मुलुकले खोजेको ताजा जनादेश

सुभाष न्यौपाने

मुलुकले खोजेको छ जनादेश ताजा ।
राष्ट्रवादी सबै मिलि एक हुन्छ आज ।।
निर्वाचनको विकल्प छैन प्रजातन्त्रमा ।
दल । नेतालाई घोट्नु पर्छ निर्वाचनको ढुसीमा ।।
भ्रष्टाचार उन्मुलन लक्ष्य अहिले देशको ।
त्यसैबाट देशमा सुशासन कायम गर्नु हो ।।

मुलुकले ताजा जनादेश खोजेको छ, जसको लागि निर्वाचन अपरिहार्य छ । नेपाली कांग्रेसले निर्वाचनमा जो निर्णय गरिसक्यो । मुलुकको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले निर्वाचनमा जाने निर्णय भनेको जति नै जोखिम भए पनि प्रजातन्त्रको लागि निर्वाचन अपरिहार्य मान्नु पर्दछ ।

निर्वाचनमा जाने भन्ने नेपाली कांग्रेसले निर्णय पनि गरिसकेको छ तर नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेशन आम निर्वाचन अगाडिको पछाडिभन्ने विवाद कांग्रेसले अब कहिलेसम्म मिलाउला त ? पार्टी सभापति शेरबहादुर देउवा आफै कस्सिएका छन् अरे पार्टी भित्रको महाधिवेशन सम्बन्धी विवाद मिलाउन । दुई महामन्त्रीहरु लगायतको पार्टीका इतर पक्ष आम निर्वाचन अगाडि नै पार्टको पन्ध्रौँ महाधिवेशन हुनुपर्छ भन्ने कुरा पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले पटक–पटक उठाउँदै आएका छन् ।

मुलुकमा लोकतान्त्रिक मान्यता स्थापित गर्न क्रान्ति र क्रान्तिको नेतृत्व गर्नु पार्टी नै आफैमा आफ्ना गतिविधिमा अल्मलमा परेको जस्तो देखिन्छ, यस विषयमा नेपाली कांग्रेसको नेतृत्व पनि स्पष्ट हुनुप¥यो । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले पार्टीका वरिष्ठ नेता शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनको लागि दबाब बढाउन आग्रह गरी पक्षमा रहेको जवाफ शेखरले दिइरहेका छन् । महामन्त्रीहरु यदि समयमा नियमित महाधिवेशन हुँदैन भने पदबाट राजिनामा गर्ने चेतावनी समेत दिइरहेका छन् । यो अवस्था पनि नेपाली कांग्रेसको लागि असहज अवस्था हो ।

पार्टीमा समन्वयको नाममा पार्टी सभापति देउवाले महामन्त्री गगन थापासँगको भेट वार्तालाई अस्वीकार गर्नु अत्यन्त घातक हो भने नेकपा एमालेका युवा नेता महेश बस्नेत माथि फ्याकिएको रातो रंगले अत्यन्त घातक सूचित गर्दछ । जसले जेसुकै राजनैतिक दल हुन् । उनीहरु असफल सावित भइराखेका छन् । आजको समयको माग पनि नयाँ जनादेशको भएको हुँदा निर्वाचनको माग भएको हो ।

‘जुन होला जस्तो उही जेठाजु’ भन्ने उखान नेपाली कांग्रेसले चरितार्थ गर्दैछ । प्रजातन्त्रमा विश्वास गर्ने नेपाली जनता र नेपाललाई सहयोग गर्ने अन्तरर्राष्ट्रिय जगतले नेपालमा प्रजातन्त्रको पर्यायबाची भनेर चिनिने नेपाली कांग्रेस जसलाई विपीको प्रजातान्त्रिक समाजवादले आएको छ, डो¥याएको छ । त्यसका आँखला मुखलाहरु खलबलिँदै गइरहेका छन् । जसको कारण उ निस्तेज बन्दै गइरहेको छ । बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर नै ब्रहमास्त्र बनिसकेको छ ।

ब्रहमास्त्र निस्तेज गर्न खोजे नेपाली कांग्रेसले इतिहासमै ठुदो झड्का व्यहोर्नु पर्ने खतरा आउन सक्छ । त्यो ब्रहमास्त्रमा पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको मात्र नभएर जनताको वाणी छ, जनताको आवाजको विरुद्धमा जान कसैले कोशिस ग¥यो भने त्यहाँ दुर्भाग्य हुनसक्छ । राजनैतिक दलका नेताहरु र उच्च पदस्थ कर्मचारीहरुको कारण लोकतन्त्र संकटग्रस्त भइसहेको छ । नेपालको निर्वाचन महंगो पनि बन्दै गइरहेको छ । आन्दोलनको क्रममा भएको हत्याको अपराधिन दायित्व न त हिजोको सरकारले लिन सक्यो, न त आजको सरकारले करार गर्न सक्यो, जुन सरकार जेन–जी आन्दोलन कै आधारमा स्थापित भएको हो । जेन–जी विद्रोह समयले ल्याएको हो, आन्दोलनले ल्याएको हो र आवश्यकताले ल्याएको हो । त्यसैले जेन–जी विद्रोहका नाममा ठगेर ढाटेर खान नखोज । त्यसको अवमूल्यन पनि गर्न नखोज । त्यसको धेरै मूल्य पनि चुकाउनु पर्ने हुनसक्छ ।

