शेखरको अडानमा शेरबहादुर सहमत

सुभाष न्यौपाने
अडान उपयुक्त भए सहमति किन हन्न र ?
मुलुक र मुलुकबासीको हितका काम गर्नु हुन्न र ?
नेतृत्व के का लागि, केका लागि बन्यौ नेता ?
शेखरको प्रस्ताव उपयुक्त नभए देउवा किन मान्दथे ?

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने भन्ने विषयमा सहमति जुटेको छ । संस्थापन पक्षे नेपाली कांग्रेस र इतर पक्ष नेपाली कांग्रेसको तानातान र हानाहानले महाधिवेशनको निक्र्योल गर्न नसकिरहेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवख बरिष्ठ नेता डा. शेखर कोइरालाको अडानलार्य स्वीकार गर्दै पुस २६ देखि २८ सम्म नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मितिलाई टुङ्गोमा पु¥याएका छन् ।

देउवाले भनेका छन्, “कमसेकम मलाई शान्तसँग त राजनीति छोड्न देऊ”, उनले भनेका छन्, “पार्टी फुटाउनु छ भने विशेष महाधिवेशन गर होइन भने सहमतिबाट निनयमित महाधिवेशन गरौँ, म लामो समय नियमित महाधिवेशनको लागि माग्दैन, शेखरको प्रस्तावमा मेरो सहमति छ ।” यसरी देउवाले सहमति जनाएपछि संस्थापन पक्षका नेताहरु जसले हिजो महाधिवेशनको बारेमा आलेटाले जवाफ र आचरण देखाइरहेका थिए, उनीहरु जिल्ल परेका छन् । के गरम के गरम भइरहेको छ ।

नेता शेरबहादुरको नियमित महाधिवेशन भन्ने विषयलाई सभापति देउवाले स्वीकार्नु ठुलो बुद्धिमत्तापूर्ण कार्य रहेको नेपाली जनताले महसुस गरेका छन् । ाफ्नो नेतृत्वको उत्तरार्धमा पार्टी सभापति देउवाले गरेको निर्णइको सबैले प्रशंसा पनि गरेका छन् । उनको अन्तिम भनाइ छ, “मलाई नेतृत्व छोड्न त सुखले देऊ ।” कति कारुण र मार्मिक शब्द छ यो ।

शेरबहादुर पक्षधर भनिनेहरु आफूसँग हुत्ति नभएका सधैँ शेरबहादुरलाई भँजाएर खान चाहने रहेछन् भन्ने स्पष्ट पारेको छ । कार्यवाहक सभापतिलगायतको समूहले गरेको गोलमटोलपूर्ण कार्य पार्टी सभापति देउवालाई चित्त नबुझेपछि शेरबहादुरले शेखरसँग संवाद गरेर पार्टी जोगाउनकै लागि सहमति गरेका हुन् ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्नको लागि निर्वाचन समिति समेत गठन गरिसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा पार्टी नेतृत्व परिवर्तनको चाहनाका साथ अघि बढिसकेपछि महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढिसकेको छ ।

१५ औँ महाधिवेशनबाट नेतृत्व परिवर्तनतर्फ अघि बढिसकेको छ भने पार्टी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापतिको तयारीको सिग्नल दिइसकेका छन् भन्ने बुझिन्छ । यसै सन्दर्भमा माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने सङ्घीय संसदको निर्वाचनमा उम्मेदवार तय गर्ने क्रम जारी छ भन्ने सनिन्छ भने नेपाली कांग्रेसका सभापति दउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको भेटघाट र विशेष संवादलाई जानकारहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

महाधिवेशनबाट नेपाली कांग्रेसका नेताहरु आफ्ना गतिविधि र भेटघाट कार्यक्रमलाई विस्तार गरिरहेका छन्, कृषिशील छन् । नेपाली कांग्रेसले आफ्ना सबै निकायहरुको अधिवेशनको मिति सार्वजनिक गरिसकेको छ । अन्तमा पार्टी सभापतिको लागि पूर्णबहादुर खड्कालाई सङ्केत गरेको भए पनि नियमित महाधिवेशनको अडान शेखरकै हो ।

निर्वाचनका लागि सरकार आफ्नो कार्यतालिका बनाएर अघि बढिरहेको छ भने शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँछ । तैपनि राजनैतिक वातावरण अझै स्थिर छैन । लोकतन्त्रको स्थापना र रक्षाको लागि निर्वाचन अपरिहार्य भन्ने बुझ्दाबुझ्दै र जान्दाजान्दै पनि मुलुकका ठुला भनिने राजनैतिक दलहरुको चाहना र मोह संसद् पुनःस्थापनातर्फ भएको पनि आशङ्का जनताको छ । यो गतिविधिले आन्दोलनको नतिजालाई के भन्छ ?

कतै सदन पुनःस्थापना भयो भने जसका कारणले आन्दोलन भएको थियो । फेरि त्यही शक्ति बलियो भएर आउने परिस्थिति सिर्जना भएर आउने त होइन ? यस्तो अवस्था आयो भने मुलुकले सकारात्मक नतिजा पाउला त ? ओलीजीको उक्साहटमा शेरबहादुर संसद पुनःस्थापना माग गर्दै किन सर्वोच्च गए ?

