नेपालको पहिलो अङ्ग्रेजी स्कुल

युवराज शर्मा

नेपालका राजा सुरेन्द्रविक्रम शाह र प्रधानमन्त्री जंगबहादुर राणाका पालामा चलेको शासन व्यवस्थाले पहिलो अङ्ग्रेजी पढ्ने स्कुललाई खोलेका थिए । यो स्कुल १९१५ मा खुलेको थियो । जब प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा गएका थिए ।
त्यहाँबाट पाएको अनुभव र प्रेरणाले गर्दा उनलाई अङ्ग्रेजी भाषाको स्कुल खोल्ने प्रेरणा पाएका थिए । उनले आफ्नो भ्रमण समयमा संस्कृतका विद्धान यदुनाथ खनाललाई साथमा लिएर गएका थिए । जसले उनलाई भ्रमणमा बौद्धिक ज्ञान गराउनु पर्दथ्यो । एक दिन जंगबहादुर राणा राजकीय सम्मानका साथ नेपालको प्रधानमन्त्रीका हैसियतलदे राजकीय भेटका लागि बेलायति महारानी एलिजा वेथसँग भेट गर्न जाँदै थिए ।

राजदरबारको मुल गेटमा भएको भुई र पर्खालमा नीलो रंग देखियो । प्रधानमन्त्री जंगबहादुर राणाले पण्डित यदुनाथ खनालसँग सोधे– भुईको निलो रंगको शिक्षा होकि पानी । उनी बडो दुरदर्शी थिए तर पण्डितले अनुमान गरेर अडकल काट्न सकेनन् । उनले भने– भन्न सकिएन हजुर के हो । नेपाल एउटा वीर, साहसी र आटिलो देश हो । त्यहाँका प्रधानमन्त्री जंगबहादुर राणाको अग्नि परीक्षा हुँदै थियो । उनलाई फसाद प¥यो कि मैले सुरुवात तानेर जाउ भने नेपाल र नेपालीहरुको इज्जत, मान मर्यादा र साहस गुम्ने छ ।

संस्कृत पढेका व्यक्तिहरु लोसा, मन्द बुद्धिका र साहस नभएका गोजीबाट सुपारीको टुक्रा मुखमा राख्ने निहु पारेर भुइमा खसाले पछि थाहा भयो कि शिक्षा रहेछ । यसरी वस्तुको ज्ञान गरेका थिए । उनले नेपाल र नेपालीहरुको इज्जत, मान सान र साहस देखाउनु सफल भएका थिए । प्रधानमन्त्री जंगबहादुर राणालाई बेलायत सरकारले गरेको सम्मान अमिट छ ।

प्रधानमन्त्री जंगबहादुर राणा बेलायति रानी एलिजा वेथको राजकीय निमन्त्रणालाई स्वीकार गरेर बेलायतको भ्रमणमा गएका थिए । उनले बेलायतबाट फर्केका अनुभवहरु दरबारमा सुनाएका थिए । उनको दरबार थापाथलिमा थियो । आफ्ना छोराहरुलाई अङ्ग्रेजी भाषा पढाउने गरी दुईजना केनिङ र रोज नामका अङ्ग्रेजहरुलाई साथमा लिएर आएका थिए ।

थापाथली दरबारको छिडिमा रहेको कोठामा स्कुल खोले र आफूले साथमा ल्याएका रोजलाई हेडमाण्टर बनाएका थिए । दरबारमा खोलेको स्कुल भएको बुदा त्यसलाई दरबार स्कुल भन्थे । त्यहाँ आफ्ना छोराहरु र भाईका छोराहरुले मात्र पढ्थे । अरुहरुलाई भर्ना गरिदैनथ्यो । पछि उक्त स्कुललाई १९४२ मा रानी पोखरीको पश्चिम मोहडामा सारियो ।

सर्वसाधरणले पनि पढ्न पाउने भएको थियो । अङ्ग्रेजी शिक्षाको जग बसाउने प्रधानमन्त्री जंगबहादुर राणा थिए भन्नुपर्छ । यो स्कुल नेपालमा खुलेको पहिलो अङ्ग्रेजी भाषा पढ्ने स्कुल हो । राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ देखि २०३२ सम्म लागुका क्रममा यस स्कुलको नाम भानुभक्त माध्यामिक विद्यालय भयो । यो स्कुल रानी पोखरीको पश्चिम मोहडामा छ । जसलाई अझै पनि दरबार हाइस्कुल भन्छन् ।

त्यो स्कुललाई २०७२ वैशाख १२ गते आएको विनासकारी भुकम्पले गतिग्रस्त बनायो । यसलाई ऐतिहासिक धरोहरका रुपमा मित्रराष्ट्र चीन सरकारबाट पुनःनिर्माण भएको छ । अहिले आफ्नै रुपमा अवस्थित छ तर यस स्कुलमा पढ्नेहरु गरिब र विपन्न परिवारका छोराछोरीले पढ्छन् । पढाउने शिक्षकहरु हुनेखाने वर्गका छन् । धरानीया परिवारको शिक्षण कार्यका शिक्षकहरुले पढाउने समयलाई ख्याल गर्दैनन् ।

उनीहरुलाई आफ्नो पढाइको विश्वास आफैलाई छैन । सार्वजनिक स्कुल भएकोले अवस्था र व्यवस्थापन कार्यमा परिवर्तन छैन । राजनीतिले चक्रव्यूहमा सार्वजनिक शिक्षण संस्थाहरु भएपछि यो स्कुल पनि अछुतो छैन ।

