नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) : अवसर कि चुनौती

भुवन पोख्रेल

विश्वभर लोकप्रिय हुँदै गएको कृत्रिम बौद्धिकता (एआई) को प्रयोगले अहिले विश्व जगतमा हलचल ल्याएको छ । पछिल्लो दशकमा प्रविधि जगतमा सबैभन्दा चर्चामा आएको लगानी गरिएको र आश्चर्यकारी नतिजा पनि दिएको प्रविधि भनेको एआई नै हो । यो अहिले उच्च तहकादेखि सामान्य जीवन बिताइरहेका विद्यार्थी शिक्षक, कर्मचारी, कलाकार, डाक्टर, इन्जिनिएर जस्ता पेसा गत जीवनमा पनि हटकेक बनेको छ ।

खासगरी च्याटजिपिटी लन्ज भएपछि यसले थुप्रै मानिसहरुलाई यसको शक्ति र क्षमता देखाइदिइरहेको छ । एआईलाई कहिले पनि अराजको आवश्यकता नपर्ने, यसले लाखौँ कार्यहरु अत्यन्त चाँडै सम्पन्न गर्ने, यसको थोरै समयमा धेरै काम सम्पन्न गर्ने, पेसागत सुरक्षाको ग्यारेन्टी दिनु पर्ने, यसलाई पेन्सन दिनु पर्ने आदि कारणले एआईले विभिन्न पेसामा प्रेवेश गरी मानिस, बेरोजगार हुने स्थिति पनि सिर्जना हुनसक्छ । दिइएको जिम्मेवारी, तालिम पूरा गर्ने र जुनसुकै काम अत्यन्त सक्षम र विश्वसनीय ढंगले सम्पन्न गर्ने कलाको कारण एआई लोकप्रिय बन्दै गएको छ ।

एआई अझै पनि विकसित अवस्थामा छ । यो सफलताको शिखरमा पुग्नका लागि अझै लामो यात्रा तय गर्नुपर्छ । एआईलाई आजसम्म जे–जे चाहिएको छ पछि त्यो भन्दा ज्यादा कुराहरु चाहिन सक्ने पक्का छ । यसलाई धेरैधन्दा धेरै डेटा चाहिन्छ जसको मद्दतले यसको प्रगति भएको हो । एआईको मेरुदण्ड इन्टरनेट हो यदि इन्टरनेट नभएको भए यसले यति चाडै यति धेरै प्रगति र उपयोगिता प्राप्त गर्न सक्ने थिएन ।

यद्यपी धेरै जसो उही डेटा दोह¥याउनुको साटो डाटामा विविधता भएपछि अझ राम्रो हुने थियो । करोडौँ हिसाब किताब गर्नु पर्ने, डेटाको संश्लेषण, विश्लेषण गर्नु पर्ने लगायतका कामको लागि एआईलाई शक्तिशाली जिपियु पनि चाहिन्छ । देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचना जस्तै शिक्षा क्षेत्रमा पनि एआईले गहिरो छाप पारेको छ ।

कृत्रिम वृद्धिमत्ता भन्नाले मानव बुद्धि आवश्यक पर्ने कार्यहरुलाई कम्प्युटर प्रणाली सम्पन्न गर्न सक्ने क्षमतासँग सम्बन्धित विचार प्रविधि र सिपको संग्रहलाई बुझ्नुपर्छ । शिक्षा क्षेत्रमा थप उपलब्धी हासिल गर्न एआईको प्रयोग सिकारुले गर्दछन् । पत्रकारिताको क्षेत्रमा पनि थु्रपै कृत्रिम बुद्धिमत्ताको प्रयोग भइरहेका छन् । समाचार लेखन, भाषा अनुवाद, सम्पादन, फोटो उत्पादन, समाचार बाचन, कार्यक्रम सञ्चालन लगायतका गतिविधि एआईको प्रयोगले तत्कालै र सहजै सम्पन्न गर्न सकिन्छ ।

एआईले खडा गरिदिएको चुनौतीसँग कसरी मुकाबिला गरी आफ्नो पेसागत सुरक्षा र विश्वसनीयता कायम गर्ने भन्ने विषय गम्भीर भएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रका व्यवसायहरुमा कृत्रिम बुद्धिमत्ताले तरंग सिर्जना गरिदिएको छ । हामी कुनै पनि नयाँ प्रविधिलाई त्यसले तत्काल दिने फाइदाका आधारमा पछि यसले गर्ने असरको सोच विचार नै नगरी अंगाल्दछौँ । यसरी आँखा चिम्लेर नयाँ प्रविधि अगाल्दा कालान्तरमा त्यसले सिर्जना गर्ने गम्भीर चुनौतीको सामना गर्न बाध्य हुन्छ ।

