शिक्षा, संस्कार र संस्कृति

युवराज शर्मा

नेपालमा शिक्षाको प्रारम्भ शिक्षाबाट भएको थियो । काठमाडौँको रानी पोखरीमा भएको संस्कृत पाठशाला नै पहिलो संस्कृत पाठशाला हो । देशमा शिक्षाको विकास राणा प्रधानमन्त्री देव शमशेर जवराको पालाबाट विकास भएको थियो ।उनले देशका धेरै जिल्लाहरुमा सबैले पढ्न पाउने पाठशालाहरु खोलेका थिए तर नेपाली भाषामा लेखिएको पुरानो पुस्तकको नाम ‘ज्योतिष विद्या’ नामक पुस्तक हो ।

यस पुस्तकको लेखन वर्ष १४५७ थियो । हुम्ला जिल्लाको रेलिङ बौद्ध गुम्बामा भएको ताम्रपत्र १३१२ को नेपाली भाषामा पाइयो । त्यसकारण नेपाली भाषाको ताम्रपत्र र पुस्तकले नेपाली भाषालाई जनाउँदछन् । राणा शासनकालमा नेपाली भाषाको खोज र भाषिक ज्ञान गर्ने काम भएन ।

२००७ सालमा राणा शासन हटाएर श्री ५ त्रिभुवन शाह र विपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस पार्टीले नेपालमा प्रजातन्त्र भित्राए पनि नेपाली भाषाको विकास भएको थिएन । ठाउँ–ठाउँ र जिल्लाहरुमा जातीय भाषा उद्र्धु, मैथलि, भोजपुरी, थारू, मगर, लिम्बु, किराती जस्ता भाषाहरु बोलिने र लेखिने गर्थे । भाषागत रुपमा संस्कार देखिन्थे । भाषाले नै संस्कारिक गुणको विकास र परिमार्जन हुन्थ्यो । घर–घरमा त्यस्तै संस्कार अपनाउँथे ।

नेपालमा पञ्चायती व्यवस्थामा राजा महेन्द्र शाहबाट राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना गरे । उपकुलपतिमा दार्जिलिङबाट लेनैसिंह वाग्देललाई झिकाएर उक्त पदमा नियुक्ति गरेका थिए । नेपाल लिपीलाई संयुक्त राष्ट्र संघमा पेस गर्ने वातावरण उनै वाग्देलले पेस गरेका थिए भन्छन्– विद्धानहरु । गोर्खा साहित्य परिषद्मा नेपाली लिपी सुरक्षित थियो । लिपी बिनाको लेख्य भाषा हुँदैन ।

त्यसैले होला राजा महेन्द्र शाहले नेपाली भाषालाई अनिवार्य भाषा बनाएर पठनपाठनका लागि ‘महेन्द्र माला’ नामको पुस्तक नेपालका विद्यालयहरुमा अनिवार्य शिक्षण कार्य गर्नु पर्ने बनाएपछि मात्र तराईका हरेक कुलमा अनिवार्य शिक्षण कार्य भयो । तराई, पहाड, हिमालमा नेपाली भाषाको पढाइ भएपछि मात्र जातीयगत, धर्मगत नेपाली पढ्नु पर्ने भयो ।

सरकारी कामकाजको भाषा विषय पनि नेपाली बन्यो । अहिले पनि सरकारी कामकाजी भाषा नेपाली रहिरहेको छ तर २०७२ को संविधानले सङ्घीयता, धर्म निरपेक्षता ल्यायो । यसले नेपाली जनतामा संस्कारमा धेरै असर पु¥यायो । सामाजिक वातावरण समाजमा दुलमुल भयो । जब राजनीति, सामाजिक वातावरण र आर्थिक सन्तुलन मिल्न सक्दैन तब सत्तामा फेरबदल भइरहन्छ ।

साथै उथलपुथल पनि हुन्छ । त्यसैले होला कृष्णप्रसाद भट्टराई समेत लाइनबद्ध प्रधानमन्त्री बन्ने खेल सुरु भयो । देशमा तीस पटक प्रधानमन्त्री भए । जसले सामाजिक वातावरण समाजमा बनाउन सकेनन् । यो समस्यामा नेपाल छ । राजनीतिले सामाजिक वातावरणलाई सन्तुलनमा राख्न सकेन भने प्रधानमन्त्रीको महत्व हुँदैन । विकृत समाजले संस्कारिक गुणको विकास गर्दैन ।

