथा अन्य बालीको जिल्लागत उत्पादन विश्लेषण गर्दा सबैभन्दा धेरै योगदान कपिलवस्तुको २१ दशमलव २४ र सबैभन्दा कम रुकुम पूर्वको एक दशमलव ५५ प्रतिशत रहेको छ । प्रतिवेदनका अनुसार रुकुम पूर्वमा तीन लाख ३४ हजार चार सय ६३ दशमलव ४९ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । जुन एक दशमलव शून्य छ हिस्सा हो ।
रोल्पा जिल्लामा एक लाख १५ हजार तीन सय ८९ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन प्रदेशमा उत्पादन हुने कुलमध्ये तीन दशमलव ५५ प्रतिशत हिस्सा हो । प्युठानमा एक लाख १७ हजार दुई सय ५० दशमलव ७५ मेट्रिक टन खाद्य तथा अन्य बाली उत्पादन हुने गरेको छ । जुन तीन दशमलव ६१ प्रतिशत हिस्सा हो । गुल्मीमा एक लाख तीन हजार नौ सय ८८ दशमलव ७५ मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन चार दशमलव ३१ प्रतिशत हिस्सा हो ।
अर्घाखाँचीमा एक लाख १६ हजार आठ सय ५३ दशमलव शून्य दुई मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन तीन दशमलव ६० प्रतिशत हिस्सा हो । पाल्पामा एक लाख २४ हजार तीन सय ४१ दशमलव ४५ मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन तीन दशमलव ८३ प्रतिशत हिस्सा हो ।
यसैगरी नवलपरासी पश्चिममा तीन लाख २६ हजार सात सय २५ दशमलव तीन मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन १० दशमलव शून्य छ प्रतिशत हिस्सा हो । रुपन्देहीमा चार लाख ६३ हजार पाँच सय ९७ दशमलव ४२ मेट्रिकटन उत्पादन हुने गरेको छ । जुन १४ दशमलव २८ प्रतिशत हिस्सा हो । कपिलवस्तुमा छ लाख ५४ हजार दुई सय १० दशमलव पाँच मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन २० दशमलव १५ प्रतिशत हिस्सा हो ।
दाङमा तीन लाख ५३ हजार तीन सय ३२ दशमलव ३३ मेट्रिक टन उत्पादन हुने गरेको छ । जुन १० दशमलव ८८ प्रतिशत हिस्सा हो । बाँकेमा तीन लाख ५६ हजार एक सय १७ दशमलव १२ मेट्रिकटन उत्पादन हुने गरेको छ । जुन १० दशमलव ९७ प्रतिशत हिस्सा हो । बर्दियामा चार लाख ४४ हजार सात सय ७९ मेट्रिकटन उत्पादन हुने गरेको छ । जुन १३ दशमलव ७० प्रतिशत हिस्सा हो ।
लुम्बिनी प्रदेशमा वार्षिक तरकारी सात लाख दुई हजार चार सय ३० दशमलव आठ मेट्रिक टन उत्पादन हुने गरेको छ । तरकारी २४ दशमलव ७२ प्रतिशतले वृद्धि भई २०८१÷०८२ मा सात लाख दुई हजार चार सय ३० मेट्रिक टन पुगेको छ । गत वर्ष पनि यस्तो उत्पादन दुई दशमलव ७० प्रतिशतले वृद्धि भएकोे थियो । जिल्लागत रूपमा विश्लेषण गर्दा तरकारी बालीको उत्पादनमा सबैभन्दा धेरै हिस्सा रोल्पा जिल्लाको २४ दशमलव ८२ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको एक दशमलव १२ प्रतिशत रहेको छ ।
फलफूल दुई लाख ३३ हजार चार सय २० दशमवल पाँच मेट्रिक टन हुने गरेको छ । प्रदेशमा फलपूmलको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ६३ प्रतिशतले ह्रास भई आर्थिक बर्ष २०८१÷०८२ मा दुई लाख ३३ हजार चार सय २० मेट्रिक टन पुगेको छ । गत वर्ष यस्तो उत्पादन सात दशमलव ४१ प्रतिशतले वृद्धि भएको थियो । जिल्लागत रूपमा विश्लेषण गर्दा फलपूmल उत्पादनमा सबैभन्दा बढी हिस्सा नवलपरासी जिल्लाको २६ दशमलव २८ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको दुई दशमलव ५२ प्रतिशत रहेको छ ।