ज्ञानमाला एकेडेमीको १८ औं बार्षिकोत्सव

दाङ,१९ मंसिर । घोराही उपमहानगरपालिका–१६ मा रहेको ज्ञानमाला एकेडेमीले आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ । एकेडेमीले विहीवार एक समारोहको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष चितबहादुर चौधरीको अध्यक्षता तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) का लुम्बिनी प्रदेश सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य केशव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए । अहिले विद्यार्थीलाई स्तरीय शिक्षासँगै व्यवहारिक ज्ञानको आवश्यकता रहेको भन्दै सहभागी बक्ताहरुले विद्यालयले विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्नेमा जोड दिएका थिए । अतिरिक्र क्रियाकलापसले विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ जिल्ला प्याव्सनका अध्यक्ष निर्मल न्यौपाने, घोराही नगर प्याव्सनका अध्यक्ष बालकृष्ण ओली,जिल्ला बाल संगठनका अध्यक्ष बिनोद केसी, विद्यालयका शिक्षक संगीत अधिकारी, जुनियर रेडक्रस सर्कलका अध्यक्ष स्मारिका चौधरी, विद्यालयका क्याप्टेन प्रमित रिजाललगायतले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर विद्यार्थीसँगै अभिभावकको मन जित्न सफल भएको बताए थिए ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयले आयोजना गरेको खेल सप्ताहका बिजेता, उत्कृष्ठ विद्यार्थी, अभिभावकसँगै शैक्षिक, सामाजिक तथा सकारात्मक विचार बिमर्श प्रदानमा योगदान पु¥याएको भन्दै विभिन्न सञ्चार माध्यमलाई समेत सम्मान गरिएको थियो । बार्षिकोत्सव समारोहमा विद्यालयका प्रिन्सीपल महेश बस्नेतले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयकी शिक्षिका बिमला केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थी अदिति केसी र सुदिक्षा वलीले गरेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य,गीतलगायतका प्रस्तुत गरेका थिए ।