एआई उपकरको मात्र भर पर्दा पेसा व्यवसाय धरापमा पर्न जाने जोखिम बढ्छ । एआई उपकरणको मात्र भर पर्नाले मान्छेको सिर्जनात्मक चिन्तन, आत्म आलोचना, आत्मबोध, समानुभूति, समालोचनात्मक चिन्तन जस्ता जीवनपयोगी सिपहरु विस्तारैखटेर लैजान्छ । प्रत्येक पेसा शिक्षण, चिकित्सक, इन्जिनियरिङ, पत्रकारिता, वकिल आदिमा एआई महत्वपूर्ण त छ तर चुनौतीरहित विकल्प भने पक्कै होइन ।

इन्टरनेट, फेसबुक, इन्साटग्राम, टिकट लगायतका सामाजिक सञ्जाल जस्तै एआई पनि महत्वपूर्ण भएकाले यसलाई रोकेर, नियन्त्रण गरेर वा पाखा लगाएर शिक्षण लगायतका अरु थुप्रै पेसाहरु अगाडि बढ्न सक्दैनन् । एआईको प्रयोगले कुनै पेसालाई पुरै विस्थापित हुने अवस्था सिर्जना हुन दिनु हुँदैन । शिक्षा क्षेत्रमा पनि एआईको प्रयोगले रुपान्तरणकारी भूमिका निर्वाह गरिरहेको छ ।

एक प्रभावकारी सहयोगीका रुपमा पनि शिक्षक विद्यार्थीसँग काम गर्न सक्छ । विकासले फट्को मार्दै अनेक युग पार गर्दै अहिले हामी डेटा विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश गरेका छौँ । अन्य क्षेत्रको विकास कुनै दशकौ लगाएको भए पनि एआईको विकासको गति अकल्पनीय ढंगले तीव्र छ । अहिले आएका च्याटजिपिटी र मिस्ट्रल जस्ता एआई क्षेत्रको प्रतिनिधित्व गर्ने लार्ज ल्याग्वेज मोडलहरु सोधिएका प्रश्नको उत्तर मानिसले झै भन्न र लेख्न सक्षम भएका देखिन्छन् । अब मानिसले झै सोच्न समेत सक्षम हुँदै अघि बढिरहेका छन् ।

शिक्षा क्षेत्रमा समेत एआईले विशेष प्रभाव पार्न थालेको छ । अचेल विश्वविद्यालय र कलेजका विद्यार्थीले गृहकार्य र प्रोजेक्टहरु एलएलएभ प्रयोग गर्ने गरेका छन् । यसबाट शिक्षक प्राध्यापकहरुलाई विद्यार्थीको रचनात्मक, सिर्जनात्मक क्षमताको मूल्याङ्कन गर्न कठिन हुँदै गएको छ । प्राविधिक शिक्षामा एआईको प्रयोग प्रभावकारी बनाउन विश्वविद्यालयहरुले सोच्ने बेला आइसकेको छ ।

अर्कोतर्फ एआई र अनलाइनमार्फत् नै सस्तो पढ्न मिल्ने सुविधा बढ्दै जाँदा आउँदा दिनहरुमा विश्वविद्यालय नै किन जोन भन्ने बहस सुरु हुनसक्छ । केही महिनादेखि एआई एजेन्डको प्रयोग भइरहेको छ । यस्ता एजेन्टले दिइएको निर्देशन अनुसार सफ्टवेयर बनाइदिन्छ, अनलाइनमार्फत् किनमेल गरिदिन्छ । विभिन्न वेवसाइटमा खोजेर सबैभन्दा न्यून मूल्यमा हवाइ टिकट काटिदिन्छ, होटल बुक गरिदिन्छ ।

