calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

अत्याधुनिक आँखा उपचार तथा सर्जिकल सेन्टर

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ मंसिर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जले अत्याधुनिक आँखा उपचार तथा सर्जिकल सेन्टर संचालनमा ल्याएको छ ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको एक भव्य समारोहकाबीच संविधान सभा सदस्य अभिषेकप्रताप शाहले सेन्टरको उद्घाटन गर्दै सेवा औपचारिक रूपमा सुरु भएको घोषणा गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान सभा सदस्य अभिषेक प्रताप शाहले सहज, सुलभ र गुणस्तरीय आँखासम्बन्धी सेवा स्थानीयस्तरमै उपलब्ध हुनु समुदायका लागि ठूलो उपलब्धि भएको बताएका थिए । उनले आँखा उपचारमा आउने कठिनाइ अब समाप्त हुने र यसले स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीले सर्जिकल सेवा विस्तारसँगै स्थानिय तथा छिमेकी राष्ट्रका नागरिकले सेवा पाउने भन्दै अन्धोपन न्यूनिकरणकोअभियान अझ प्रभावकारी रूपमा अघि बढ्ने बताए । गिरीले ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गरिनु आँखासम्बन्धी रोग निवारणका लागि महत्वपूर्ण कदम भएको बताए । अन्य वक्ताहरूले पनि स्थानीय तहमा विशेषज्ञ आँखा सेवा विस्तार हुनु समुदायको स्वास्थ्य सुरक्षाका लागि ऐतिहासिक उपलब्धि भएको धारणा राखेका थिए ।

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले स्थानीय सरकारले पनि अन्धोपन न्यूनीकरणमा सहयोग गर्दै आएको भन्दै यसमा कृष्णनगरनगरपलािका तथा अन्यले पनि सक्दो सहयोग गर्नुपर्ने बताईन । कार्यक्रममा प्रमुख प्रशासक डाड्ड सम्शेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले हालसम्म पु¥याएको सेवा भावी योजनाका वारेमा जानकारी गराएका थिए । सेवाग्राहीको बढ्दो चाप, उपचारको सहज पहुँच र स्थानीय तहमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कृष्णनगरस्थित रिफरल सेन्टरलाई स्तरोन्नति गर्दै सर्जिकल सेन्टरमा रुपान्तरण गरिएको अस्पतालका वरिष्ठ प्रशासक जसराज विश्वकर्माले जानकारी दिएका छन ।

यससँगै शनिबारदेखि मंसिर २७ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने बताउँदै उनले शिविरमा निःशुल्क आँखा परीक्षण, चस्मा वितरण, औषधि उपलब्धता तथा आवश्यकताअनुसार शल्यक्रिया समेतको पूर्ण व्यवस्था गरिएको उल्लेख गरेका थिए ।उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।