निर्वाचन आयोगले थप चार दिन दल दर्ताको लागि समय थप गरेको छ यसको उद्देश्य पनि कुनै पनि राजनैतिक दल निर्वाचनमा दलीय प्रतिनिधित्व गर्नबाट बन्चित हुनु नपरोस् भन्ने पनि हुनसक्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यता नेपाली कांग्रेस भित्रको पन्ध्रौँ महाधिवेशन पुस मसान्तमा गर्ने भन्ने विषयप्रति दुई महामन्त्रीहरुले विरोध गरेका छन् । किनभने त्यो प्रस्ताव तथ्याङ्कमा मात्र रहने बिना आधारको प्रस्ताव रहेको बताइरहेका छन् भने विशेष महाधिवेशनको माग गर्दै बुझाइएको बहुमत सदस्यको हस्ताक्षर पत्र अहिलेलाई थाँती राख्ने भन्ने कुरा पनि अमान्य रहेको बताएका छन् ।

जेन–जी विद्रोहलाई नेपाली कांग्रेसले सदन सरकार राजनीतिमा समेट्नै पर्छ भन्ने नेपाली जनताले पटक–पटक आफ्नो आवाज सुनाइरहेका छन् । नेपाली कांग्रेसले त्यो आवाजलाई सुन्नैपर्छ सम्बोधन गर्नैपर्छ । मङ्सिर मसान्तमा नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको मेण्डेटको म्याद समाप्त हुँदैछ । यदि कांग्रेसले नियमित महाधिवेशन गर्न सकेन भने आगामी निर्वाचनमा नेतृत्व र मुद्दा बिना जानु प¥यो भने नेपाली कांग्रेसको हविगत के होला ?

कसैको नेतृत्व स्वार्थका लागि विवादित भएर अपमानित हुने कसैले नगरौँ, पार्टीलाई । डेढ महिना भन्दा लामो समयसम्म बिना अर्थको बैठक र बहस गरेर असाधारण अवस्थामा चलिरहेको छ । यो विषय विदानमा चित्रित नेपाली कांग्रेसको चित्रको संस्थापन पक्षले अपव्याख्या गरिरहेको छ । यदि नेपाली कांग्रेसको संस्थापन पक्ष नियमित महाधिवेशन गर्नतर्फ नलागेर अल्मल सहमतर्फ लाग्यो भने विशेष महाधिवेशनमा जानु पर्ने बाध्यता पक्कै आउँछ ।

त्यस विषयमा सोच र विचार के छ ? सौहार्द वातावरणमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेको राम्रो होलाकि विशेष महाधिवेशन गरेर नेतृत्व खोसेको राम्रो होला ? सरासरीमा पार्टीको शाख त नियमित महाधिवेशन मै रहन्छ । विशेष महाधिवेशन त कित पार्टीले देश र जनताको लागि आवश्यक उपयुक्त कदम अगाडि बढाउनलाई गरिन्छ, कित पार्टी अराजक नेतृत्वको कारण क्षत विक्षत हुँदै भड्कालोमा जानबाट जोगाउन कै लागि हुने जस्तो देखिएको छ ।

विशेष महाधिवेशन भयो भने संस्थापन पक्षधरहरु विशेष महाधिवेशनलाई भाँड्नमा हरसम्भव प्रयास गर्ने छन् । उनीहरुले सके भने नव गठित कमिटीलाई अमान्य बनाउन समेत कोशिस गर्ने छन् । त्यसैले मुलुक आफू र आफ्नो संगठनका लागि हरेक कांग्रेस जनसचेत हुनु जरुरी छ । यदि हामी नेपाली कांग्रेस पक्षधरहरु मुलुक र जनताको स्वार्थलाई बिर्सेर राष्ट्रियता र समाजवादको मान्यतालाई अवमूल्यन गर्दै दाइ र भाउजु ज्वाई र ससुरा तथा दाजु बहिनीका नाममा केन्द्रित भयौँ भने यो मुलुकको इतिहासले हामीलाई धिक्कार्नमा क्षमा दिने छैन ।

नियमित महाधिवेशन गर्न नसक्नेले विशेष महाधिवेशन गर्न सक्छन् भन्ने विश्वास छैन । यिनि शुवर्ण शमशेर हैनन् विशेष महाधिवेशन गराएर आफ्नै चाहनाले नेतृत्व हस्तान्तरण गर्ने । इतिहास बोल्छ सोही कारण ०१५ सालको आम निर्वाचनमा विपी कोइरालाको नेतृत्वमा पार्टी आम निर्वाचनमा गएपछि सदनमा दुई तिहाई मत प्राप्त गर्न सफल भएको छ । अहिले कांग्रेसको अधोगतिको बाटो लागेको हो भने कांग्रेस सुध्रेर मुलुक सुधार्न क्रमा कांग्रेसका नेताहरु अगाडि बढ्लान् । हैन भने कांग्रेसका नेताहरु आफै राँड देशै भाँड हुन् ।

प्रतिस्पर्धा गर्न पनि नसक्ने, एकले अर्कालाई स्वीकार्न पनि नसक्ने हो भने तिमीहरुलाई पनि कसरी नेता मान्लान् त कार्यकर्ताहरुले ? विशेष महाधिवेशन भए पार्टी फुट्ने सम्भावना अलि बढी देखिन्छ भने महाधिवेशन बिना नेतृत्व परिवर्तनको सम्भावना पनि हैन, नेतृत्व परिवर्तन बिना निर्वाचनमा जानुको पनि अर्थ छैन । नेतृत्व पंक्तिमा रहेका र नेतृत्वकर्ताहरु नै यस विषयमा संवेदनशील देखिँदैनन् ।

बरु आफ्ना पछि लागुहरुलाई इतर पक्षका नेताहरुको विरुद्धमा उचाल्छन् त्यो नै विडम्बना हो । ताजा जनादेशमा जानको लागि आफ्नो बलियो मुद्दा लिएर पार्टी पंक्ति अगाडि बढाउन नसक्ने त्यो के नेतृत्व के को इतिहास बोकेको ?