Goraksha

National Daily

मेरो खुशी : समाज सेवा गर्न पाउँदा …

पञ्चायत, प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र हुँदै अहिलेको यो व्यवस्थासम्म उनले भोगे देखेका छन् । उनले २०३४ सालमा महेन्द्र माविका पढ्दै गर्दा एसएलसी दिन नपाएको सम्भिए । त्योसँगै आफ्ना गुरू भिष्म केसीलाई समेत सम्झिए ।

एसएलसी दिने बेला विद्यार्थी राजनीतिमा लागेर बामपन्थी र प्रजातान्त्रिक धारबिच झगडा हुँदा आफूहरूले एसएलसी नै दिने नभएको उनी बताउँछन् । तुलसीपुर–८ अश्वारा निवासी किरणबहादुर शाह विगत विद्यार्थी राजनीतिदेखि हालसम्म विभिन्न संघ, संस्था समाजसेवाका साथै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।

जीवनका उकाली ओरालीमा थुप्रै राजनीति परिवर्तमा लागेका शाहले आफू २०३६, ४६ देखि ६२÷६३ सालको जनआन्दोलन समेत व्यहोरेको र परिवर्तनका खातिर आफू लडेको बताउँछन् । सधै खुसीका साथ समाज सेवा र राजनीतिमा लागेका शाहले पछिल्लो राजनीति घटना क्रम र अहिलेको पार्टीका क्रियाकलापले गर्दा आफूलाई कहिले भने निराशा लाग्ने गरेको बताउँछन् ।

‘म जहिलेदेखि समाज सेवा र राजनीतिमा लागे मैले आफूलाईभन्दा पनि अरूलाई सहयोग धेरै गरे आफूभन्दा पनि अरूलाई सहयोग गर्न लागे’ शाहले भने । उनले जीवनमा आफू रितिएर अरूलाई भरिलो गराउँदा पनि आफू खुसीका साथ जिउने गरेको सम्झिए ।

‘मैले आफ्नो लागिभन्दा पनि अरूको भलाईका लागि धेरै कम गरे म यसैमा अहिलेसम्म खुसीका साथ लागेको छु’ शाहले भने । चाहे त्यो समाज सेवा होस राजनीति म कति पनि डकमकाउने मान्छे होइन । निरन्तर लागेको छु उनका खुसीका पल खोज्दै गर्दा उनले मुस्कुराउँदै भने ।’

उनले आफूले विभिन्न संघ संस्था तथा अन्य स्थानमा अरूको भलाईका लागि काम गर्न पाउँदा निकै खुसी लाग्ने गरेको समेत बताए । नेपाली कांग्रेसका नेता समेत रहेका शाहले कांग्रेसको १०औँ तथा ११औँ महाधिवेशनमा तुलसीपुरको नगरसभापति भएर सङ्गठन निर्माणमा लागेको सम्झिए । त्यस्तै उनले २०५१ साल ताका सुकुमबासी समस्या आयोगको सदस्य हुँदा तुलसीपुरमा धेरै जग्गाहरू नापजाँच गरी उनीहरूलाई लालपूर्जा दिएको भन्दै त्यतिबेला सदस्य भएर जनताको हितमा काम गर्न पाउँदा अहिले पनि खुसी लाग्ने गरेको सुनाए ।

त्यस्तै उनले अर्को खुसी २०४८ सालमा स्वर्गीय खुमबहादुर खड्का यातायात मन्त्री हुँदा गते खोलादेखि (बाघमारे, खिलतपुर सडकखण्डको ट्रायक खोल्न पाएकोमा खुसी व्यक्त गरे । ‘मलाई जुन काम दिइन्थ्यो त्यो मैले पूरा गरेको छु तत्कालीन समयमा म त्यो बाटो निर्माण समितिको अध्यक्ष भई माथिल्लो बाटो खोलेको थिए अहिले सो बाटो कालोपत्रे भएको छ, यसमा म निकै खुसी छु’ शाहले भने ।

शाहले बाटो पुलपुलेसा, शैक्षिक क्षेत्रदेखि खानेपानीका योजनाको निर्माणमा आफूले सक्दो सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । त्यस्तै शाहले विगतदेखि हालसम्म अश्वारा माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयको भौतिकदेखि शैक्षिक विकासमा लाग्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

उनले सो विद्यालयमा हाल १८ कोठाको भवन निर्माणदेखि शैक्षिक अवस्थाको सुधारदेखि प्राविधिक धारको शिक्षा सञ्चालन भएकोमा पनि खुसी व्यक्त गरे । हाल विद्यालयमा विद्यार्थीलाई पठन ाठनमा सहज भएको र सिटिइभिटिई अन्तर्गत प्राविधिक धारतर्फ डिप्लोमा तहका दुईवटा विषय सञ्चालन भएको भन्दै खुसी व्यक्त गरे । ‘गाउँघरमै अहिले विद्यार्थीले डिप्लोमा अध्ययन गर्न पाएका छन् यसमा म लगायत सबै खुसी छौँ’ उनले भने ।

त्यस्तै गाउँघरदेखि अन्य स्थानमा समस्यामा परेका धेरैलाई सहयोग गरेको उनले बताए । ‘मैले यसलाई यसरी सहयोग गरे भने कुनै किटानी भन्न सक्दैन तर जीवनमा धेरैलाई म बाट हुन सक्ने सहयोग गरेको छु, धेरैले सम्झनु हुन्छ आफू रितिएर पनि अरूको लागि लाग्ने गरेको छु’ शाहले भने ।

त्यस्तै शाहले घरपरिवारमा छोरा छोरीको प्रगति उन्नति भएकोमा पनि खुसी व्यक्त गरे । उनले आफू राजनीति तथा समाजसेवामा लाग्दा सबैको साथ सहयोग पाएको भन्दै खुसी व्यक्त गरे । ‘म कहिले पनि हारखाने मानिस होइन तपाईहरूले पनि देख्न सक्नु हुन्छ म सधै खु्सीका साथ तपाईहरूसँगै हासी खुसी बसेको छु’ शाहले भने ।

आफू सबै कुरामा सक्रिय र समयमै दिएको जिम्मेवारी पूरा गर्ने गरेको बताए । त्यस्तै छोरा प्रशान्त शाह पाइलट भएको र छोरीहरूको पनि उन्नति प्रगति भएको भन्दै खुसी व्यक्त गरे । उनले अर्को खुसी छोरा पिलेन दुर्घटना भई ज्यान जोगाउन सफल भएको दिन लागेको विगतलाई सम्झिए । ‘आफू भलो त जगत भलो भन्छन् म सधै सत्यको पक्षमा हुन्छु, जीवनमा सधै खुसीका साथ जिउने गरेको छु, म यसैमा खुसी छु’ शाहले भने ।

प्रस्तुति : बालाराम खड्का