राजा महेन्द्रले संस्कृतिको लहर जनमानसमा ल्याउनका लागि नयाँ शिक्षा योजनाको लहर ल्याएर हिन्दु संस्कृतिको व्यापक रुपमा जनचेतना र जनजागरण समाजमा ल्याएका थिए । जो हिन्दु संस्कृतिले अहिले धर्मनिरपेक्ष संस्कृतिमा गहिरो छाप मानव समाजमा परेको छ । जसलाई नागरिकमा शिक्षाको योजना बनाएर राजनीतिक तरिकाबाट सार्वजनिक स्कुलको सञ्चालन कार्य वर्तमान समयमा भएको देखिन्छ ।

जहाँ गरिब र विपन्न वर्गका विद्यार्थीले पढ्छन् । नेताका छोरी, जुवाई, सालासाली, भाइभतिजाहरु मात्र शिक्षक बन्न सकेका छन् । स्थानीय सरकारको मातहमा छ । जहाँ सुधार हुन सकेको छैन । त्यसैले होला, संस्कार र संस्कृत हराएको छ । अहिले गाउँघरमा पञ्चायती शैलीको व्यवहार छ । उनीहरुले गणतन्त्रको कार्यशैली समाजमा गर्न पाएनन् ।

नेताहरुले पनि सिकाएनन् । कतिपय अध्यक्ष, वडासदस्यहरु पनि पहिले पञ्चेबाट आएका छन् । छेपाराले रंग बदलेको रुपमा छन् । राजनीति गनेृहरुले रुप बदल्छन् र आफ्नो रंग फेर्छन् । अहिले नेपाली दलका नेताहरुको रुप र रंग छेपारे शैलीको देखिन्छ । जहाँ बौद्धिकता नैतिकता र सामाजिक भावना हराएको छ । शिक्षा पनि दिशाहीन छ । संस्कार हराएको मानव समाज छ ।

जहाँ मानवमा दानवता, नरसंहार र अहंकारीताले सामाजिक निव्युरा बढाएको छ । मान्छे देखेर मान्छे डराउनु पर्ने वातावरण छ । मानिसहरुमा दया, ममता र सद्भावको व्यवहार पाइन्न । धनपैसाले मातिएको वर्ग एक ठाउँमा छ भने गरिब, विपन्न र समस्याले ग्रसित वर्ग अर्को ठाउँमा छन् । यसलाई धनी र गरिब वर्गमा विभाजित वर्ग संघर्षको रुपले हुने खाने वर्गले हेर्छन् ।

वास्तविक नागरिक गरिब र विपन्न वर्ग छन् । जो घरेलु समस्याले पीडित छन् । यस्तो समाजमा समाज सुधारको नारा दिन जनप्रतिनिधिहरु सक्षम भएनन् । कर्मचारीतन्त्र र उनीहरुमा फरक भएन । दुवैले मासिक तलब खान्छन् । जुन तलब पनि जनताले तिरेको कर हो । त्यस्तो रकमलाई दुरुपयोग गर्ने कस्तो संस्कार र संस्कृति भएका मान्छेहरुको प्रशासन चल्छ ? प्रश्न गम्भीर छ ? जहाँ संस्कार, शिक्षा र संस्कृतिको पनि ख्याल गर्न नसक्ने व्यक्तिको बहुमत छ ।

नेपालको शिक्षा नीति, उद्देश्य र यसको महत्व देखाउनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याइयो । शिक्षा प्रणाली डेण्टिङमा सीमित भयो । यो प्रणालीले मान्छेहरुमा संस्कारिक ज्ञान बढाउन भन्नेहरु मात्र भए तर यसमा सुधार गर्न सकिएन । संस्कारिक ज्ञान पनि परिवारबाट हुन्छ भनियो । गणतन्त्रका नेताहरुले दलीय भावनाको विकास गर्ने शिक्षा नीति अपनाउनका लागि संस्कृतिको रक्षा गर्न पछाडि परे र आफ्नो पछौटेपन देखाउन सके ।

जो सांस्कृतिक ज्ञानबाट पाएको गुण थियो । त्यस्ता मान्छेहरुले संस्कार र संस्कृति बिर्सेको पाइयो । त्यसैले होला, नेपालीहरुले धर्मको नाममा संस्कार र संस्कृति बिर्सेका छन् । शिक्षाबाट ज्ञान र सिपको विकास गर्ने वातावरण छैन । देशमा नागरिकले रोजगारको नाममा संस्कार, शिक्षा र संस्कृतिलाई बिर्सेर अर्को देशमा बसेका छन् । त्यतैको नक्कल गर्छन् ।

विदेशीएका नेपालीहरुमा नक्कली नेपालीपन झल्केको छ । यसले नेपाललाई बिर्सने अवस्था देखिन्छ भने वृद्धावस्थामा नेपाल फर्कदा नेपालको संस्कार र संस्कृतिको पहिचान गर्न सक्ने छैनन् । उनीहरुले संस्कार, शिक्षा र संस्कृतिको ज्ञान गर्नुपर्ने छ ।