युवराज शर्मा
शिक्षकको जीवन एउटा स्कुल हो । जहाँ विद्यार्थी पढ्छन् । उनीहरुलाई पढाउने शिक्षकमा विषयगत ज्ञान र सिप हुनुपर्छ । त्यस्ता शिक्षकहरुको अनुभवीय ज्ञान र सिपले विद्यार्थीको बुद्धि विकास हुन्छ । त्यसैले भन्छन्– शिक्षकहरुमा राम्रो शिक्षण कला र गला हुनुपर्छ ।
उनीहरुलाई शिक्षण अनुभवले तिखार्छ । जब शिक्षक शिक्षण कार्यमा अनुभवीय ज्ञान र सिपको किास गर्छन्, तब मात्र शिक्षण कला र गलाको अनुभवीय ज्ञान हासिल गर्छन् । त्यसकै आधारमा मूल्याङ्कन गरिन्छ । अनुभवीय शिक्षकले जीवनलाई एउटा स्कुल ठान्छन् । विद्यार्थीका लागि गरिने शिक्षण कार्य सरल र सहज हुनुपर्छ ।
अनुभवीय ज्ञान र सिप हासिल गर्न शिक्षकहरुले चरणहरु पूरा गर्नुपर्छ । शिक्षण अभ्यास वर्ष अभ्यासको प्रयोगात्मक ज्ञान गर्न पाँच वर्ष, अनुज्ञान र सिप हासिल गर्न पाँच वर्ष पूरा गरेपछि अर्थात् पन्ध्र वर्षपछिको शिक्षण कला र गलाको विकास पछि विषयगत आधारमा विकास भएर मात्र अनुभवीय शिक्षक बन्न सकिन्छ । अन्यथा तलबी शिक्षक बनिन्छ ।
बाबुआमाहरुले आफ्ना बालबालिकाहरु ज्ञानी र गुणी बनोस् भन्ने आशा गर्छन् । उनीहरुले पढेर राम्रो बनुन् भन्ने सोचाईमा हुन्छन् तर वर्तमान समयमा थरीका शिक्षकहरु स्कुलहरुमा कार्यरत छन् । आफूलाई स्थायी शिक्षकको घमण्ड गर्छन् । उनीहरुमा शिक्षण सिप पनि प्रायः पाइन्न । अनुशासन आफैलाई थाहा छैन भने अरुहरुलाई संस्कारिक गुण र अनुशासन देखाउन सक्दैनन् । तर, आफूलाई पुरस्कृत शिक्षक ठान्छन् । घमण्ड र अहंकारी गुणहरु देखाउँछन् ।
सिधा र सरल शिक्षकहरुलाई हेपेर बोल्छन् । जसको गला र कला छैन । त्यस्ता शिक्षकले आफूलाई असल शिक्षक हुँ, आफैले आफै भन्छन्– राजनीतिक दलीय भावनाले प्रेरित छन् भने त्यस्ता शिक्षकहरुले अनुभवीय ज्ञान ग्रहण गर्न सक्दैनन् । वर्तमान समयको विद्यार्थीलाई हेर्दा घरबाट बस चढेर स्कुल जाने आउने गर्छन् । त्यस्ता विद्यार्थीका बाबुआमा मख्ख पर्छन् ।
उनीहरुले भन्छन्– हाम्रा छोराछोरी भाग्यमानी छन् । कतिपयका लोग्नेहरु परदेशमा दुःख गरेर काम गरी ज्याला बचाई पैसा घरमा पठाउँछन् । त्यस पैसाबाट पारिवारिक खर्च टार्छन् । कतिपयले छोराछोरीलाई अलपत्र पारेर अर्को घरबार गरेको पाउँछौँ । यसले उनीहरुको जीवन पनि शिक्षा भएको छ ।
नेपालमा दुईथरीका स्कुलहरु छन् । सामुदायिक स्कुलहरु र संस्थागत बोर्डिङ स्कुलहरु छन् । अहिले बाबुआमाहरुको छनौटमा बोर्डिङ स्कुल पर्छ तर सामुदायिक र संस्थागत बोर्डिङ स्कुलमा पढेका विद्यार्थीको एसइई परीक्षामा प्रश्न पत्रहरु पनि एउटै हुन्छन् । जुन स्कुलमा पढाइ हुन्छ । त्यस स्कुलका विद्यार्थी धेरै संख्यामा पास भएको पाइन्छ ।
पढाइबाट बालबालिकामा चेतनाको विकास, ज्ञान र सिपको विकास, अनुशासनको पालना, शिष्टता धैर्यता, नम्रता, सरल स्वभाव, लगनशीलता, कर्मठता तत्परता जस्ता संस्कारिक गुणहरु देखाउनु पर्छ । तब पढेको गुण देखिन्छ । स्कुल पठाउँदा बाबुआमालाई आ–आफ्ना छोराछोरीलाई घरमा खाजा झोलामा राखी दिँदैनन् । चाउमिन, चाउचाउ, पाउरोटी, विस्कुट किनेर झोलामा राखिदिने चलन बढेको छ ।
यसले के देखाउँछ भने घरको खाजाभन्दा बजार र पसलको खाजा खुवाउने आमाहरुमा रहर बढेको छ । जसले गर्दा अजिनोको प्रभावमा आमाले नै पर्छिन् र बालबालिकालाई रोगी बनाउने चलन सहरबजारदेखि गाउँघरमा ज्यादै छ । यसले विद्यार्थी रोगी बनेका छन् । अल्छि र पढ्न नरुचाउने भएका छन् । पढाइ कमजोर भएको धेरै विद्यार्थीमा पाइन्छ । त्यसकारण जीवन शिक्षा बन्न सकेको छैन ।
शिक्षाले मानव जीवनमा परिवर्तन गर्छ । वास्तवमा शिक्षालाई ज्ञानको भण्डार भन्छन् । जहाँ मानवता लुकेको हुन्छ । शिक्षण प्रविधि, विधि र प्रयोगले मानवता जगाउँछ । स्कुलीय शिक्षाले दिने ज्ञान र सिपले मानिसको गला र बोल्ने कलाको विकास गर्छ । जसले मानव जीवनमा सार्थकता जगाउँछ । नकारात्मक भावना हराउँछ ।
बालबालिकामा धेरै बुद्धिको विकास गर्छ । त्यसैले भन्छन्– शिक्षाले जीवन विकास गराउँछ । जब मानिसमा ज्ञान र सिपको विकास हुन्छ । तबमात्र बुद्धिको विकास हुन्छ । जुन शिक्षकमा विषयगत ज्ञान हुँदैन, त्यसमा सिपको विकास सम्भव हुन्न । त्यस्तो शिक्षकमा अनुभवीय ज्ञान र सिपको विकास हुन्न भन्न सकिन्छ । वर्तमान समयमा अनुभवीय शिक्षकको आवश्यकता छ भने जीवन एउटा शिक्षा हो भन्ने ज्ञान शिक्षक वर्गमा हुनुपर्छ ।