आफूलाई चाहिएको विषयमा सोधपत्र खोजिदिने काम पनि गर्छ । यस्ता एजेन्टले भाृलिका दिनमा औपचारिक विद्यालय, विश्वविद्यालयमा शिक्षक प्राध्यापकले झै पढाउन पनि सक्छ, उसलाई चकाई, अल्छिीपन, बिमारी हुँदैन बरु मान्छेले भन्दा सक्षम र शक्तिशाली ढंगले घण्टौँ उभिएर शिक्षक सिकाइ क्रियाकलाप र शिक्षक विद्यार्थी अन्तरक्रिया गर्नसक्छ । यसै पनि प्राविधिक क्षेत्रमा रोजगारीका लागि आजभोलि प्रमाणपत्र भन्दा सिपलाई बढी महत्व दिन गरिएको छ । घरमै बसेर प्राविधिक ज्ञान हासिल गर्न सकिन्छ भने शिक्षक प्राध्यापक किन अनिवार्य हुन्छ ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो । त्यसर्थ नेपालका आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले फट्को मार्दै अघि बढिरहेको छ । मानिसका लागि एआई मित्रवत प्रविधि हो । यसले मानिसको पूर्ण स्थान लिने काम गर्दैन । आफ्नो कामको महत्व बढाउन र रोजगारीका लागि आफूलाई अझ योग्य बनाउन एआईको प्रयोग सिक्नु सबैका लागि अत्यावश्यक भएको छ ।

हाम्रा विश्वविद्यालय, विद्यालय र शिक्षक, प्राध्यापकहरुले एआईको समय सापेक्ष उपयोग गरेर शिक्षक प्रक्रिया अझ सहज र प्रभावकारी बनाई विद्यार्थी विदेश पलायन हुने प्रवृति रोकी देशभित्र नै अध्ययन गर्ने संस्कृतिको विकास गर्न सक्छ । समयस्थिर नभई परिवर्तनशील छ । पछिल्लो समय एआई, मेटामर्स जस्ता प्रविधिको विकासले चर्चा बटुलिरहेका छन् । यस्ता नविनतम प्रविधिको प्रयोग सर्वप्रथम शिक्षा क्षेत्रमा हुन थालेको देखिन्छ ।

नेपाल मै ई–लर्निङ प्लेट फर्म एम्विसन गुरले एआई प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गर्न थालेको छ । विद्यार्थीले शिक्षक बिना नै गृहकार्य जाँच्न सक्ने काम एआईबाटै गर्न सकिन्छ । अहिले कक्षा कोठा भन्ना साथ भौतिक कि अनलाइन भन्ने अवस्था सिर्जना भइसकेको छ । एआईबाट पढाइका कुरा बाहेक कक्षा कोठामा विद्यार्थीको ध्यान छकि छैन । विद्यार्थीको संवेग, शिक्षक विद्यार्थी बिचको सम्बन्ध मूल्याङ्कन जस्ता कार्य गर्न सकिने कुरा जानकारहरु बताउँछन् ।

आजभोलिको अध्ययन प्रवृतिमा विद्यार्थीको रुची स्व अध्ययनतर्फ आकर्षित भएको देखिन्छ । यस्तो अवस्थामा एआई उत्तम विकल्प हुनसक्छ । विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक र पाठ्यक्रमभन्दा बाहिरका कुरा अध्ययन गर्न पनि एआईले सुविधा प्रदान गर्दछ । एआईलाई स्वतन्त्र रुपमा छाड्दा विद्यार्थीको गलत सूचना पाउन सक्छन् । त्यसर्थ एआईलाई निरन्तर अनुगमन र निगरानी गरी व्यवस्थापन गर्नुपर्दछ ।

एआई मानव निर्मित एक प्रविधि हो वा मेसिन हो, यसलाई जस्तो सिकाइन्छ, त्यस्तै नतिजा प्राप्त हुन्छ । यो फेरि नयाँ प्रविधि भएकाले धेरैका लागि प्रयोग गर्न समस्या हुन सक्छ । प्रत्येक क्षेत्रमा प्रविधिसँग परिचित जनशक्ति कम छ । त्यसैले शिक्षा एआईलाई प्रयोग गर्न चुनौती देखिन्छ । त्यसकारण शिक्षामा एआईलाई प्रभावकारिता बढाउन शिक्षक शिक्षिकाका लागि एआई तालिम दिनु आवश्यक छ । एआईसँग उचित प्रयोग गर्न डिजिटल साक्षरताले प्रमुख भूमिका खेल्ने देखिन्छ ।

अहिले नेपालका धेरै विद्यालयहरुमा दक्षजनशक्तिको अभाव छ । यो कुरालाई एआईले केही हदसम्म समाधान गर्न मद्दत गर्छ । अहिले नेपालमा एआईबारे कानुन नहुँदा यसको विकासमा भने समस्या देखिन्छ । एआईमा के गर्ने, के नगर्ने, कसलाई गर्न दिने, कसलाई नदिने भन्ने बारेमा कानुन बनाउनु पर्नेमा विज्ञहरुले जोड दिन्छन् ।

