गोरक्ष समाचारदाता
राजपुर, १३ मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राजपुर गाउँपालिका क्षेत्रमा महिलाका लागि भूमि तथा आवाससम्बन्धी एक दिने साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र, दाङको आयोजनामा राजपुर गाउँपालिका वडा नं. ४, दुलैयास्थित भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायका महिलालाई भूमि तथा आवाससम्बन्धी अधिकार र प्रक्रियाबारे अभिमुखीकरण गरिएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा वडा नं. ४ का वडाध्यक्ष रामेश्वर अहिरको प्रमुख आतिथ्यतामा भएको हो । ग्रामीण महिला उत्थान केन्द्रद्वारा दाङमा सञ्चालन हुँदै आएको एसडब्ल्युएफएचए परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रमको स्वागत मन्तव्य ठकुरी यादवले गरेकी थिइन् ।
अभिमुखीकरणमा राजपुर गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका नेपबहादुर चौधरी र निर्मल चौधरीले सहजीकरण गरेका थिए ।