माटोका भाँडा बनाएर आम्दानी

लीलाधर वली
दाङ, १९ मङ्सिर । गढवा गाउँपालिका–६, कुमाल गाउँमा प्रायः पुरुषले मात्र माटोका भाँडा बनाउँदै आएका छन् । भाँडा बिक्रीका लागि महिलाले सहयोग गर्ने गरे पनि कुमाल समुदायको परम्परागत पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काममा महिला संलग्न थिएनन् ।

विगत तीन वर्षदेखि कुमाल गाउँ निवासी ५१ वर्षीया कालीकादेवी कुमालले बिक्रीमा सघाउने मात्र होइन, माटोका भाँडा बनाएर राम्रो आम्दानीसमेत गर्दै आएकी छिन् । गढवा गाउँपालिकाको आयोजनामा तीन वर्षअघि गाउँमा भएको तालिमबाट सिप सिकेकी कुमालले अहिले सिपलाई व्यवहारमा उतार्दै मासिक राम्रो आम्दानी गर्दै आएकी छिन् ।

गाउँपालिकालाई सेरामिक्स हब बनाउने उद्देश्यले सञ्चालन गरिको तालिममा २० जना बढी महिला सहभागी भए पनि सिकेको सिप व्यवहारमा उतार्दै माटोका भाँडा बनाएर आम्दानी गर्ने आपूm एक्लो भएको उनी बताउँछिन् ।

गाउँमै माटोका भाँडा बनाउने एक्ली महिलाका रूपमा रहेकी कालीकादेवी भन्छिन्, ‘माटोका भाँडा बनाउन थालेपछि आम्दानी मात्र होइन, गाउँमा पहिचान पनि बदलिएको छ । अहिले माटोका भाँडा बनाउने कालीकादेवी भनेर गाउँमा चिनिन्छु ।’

कालिकादेवीले मेसिनको सहायताले पाला, गमला, मट्का, घैटा, भुर्की, ठेकीलगायत अर्डर अनुसारका विभिन्न प्रकार र साइजका भाँडा बनाउने गरेकी छिन् । सिजन अनुसार घरमा बत्ती बाल्न प्रयोगमा आउने पाला, गमला, गर्मी समयमा पानी राख्न प्रयोग हुने घैटा, बिरयानी पकाउने मट्का, चियाका लागि कप तथा भुर्की, ठेकीलगायतका माटाका भाँडा बनाएर बिक्री गर्दै उनले मासिक ३० देखि ४० हजार रुपैयाँ र वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउँछिन् ।

कालिकादेवीका श्रीमान् कालु कुमालको पुख्र्यौली पेसा नै माटोको भाँडा बनाउने भएको बताए । माटोका भाँडा बनाउने सिप सिकेपछि अहिले श्रीमान श्रीमती मिलेर माटोका भाँडा बनाउने गरेको श्रीमान् कालुले बताए । माटोका भाँडा अन्य सामग्री बिक्री भए जसरी दैनिक रूपमा राम्रो आम्दानी हुने अवस्था नरहे पनि सिजन अनुसार पाला, गमला, घैटा, मट्कालगायतका भाँडा बढी बिक्री हुने गरेको कालीकादेवी बताउँछिन् ।

घरखर्च जुटाउने मुख्य पेसा माटोका भाँडा बनाउने पेसा रहेको भन्दै उनले भने, ‘हाम्रो जग्गा जमिन छैन, बस्ने बास मात्र हो, बाँकी आपूmले बनाएका सामग्री बचेर घरखर्च जुटाउने हो ।’ दुई छोरासहित चार जनाको परिवारको मुख्य आम्दानीको स्रोत माटोको भाँडा बनाउने भएको उनको भनाइ छ । पहिलेको तुलनामा अहिले माटोको भाँडाको बजार घटे पनि बिक्री गर्न सहज भएको