गढवा,१२ मंसिर । गढ़वा गाउँपालिका ५ सिमलतारा उद्यमी महिला समूहले बहिनी समूहलाई बाख्रा उपहार गरेर आर्थिक सशक्तिकरणका लागि जुक्ती सिकाएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र, हेफर प्रोजेक्ट नेपाल तथा गढ़वा गा।पा। को सहकार्यमा गढवा गाउँपालिकामा सञ्चालन भईरहेंको भिटा परियोजनाअन्तर्गत गढ़वा गाउँपालिका–५ मा गठन भएको सिमलतारा उद्यमी महिला समूहले भव्य उपहार कार्यक्रमको आयोजना गरी विहीवार पहिलो पुस्ताको बाख्रा बहिनी समूहका सदस्यहरुलाई उपहार स्वरूप हस्तान्तरण गरेको हो ।
सिमलतारा उद्यमी महिला समूहका अध्यक्ष पदमा पुनको अध्यक्षता तथा गढ़वा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष लेखबहादुर थापा र हेफर प्रोजेक्ट नेपालका निर्देशक दुर्गाबहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १९ वटा बाख्रा उपहार गरिएको हो ।
बेलमती पुनको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा प्रगति प्रतिवेदन दिलमाया पुनले गरेका थिए भने कार्यक्रमको सहजीकरण समूहका सचिव तुलसा जिएमले गरेकी थिइन ।