बेसाहाराहरुको सेवामा जन्मदिन
घोराही, २२ मंसिर । जन्मदिन अर्थात जन्मोत्सव मनाउने तरिकाले सबैका फरक नै हुन्छन् । कोही आफन्त सँग, कोही साथीसँगै खानपान गर्ने, कोही मन्दिरमा जाने , तर तुुलसीपुर उपमहानगरपालिका वडा नं। १८ दुुधरास निवासी निशान्त बस्नेतले आफ्नै १३ औं जन्मोत्सव मानव सेवा आश्रममा आश्रित बेसाहाराहरु सेवा गरी मनाउनुुभएको छ । साहारा बिहिन बेसाहाराहरुको सेवा गरी जन्मदिन मनाउने परिकल्पना सहितको आफ्नौ जन्मोत्सवमा आश्रममा पुुगेर मनाउनुुभएको हो ।
उमेरले भर्खर १२ बसन्त पार गरेको बस्नेतले सामाजिक सेवाभाव सहितको पुुण्यकर्म गरी बेसाहाराहरुको सेवा गर्ने उद्देश्य सहित जन्मोत्सव मानव सेवा आश्रममा आश्रितहरुसँग खुुसी साटासाट गरी मनाउने तय गरेको सुनाए । पछिल्लो पुुस्ताहरुमा ९बालबालिकाहरु० सामाजिक सेवाभावको विकास हराउदै गईरहेकाले आफूू जस्तै स–साना बालबालिकाहरुले हरेक खुसी सेवाभाव सहितको हुनुुपर्ने सामाजिक प्रेरणा जगाउन आश्रममा आश्रितहरुलाई खाना खुुवाई दिप प्रज्वलन गरी खुुसी साटा गरेको बताउनुुभयो । उहाँले भन्नुुभयो– ‘ कोही नभएका बेसाहाराहरुको खुुसी भिन्दै देखिदो रहेछ । जहाँ धेरै प्रेम र स्नेहका कुरा व्यवहार देखिदो रहेछ । आश्रम धेरै कुरा बुुझ्ने र सिकाउने थलो रहेछ । ’
सेवा नै धर्म रहेकाले जन्मोत्सवमा हुने सबै फजुल खर्च कटाएर आश्रममा आश्रितहरु सवा गरिएको बस्नेत बाजे धनबहादुर बस्नेतले बताउनुुभयो । सामाजिक देखासिकी, विभिन्न क्रियाकलापले सामाजिक सद्भाव र सेवा मानविय व्यवहारबाट टाढिदै गईरहेकाले हरेक अभिभावकहरुले हरेक बालबालिकाहरुलाई मानविय सेवा कर्ममा जोड्दै लैजानुु पर्ने उहाँको भनाई छ । उहाँले भन्नुुभयो– ‘ हामीले सेवाकर्मबाट बालबालिकहरुले धेरै कुरा सिकाउछन सक्छौं ।
जहाँ मानव सेवा आश्रमले सिकाएको छ । ’ बस्नेतले बेसाहाराहरुको सेवाका लागि एक परिवारले एकदिन मात्रै खुसी साटे ,पीडामा बाँचेहरुका बेसाहाराहरु एक्लो पीडाको अनुुभूतबाट मुक्त , आफूलाई खुुसी दिलाउन सक्ने बताउनुुभयो । जसका लागि सबैले बेसाहाराहरुको सेवा गर्नुुु नै महान धर्म रहेको समेत उहाँको भनाई छ ।
स्व। बहादुर बस्नेत र निमा बस्नेतको पनाती, धनबहादुर बस्नेत र माया बस्नेत नाती , बाबुुराम बस्नेत दीपा बस्नेत छोरा , भक्त बस्नेत र अन्जना खड्का बस्नेतले परिवारको तर्फबाट सन्तानको जन्मोत्सवमा भोजन सहित केही लत्ताकपडा समेत सौजन्य गर्नुुभएको थियो । बस्नेत परिवारले आश्रममा आश्रित बेसाहाराहरुको सेवाका लागि नियमित हुने पारिवारिक पुुण्य र धार्मिक कर्ममा आश्रमको सेवामा जोडिदै जाने समेत बताउनुुभयो ।
