हापुरेमा बैंकहरुद्धारा नियमित सेवा

देवी भण्डारी
हापुरे,२९ बैशाख । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै कटौती गरेको पुन दिन सुरु गरेका छन । बंैकहरुले नियमित सेवा दिन सुरु गरेपछि बबई गाउपालिकाको हापुरेका रहेका बैङकहरुमा पछिल्लो समय भीडभाड बढेको छ ।

लकडाउनको समयमा सातामा १ देखि २ दिन सेवा प्रवाह गरेका बैंकहरुले आइतवारदेखि नियमित सेवा सुचारु गरेको जनाएका छन् । ‘लकडाउनका कारण बैंकले सेवामा कटौती गरेको थियो,जसका कारण बैंकमा भीडभाड हुने गरेको थियो’, हापुरेमा रहेको साईनरेसुुङगा विकास बैङकका शाखा प्रमुख प्रकाश न्यौपानेले भने,‘आइतवारदेखि नियमित सेवा सुरु गरेका छौ ।’ उनले पहिले जस्तै अव सेवाग्राहीहरुलाई १०ः३० देखि २ बजेसम्म सावधानी अपनाएर सेवा आग्रह गरेका छन ।

हापुरेका रहेको नेपाल बङगलादेश बैङकले भने लकडाउनको समयमा पनि सेवाप्रवाह गरेको जनाएको छ । नेपाल बङगलादेश बैङक हापुरे शाखा प्रमुख ध्वजराज ज्ञवालीले थौरै समय भएपनि आफुहरुले जनतालाई सेवा दिद्र आएको बताए । बबई गाउपालिकाको हापुरेका नेपाल बङगलादेश बैंक, साईनरेसुुङगा विकास बैंक र देव विकास बैङक रहेका छन् ।

यी सबै बैङकले लकडाउनको पालना गर्द्र्रै राष्ट्र बैंकको निर्देशन अनुसार नियमित सेवा सुचारु गरेको बताएका छन् । बैकले नियमित सेवा दिन सुरु गरेपछि बंैकमा देखिएको भिडभाड विस्तरै कम हुने अपेक्षा गरिएको छ । अहिले सामाजिक दुरी कायम गरेर सेवा प्रदान गरिरहेको बंैकहरुले बताएका छन ।

फाइल फोटो