कोरोना संक्रमितको संख्या १ सय ३४

काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमवार मात्रै २४ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो समयमा कपिलबस्तुमा संक्रमितको संख्या बढ्दो देखिएको छ भने अहिलेसम्म सुरक्षीत देखिएको बर्दिया जिल्लामा पनि एक जनामा संक्रमण भेटिएको छ । रुपन्देहीमा पनि थप ६ जनामा संक्रमण देखिएको छ । कपिलबस्तुमा जम्मा २१ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि त्यहा आउजाउ रोक्न शील गरिएको छ ।