सार्वजनिक स्कुल चलाउने काम हेडमास्टरको हो । शिक्षकहरुको विषय शिक्षण कार्य हो । स्तरयि र व्यवस्थितको पाइ नभएमा विद्यार्थी घट्नु स्वभाविक छ । अहिले विद्यार्थीको छनौटमा स्कुलहरुको स्तरीय पठनपाठन मानिन्छ । त्यस्ता स्कुलमा पढ्न विद्यार्थीले रुचाउँछन् । विद्यार्थीको रुची जगाउन नसक्ने शिक्षकहरु राजनीतिका खेलाडी बनेका छन् । उनीहरु राजनीतिक दलीय भावनाले प्रेरित छन् । उनीहरुको दलका नेताको इशारामा चल्नु पर्छ । अन्यथा सरुवा विकट स्थानमा हुन् छ । यस्ता समस्याले ग्रसित शिक्षकहरुको अवस्था छ ।

त्यसैले शिक्षकहरुमा आशा, भरोसा र आस्था हराएको छ । त्यो रोगले ग्रसित छन् । अहिले पनि भानुभक्त माध्यमिक विद्यालयमा (दरबार हाइस्कुल) । त्यहाँ पढ्ने विद्यार्थीको अवस्थालाई हेर्दा विद्यालयको पठनपाठनलाई स्तरीय बनाउने प्रयास भएको छैन । भवन स्तरीय छ । जसलाई चीन सरकारको सहयोगमा बनेको भए पनि स्कुलमा पढाइको स्तर कमजोर भएपछि विद्यार्थीको झुकाव घट्छ । त्यस्ता स्कुलमा विद्यार्थी भर्ना घट्छ तर शिक्षाकहरु बढ्छन् ।

राजनीतिक दलका नेता र कार्यकर्ताहरुका छोरा बुहारी, भान्जाभान्जी, सालासालीहरुलाई शिक्षक बनाउँछन् । त्यस्ता शिक्षकहरुले पठनपाठन भन्दा राजनीतिक दलगत प्रभाव विद्यार्थीलाई प्रभाव पारेका छन् । त्यसैले होला सामुदायिक स्कुलहरुमा विद्यार्थीको पढाइ कमजोर छ । पढाइ कमजोर हुनुमा दरबार हाइस्कुलमा पनि परेको छ । जुन स्कुललाई हाल भानु माध्यमिक विद्यालय रानी पोखरी भन्छन् ।

नेपालका सामुदायिक स्कुलहरुमा अङ्ग्रेजी पठनपाठन हुन्छ तर अङ्ग्रेजी भाषा पढाउने शिक्षकले भाषाका सिपहरुको प्रायः ज्ञान छैन र अङ्ग्रेजी अक्षरहरु २६ प्रकारका मध्ये व्यञ्जन २१ र स्वर ५ प्रकारका मात्र ज्ञान गर्छन् तर कतिपय शिक्षकलाई ध्वनीको ज्ञान छैन । जसलाई अङ्ग्रेजीमा साउण्ड भन्छन् । जस्तै अक्षर प्लस साउण्ड (ध्वनी)– शुद्ध उच्चारण मानिन्छ । त्यस्ता साउण्ड ४४ प्रकारका छन् ।

यसबाट स्पष्ट हुन्छकि अङ्ग्रेजी भाषा जान्नका लागि अक्षर र साउण्डको ज्ञान गराएर सिपहरुको विकास गराउनु पर्छ । जसमा मनोथंग २४ स्वर १२ जसमा (लंग भवेल ४ स्माल मोबेल ८) डिपथंग ८ प्रकारका हुन्छन् । सिपहरु ४ प्रकारका छन् । जसमा सुनाइ, बोलाइ, पढाइ, लेखाइ पर्छन् । पहिले–पहिले दरबार हाइस्कुलमा सारियो, दरबार हाइस्कुललाई त्यसपछि अक्षरको प्रयोग गरेर मात्र पढाउँछन् । अङ्ग्रेजी भाषामा एमएङ गरेका शिक्षक सामुदायिक स्कुलमा छन् भने पनि उनको पढाइमा प्रायः सुधार पाइन्न । यसबाट स्पष्ट हुन्छकि शिक्षकले उच्च शिक्षाको यो ग्यता हासिल गरेको भए पनि शिक्षण कला र गलाको अभावमा उनको शिक्षण प्रभावकारी विद्यार्थीलाई भएको पाइन्न ।

अङ्ग्रेजी शिक्षा विद्यार्थीका लागि अनिवार्य छ । यो भाषा अन्तरर्राष्ट्रिय भाषाका रुपमा भएकोले यो भाषाका विद्यार्थी चलाख हुन्छन् । उनीहरुमा निर्णायक योग्यता हुन्छ । साहसी र कर्मठ बन्छन् । उनीहरुलाई आधुनिकताको ज्ञाान गर्न सक्षम हुन्छन् । अङ्ग्रेजी भाषा साहित्यिक, सैद्धान्तिक, सम्वाहक भाषामध्ये अहिले ज्यादा चलनमा र पढाइमा राम्रो देखिएको सम्वाहक भाषा अङ्ग्रेजी मानिन्छ ।
भाषाको ज्ञान गराउने शिक्षक रोज र केनिङ थिए । जसलाई प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केका बेलामा लिएर आएका थिए । उनैले अङ्ग्रेजी स्कुलको स्थापना गरेका थिए । जो नेपालको पहिलो अङ्ग्रेजी स्कुल दरबार स्कुल थियो ।