calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

अल्फाका किरण र रोजितलाई स्वर्ण

गोरक्ष समाचारदाता
दाङ, २२ मङ्सिर । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङका खेलाडी किरण घले गुरुङ र रोजित खड्काले स्वर्ण पदक जितेका छन् ।

नेपाल तेक्वान्दो संघ र कोरियाली राजदुतावासको संयुक्त आयोजनामा भएको १३ औँ कोरियन एम्बस्डर अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको ‘मिसन–२०२६’ अन्तर्गत भएको प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङका खेलाडी गुरुङ र खड्काले स्वर्ण पदक जितेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघ एकेडेमी हलमा सम्पन्न प्रतियोगितामा महिला ४४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारिन् भने पुरुष ४१ केजी तौल समूहमा अल्फाका रोजित खड्काले पनि स्वर्ण पदक हासिल गरे । प्रतियोगितामा अल्फाका अन्य खेलाडीले पनि सफलताको उपस्थिति जनाएका छन् । महिला ४४ केजी तौल समूहको सेमिफाइनलबाट बाहिरिएकी जिबाकुमारी घर्तीले कांस्य पदक हात पारिन् ।

यसैगरी महिला ५५ केजी तौल समूहमा अन्जना विष्टले तेस्रो स्थान प्राप्त गरिन् । पुम्से विधामा दामोदर शर्माले तेस्रो स्थान हासिल गरेका थिए । छ दिनसम्म चलेको १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताबारे जानकारी गराउँदै अल्फाका टिम कोच कमल खड्काले खेलाडीका प्रदर्शनप्रति प्रशंसा गरेका थिए । प्रतियोगिता मङ्सिरको १५ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।a