घोराहीमा दुई सय बढी विद्यार्थीलाई न्यायो कपडा

गोरक्ष समाचारदाता
घोराही, २६ मङ्सिर । घोराहीमा दुई सय बढी विद्यार्थीमा न्यायो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका–१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउनका लागि आवश्यक पर्ने जम्वर र टाउजर निशुल्क रुपमा सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत वडा कार्यालयले शुक्रवार पोसाक वितरण गरेको हो । वडा कार्यालयको आर्थिक वर्ष २०८२÷०८३ को सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यायो कपडा वितरणका लागि बिनियोजन गरिएको तीन लाख रुपियाँबाट वडामा रहेका तीन वडा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय २५ जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको वडा अध्यक्ष ताराबहादुर डाँगीले जानकारी दिएका छन् ।

वडा अध्यक्ष डाँगीका अनुसार प्राथमिक विद्यालय सानीअम्बापुर सर्रामा अध्ययनरत ४८, वातावरणीय आधारभूत विद्यालय करौतीडाँडामा अध्ययनरत ५८ जना र आधारभूत विद्यालय बाहुनडाँडामा अध्ययन एक सय १७ जना विद्यार्थीलाई चिसोमा लगाउनका लागि कपडा वितरण गरिएको हो । बाँकी रहेको बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने बताए ।

न्यायो कपडा पाउँदा आर्थिक रुपमा विपन्न समुदायका बालबालिका खुसी भएको बताए । आर्थिक रुपमा विपन्न र कतिपय आमाबुबा नभएका बालबालिकाले विद्यालयमा पढ्ने गरेको र उनीहरुलाई न्यायो कपडा निशुल्क रुपमा वडा कार्यालयले सहयोग गरेर विद्यार्थीलाई ठुलो गुन लगाउने काम गरेको आधारभुत विद्यालय बाहुनडाँडाका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले बताए ।