भूकम्प प्रतिरोधात्मक घरको शिलान्यास

गोरक्ष समाचारदाता
राजपुर, १३ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत राजपुर गाउँपालिकामा एकल महिलाको नाममा निर्माण हुने भूकम्प प्रतिरोधात्मक घरको शिलान्यास गरिएको छ ।

मेट लाइफ फाउन्डेसन, लक्ष्मी संस्था, ग्रामीण महिला उत्थान केन्द्र तथा राजपुर गाउँपालिकाको साझेदारीमा सञ्चालन भइरहेको ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना–पैरबी परियोजना अन्तर्गत राजपुर गाउँपालिका वडा नं. २, पश्चिम गहिरा निवासी कैलासपति चौधरीको घरको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरी, वडा नं. २ का वडाध्यक्ष ओमप्रकाश यादव, संस्थाका सञ्चालक समिति सदस्य माधवा पोख्रेल, टोल अध्यक्ष हेमा चौधरी, टोलका अगुवा तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।