कतै आफ्ना छलछामका कर्तुतहरुको पर्दाफास हुन्छ भन्ने डरले त होइन ? त्यत्रो क्षतिको आन्दोलनबाट भएको परिवर्तन संसद् व्युँताएर वदर ? प्रजातन्त्रको नाममा आफ्नो पार्टीको गोर्खाली इतिहास भन्दै जनतालाई बुझाउने कांग्रेस परिवर्तनका हरेक कालखण्डमा जनतामाझ चुक्दै गएको पनि देखिन्छ ।

२०१५ सालको निर्वाचनमा दुईतिहाइ मत प्राप्त गर्ने पार्टी नेपाली कांग्रेस बहुमतको सरकार गठन गर्न सफल भए पनि लोकप्रिय मत घटेर आएको छ । यसैगरी ०५१ सालको मद्यायवधि निर्वाचनमा दोस्रो स्थानमा झ¥यो भने ०५६ सालको आम निर्वाचनमा काकतालीले विजय हासिल गरेको छ ।

कम्युनिस्ट फुटेर एमाले र माले बनेका थिए । अब नेपाली कांग्रेसले आफ्नो लोकप्रियता जोगाउने प्रसिद्धि हासिल गर्ने हो भने आफ्नो चरित्र सुधार गर्दै नयाँ पुस्तामा नेतृत्व जानु जरुरी छ । नेपाली कांग्रेसको महाधिवेशनको मिति तय भएसँगै मत र गुट परिवर्तीत हुँददै गइरहेका छन् । १५औँ महाधिवेशन नयाँ सोच र विचारको जन्म पनि हुनुपर्ने नयाँ पुस्ताको धारणा पनि हो ।

निर्वाच्नमा मोरङ ३ बाट सर्वसम्मत सिफारिस सुनिल शर्मा, डा शेखर कोइरालाका प्रवल समर्थक रहेको पनि सावैजनिक भइसकेको छ । उनले आफूँ मन्त्री नभए पनि इमानदारीपूर्वक जनताको सेवा गर्नै प्रतिबद्धता समेत जनाएका छन् भने सेवाको अवसर प्राप्त हुनेछ भन्ने विश्वास गरेका छन् । वीपी कोइराला, गणेशमानहरुले गल्ती गरेको भए नेपालीको नेता बन्न पाउने थिएनौ, महोदय ! उनीहरुको त्यागको कारण तिमीहरुले अवसर पायौ ।

तिमीहरुको गल्तीका कारण जनताले दुःख पाइरहेका छन् । त्यसैले अब तिमीहरुले सजाय पाउने बेला आएको छ । चर्को स्वर र ठुला कुरा अब कसैले पत्याउँदैनन् । वीपी सहितका पूर्वजहरुलाई हरेक कार्यक्रमलाई नेपाली कांग्रेसले सम्झने गर्छ तर उनीहरुले पठाएको प्रजातान्त्रिक समाजवादको अपव्याख्या र उलङ्घन गर्छ, अनुसरण गर्दैन, त्यसैले पछि पर्छ ।

अहिले नेपाली राजनीतिमा नेताहरुले त्यागको कुरा गर्छन् तर आफूले त्याग गर्नुपर्ने कुराहरु उनीहरुले सम्झेका छैनन् । अहिले कांग्रेस कम्युनिस्टहरुमा त्यो रोगले धेरै सङ्क्रमण गरेको छ । त्याग र समर्पण मुलुकका निमित्त सबैले गर्न सक्नुपर्छ ।

मुलुकलाई प्रजातान्त्रिक नेपाल बनाएर जनताको प्रजातन्त्रको लागि सफल आन्दोलन गरेको पार्टी नेपाली कांग्रेस जसलाई विश्वले नेपालमा प्रजातन्त्र भन्ने बित्तिकै नेपाली कांग्रेस भन्ने बुझ्दछ भने नेपाली जनताले नेपाली कांग्रेस भन्ने बित्तिकै कोइराला सम्झन्छन् । यस्तो पार्टीले अधिनायकवादी पार्टी कम्युनिस्टहरुको उक्साहटमा नेपाली जनताको इच्छा विरुद्ध कुनै पनि गतिविधि हुन शोभनीय देखिँदैन ।

त्यसैले नेपालीले प्रजातान्त्रिक आचरण देखाउनु र अङ्गीकार गर्नु अत्यन्त आवश्यक छ । त्यसैले नेपाली कांग्रेसले महाधिवेशन गरेर निर्वाचनमा जाने वातावरण बनाउनु सबैभन्दा उपयुक्त हो । जनताको आन्दोलन र मागका विरुद्ध निर्वाचन विथोल्ने तरिकाले सदन पुनःस्थापना भन्दै ओलीको उक्साहटमा नेपाली कांग्रेस लाग्यो भने कांग्रेसको लागि र मुलुकको लागि दुर्भाग्य हुनेछ ।

यसलाई न्यायालेले पनि रोक्न सक्ने छैन । संसारमा कम्युनिस्ट भन्नेहरुको देखाइदिनुहोस् त अस्तित्व ? त्यसैले शेखरको अडानमा शेरबहादुरको सहमतिमा १५ औँ महाधिवेशन सफल पारौँ । निर्वाचनमा जाऔँ । मुलुकलाई निकास दिऔँ ।