अमरराज आचार्य
दाङ, ११ मङ्सिर । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो तीन महिनाको अवधिमा १४ दशमलव २४ प्रतिशत बजेट खर्च गरेको छ । दुइ अर्ब २९ करोड २७ लाख रुपैयाँ बजेट रहेकोमा चालु आर्थिक वर्षको तीन महिनामा ३२ करोड ६४ लाख ८८ हजार सात सय १५ रुपैयाँ ६९ पैसा खर्च भएको घोराही उपमहानगरपालिकाको पहिलो त्रैमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन १४ दशमलव २४ प्रतिशत हो ।
चालुतर्फ एक खर्ब २९ करोड ६३ लाख ५४ हजार रुपैयाँ रहेकोमा २५ करोड ८४ लाख तीन सय ४४ रुपैयाँ ६९ पैसा खर्च भएको छ । जुन १९ दशमलव ९३ प्रतिशत हो । पुँजीगततर्फ ९९ करोड ६३ लाख ४६ हजार रुपैयाँ रहेकोमा छ करोड ८० लाख ८८ हजार तीन सय ७१ रुपैयाँ खर्च भएको छ । जुन छ दशमलव ८३ प्रतिशत हो । उपमहानरपालिकामा पहिलो तीन महिनामा सङ्घीय सरकारबाट आउने प्रतावित रकममध्ये २६ दशमलव २७ प्रतिशत आएको छ ।
सङ्घीय सरकारबाट एक अर्ब १४ करोड ४६ हजार रुपैयाँ आउने भनिएकोमा ३० करोड छ लाख ४० हजार रुपैयाँ मात्र आएको छ । जसमा समानीकरण अनुदान ३१ करोड १२ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा सात करोड ७८ लाख रुपैयाँ आएको छ । जुन २५ प्रतिशत हो । सशर्त अनुदान चालुतर्फ ७२ करोड ५१ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा १९ करोड ८१ लाख २० हजार रुपैयाँ आएको छ । जुन २७ दशलव ३२ प्रतिशत हो ।
यसैगरी सशर्त अनुदान पुँजीगततर्फ नौ करोड आठ लाख प्रस्ताव गरिएमा दुई करोड ४७ लाख २० हजार रुपैयाँ आएको छ । जुन २७ दशमलव २२ प्रतिशत हो । विशेष अनुदान पुँजीगततर्फ ८५ लाख रुपैयाँ प्रस्ताव गरिए तापनि यो अवधिसम्म कुनै रकम आएको छैन । यसैगरी समपुरक अनुदान पुँजीगत ९० लाख रुपैयाँ प्रस्ताव गरिए पनि पहिलो तीन महिनासम्म कुनै रकम आएको छैन ।
प्रदेश सरकारतर्फ छ करोड पाँच लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा एक करोड ८४ लाख १५ हजार सात सय ७६ रुपैया ४० पैसा आएको छ । जुन ३० दशमलव ३९ प्रतिशत हो । समानीकरण अनुदानतर्फ दुई करोड १३ लाख ९१ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा ५३ लाख ४७ हजार सात सय ५० रुपैयाँ आएको छ । जुन २५ प्रतिशत हो ।
यसैगरी सशर्त अनुदान चालुतर्फ पाँच लाख आठ हजार प्रस्ताव गरिएकोमा एक लाख ६९ हजार तीन सय १६ रुपैयाँ ४० पैसा आएको छ । जुन ३३ दशमलव ३३ प्रतिशत हो । यसैगरी सशर्त अनुदान पुँजीगततर्फ दुई करोड २० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ७३ करोड ३२ लाख छ सय रुपैयाँ आएको छ । जुन ३३ दशमलव ३३ प्रतिशत हो ।
यसैगरी विशेष अनुदान पुँजीगततर्फ १७ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा पाँच लाख ६६ हजार छ सय १० रुपैयाँ आएको छ । जुन ३३ दशमलव ३३ प्रतिशत हो । समपुरम अनुदान पुँजीगततर्फ एक करोड ५० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ४९ लाख ९९ हजार पाँच सय रुपैयाँ आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन ३३ दशमलव ३३ प्रतिशत हो ।
उपमहानगरपालिकाले राजस्व बाँडफाडबाट तीन करोड ४१ लाख ८३ हजार चार सय १९ रुपैयाँ ३४ पैसा पाएको छ । राजस्व बाँडफाँडबाट ५५ करोड ७० लाख ८० हजार रुपैयाँ प्रस्ताव गरिएको थियो । प्रस्ताव गरिएको मध्ये छ दशमलव १४ प्रतिशत रकम प्राप्त गरेको हो । मूल्य अभिवृद्धि कर र बाँडफाँड भई प्राप्त हुने अन्तशुल्कबाट रकम प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आन्तरिकतर्फ २४.७१ प्रतिशत राजस्व सङ्कलन
घोराहीउपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आन्तरिकतर्फ २४ दशमलव ७१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । घोराहीले यो अवधिमा ४८ करोड चार लाख २१ हजार उठाउने लक्ष्य ११ करोड ८७ लाख ३० हजार छ सय २२ रुपैयाँ सङ्कलन गरेको हो । जुन लक्ष्यको २४ दशमलव ७१ प्रतिशत हो ।
यसरी सङ्कलन गरिएको राजस्वमा सम्पत्ति करबाट ८१ लाख ३२ हजार चार सय ३३ रुपैयाँ, भूमि कर मालापोतबाट ८६ लाख ५३ हजार आठ सय ६४ रुपैया ४२ पैसा सङ्कलन भएको हो । यसैगरी बहाल करबाट ६२ लाख २४ हजार दुई सय १० रुपैयाँ ७६ पैसा, वहाल बिटौरी कर १९ लाख ६५ हजार सात सय ८३ रुपैयाँ, सवारी साधन कर साना सवारीबाट २६ हजार नौ सय ५० रुपैयाँ संकलन भएको छ ।
यसैगरी अखेटोपहारमा लाग्ने करबाट २४ लाख ५८ हजार दुई सय ४७ रुपैया, अन्य सेवा बिक्रीबाट ४१ लाख ५८ हजार चार सय १३ रुपैयाँ, शिक्षाको आम्दानी एक हजार पाँच सय, अन्य प्रशासनिक सेवा शुल्कबाट दुई लाख ५० हजार १७ रुपैयाँ, नक्सा पास दस्तुरबाट १६ लाख ९६ हजार तीन सय ५१ रुपैयाँ, सिफारिस शुल्कबाट ५० लाख ७० हजार तीन सय ९६ रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट चार हजार नौ सय ५० रुपैयाँ, अन्य दस्तुर एक लाख ७१ हजार नौ सय ८० रुपैयाँ सङ्कलन भएको छ ।
यसैगरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ९२ हजार तीन सय पाँच रुपैयाँ, अन्य राजस्वबाट आठ हजार आठ सय ७० रुपैयाँ, व्यावसाय करबाट ४६ लाख ७१ हजार पाँच सय आठ रुपैयाँ, बेरुजुबाट आठ लाख ४७ हजार नौ सय ५० रुपैयाँ सङ्कलन भएको छ ।