यदि नीतिगत व्यवस्था हुने हो भने शिक्षा क्षेत्रमा एआईको प्रयोगले एउटा अवसर पनि सिर्जना हुने थियो । जहिलेदेखि मानव सभ्यताको सुरुवात भयो त्यही बेलादेखि सिक्ने सिकाउने प्रक्रियाको पनि सुरुवात भएको हो । पहिलेदेखि अहिलेसम्म आइपुग्दा शिक्षाका स्वरुपमा क्रान्तिकारी परिवर्तन भएको छ । प्राचिन गुरुकुल शिक्षा प्रणालीदेखि आधुनिक डिजिटल शिक्षण सम्मको यात्रामा आज हामी यस्तो चरणमा छौ, जहाँ शिक्षण सिकाइले एआईको साथ पाउन थालेको छ ।

कृत्रिम बुद्धिमत्ताले शिक्षालाई समावेशी, लचिलो र पहुँच योग्य बनाउँदै लैजान्छ । एआई प्रयोग इन्टरनेटको माध्यमबाट देशको जुनसुकै कुनामा सहज रुपमा उपलब्ध गराउन सकिने भएकाले दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षामा पहुँच दिलाई डिजिटल डिभाइडलाई कम गर्न सकिन्छ । दुरदराका विद्यार्थीले पनि सहरी सुविधा प्राप्त विद्यार्थी सरह सिक्ने अवसर प्राप्त गर्ने अवस्था सिर्जना भएको छ ।

नेपालमा एआईको प्रयोग शिक्षाको क्षेत्रमा क्रमश अघि बढिरहेको भए पनि अझै प्रारम्भिक चरणमै सीमित छ । केही अग्रणी निजी विद्यालयहरुले, मूल्याङ्कन, सामग्री निर्माण तथा अनलाइन शिक्षणमा एआईमा आधारित दलहरुको प्रयोग गर्न थालेका छन् तर सरकारी विद्यालय र विश्वविद्यालयहरुले नीतिगत रुपमा यसको न्यून प्रयोग गरेको देखिन्छ ।

पछिल्लो दशकमा प्रविधि जगतमा सबैभन्दा चर्चामा आएको लगानी गरिएको र आश्चर्यकारी नतिजा पनि दिएको प्रविधि भनेको एआई नै हो । एआईले हाम्रो व्यक्तिगत र व्यवसायिक जीवनका धेरै क्षेत्रहरुमा सहयोग गर्न मद्दत गर्दछ । एआई प्रणालीहरुले हामीलाई वित्तीय, किनमेल वा यात्रा योजनामा सूचित निर्णयहरु लिन मद्दत गर्न ठुलो मात्रामा डेटा विश्लेषण गर्दछ । च्याटजिपिटी जस्ता उपकरणहरुले रचनात्मक कार्य गर्न लेखन, विचारहरु मथन गर्न र सामग्री उत्पन्न गर्न मद्दत गर्छ ।

व्यवसाय र काम जस्तै ग्राहक सेवा, डेटा विश्लेषण र परियोजना व्यवस्थापनमा मद्दत गर्दछ । एआई सञ्चालित एपहरुले खतराहरुको लागि अनलाइन गतिविधि निगरानी गर्छन् । अब संगीत, गीत पनि एआईले गर्ने भएको छ । यसले मानव जीवनमा सकारात्मक र नकारात्मक दुवै असर पार्ने भएको छ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स अवसर कि सम्भावना भन्ने विषय बहसको विषय बनेको छ ।

एआईको माध्यमबाट पाइलट बिनै जहाज उड्ने, ड्राइभर बिना कार चल्ने प्रविधि बनिसकेको छ । आर्टिफिशल इन्टेलिजन्स अर्थात् एआई नियमनबारे हालसम्म कुनै पनि प्रकारका कानुन नबनाएको नेपालले एउटा नीतिको खाका कोरिरहेको सरकारी अधिकारीहरुले बताएका छन् । त्यसले अन्तिम रुप पाउन बाँकी रहेको र सरोकारवालाहरुसँग छलफल जारी रहेको उनीहरुको भनाई छ । सरकारले गत असारमा नेपालमा एआईको प्रयोग तथा अभ्याससम्बन्धी एउटा अवधारणापत्र सार्वजनिक गरेको थियो ।

सोही अवधारणापत्रलाई आधार मान्दै एआईसम्बन्धी नीतिको मस्यौदा तयार पारिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँ प्रविधि भएकाले आफूहरु एआईका सम्बन्धमा नीतिगत तथा कानुनी आधार तयार पार्ने क्रममा रहेको जानकारहरु बताउँछन् । कतिपय विज्ञ र एआईसम्बन्धी जानकार नेपालमा उक्त प्रविधिलाई नियमन गर्ने नीति तथा कानुन बनाउन धेरै ढिला भइसकेको भन्दै सरकारको आलोचना गर्छन् ।

नेपालमा एआईका चुनौतीका रुपमा धेरै कुराहरु देखिएका छन् । क्षमता, अनुभव र विज्ञताको कमी देखिन्छ । डेटा पहुँचमा अवरोध देखिन्छ । विभिन्न क्षेत्रमा एआई साक्षरतामा कमी देखिन्छ । उच्च लागत र स्रोतको आवश्यकता पर्ने हुँदा नेपाल जस्तो मुलुकमा खर्च धान्न मुस्किल पर्न सक्छ । नेपालमा डेटा सुराा र गोपनीयता सम्बन्धी कानुनको अभाव देखिन्छ ।

एआईबारे सहकार्य र समन्वयको अभाव देखिन्छ । विदेशी प्रविधि उपयोग गर्नु पर्दा डेटा सुरक्षामा चुनौती देखिन्छ । पारदर्शीता जवाफदेहिता र उत्तरदायित्वको अभाव देखिन्छ । एआईको अनुसन्धान र विकासमा चासोको कमी र नियमनको अभाव देखिन्छ । एआईले निम्त्याउन सक्ने जोखिम पनि छन् । एआईले सार्वजनिक चासो र मौलिक अधिकारमा जोखिम उत्पन्न गर्न र हानी पु¥याउन सक्छ, जुन नेपालको कानुनद्वारा संरक्षित छन् । यस्तो हानी भौतिक वा अभौतिक हुनसक्छन्, जसमा शारीरिक, मानसिक, सामाजिक वा आर्थिक समेत पर्छन् ।

पत्रकारिता क्षेत्र वा आम सञ्चारमा एआईको प्रयोग, प्रभाव, सम्भावित जोखिम र नियमनको आवश्यकताबारे बहस तीब्र भएको छ । एआईलाई जथाभावी प्रयोग गर्दा मिडियाको विश्वसनी यता मै प्रश्न उठ्ने भएकाले पत्रकारिताको आचार संहिता तयार पार्ने प्रेस काउन्सिल लगायत संस्थाले यो विषयलाई सम्बोधन गर्नु पर्ने बताउँछ ।

अहिले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा एआईलाई समेट्न थालिएका छ । विशेषगरी कम्प्युटर विज्ञान र इन्जिनियरिङका पाठ्यक्रममा एआई समेट्ने क्रम सुरु भएको छ । हालै धेरै विश्वविद्यालयले यसलाई इलेक्टिम कोर्षका रुपमा ल्याएका छन् । यसअघि स्नातक तहमा एआई विषय समावेश गरे पनि स्पेसलाइज्ड रुपमा डिप लर्निङ, मेसिन लर्निङका कोर्षहरुमा समावेश गरिएको थिएन । त्रिभुवन विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतले यस सम्बन्धी कोर्ष सञ्चालन गरिरहेका छन् ।

सरकारी कार्यालयहरुमा एआईलाई एकीकृत गर्दा दक्षता पारदर्शीता र सेवा वितरणका सुधार गर्न सकिन्छ । एआई सक्षम इशासन समाधानहरुले रेकर्ड राख्ने जस्ता सामान्य प्रशासनिक कामहरु स्वचालित गर्नसक्छ, जसले प्रशासनिक अक्षमता कम गर्छ । भ्रष्टाचार नियन्त्रण र प्रकोप व्यवस्थापनमा यसको भूमिका यस प्रविधिको उपयोगितालाई थप उजागर गर्छ । एआईलाई प्रभावकारी बनाउन बहुआयामिक दृष्टिकोण आवश्यक छ । नेपालले डेटा, गोपनीयता, नैतिकता, पूर्वाधार र कोष जस्ता पक्षलाई सम्बोधन गर्ने व्यापक एआई नीति मस्यौदा गर्नुपर्छ ।

एआईले नेपालको सामाजिक, आर्थिक, परिदृश्यलाई रुपान्तरण गर्ने ठुलो सम्भावना राख्छ । नेपालले आफूलाई दक्षिण एसियामा एआईहरुको रुपमा स्थापित गर्नसक्छ । नेपालमा एआर्ईको भविष्य उज्यालो छ । यो प्रविधिले शिक्षा स्वास्थ्य, कृषि, उद्योग र व्यापार जस्ता क्षेत्रमा अझ प्रभावकारी बनाउँदै छ ।