देवी भण्डारी
हापुरे, २९ बैशाख । बबई गाउपालिकाको क्वारेनटाईनमा रहेका ५८ जना डिस्चार्ज भएका छन । २९ जनाको आइतवार स्वाव संकलन गरि परिक्षणको लागी पठाईएको थियो । सबैको रिर्पोट नेभेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बबई गाउपालिकाका हेल्थ असिष्टेन्ट शरदराज गिरीले जानकारी दिएका छन ।
सोमवार ४४ जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरुसंगै बालबालिका गरि ५८ जनालाई डिस्चार्ज गरिएको हो ।
अव बबई गाउपालिकाको क्वारेन्टाइृनमा ५ जना मात्र रहेका छन् । हालसम्म बबई गाउपालिकामा १८ जनाको आरडिटी तथा ४४ जनाको पिसिआर परिक्षण गरिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको उनले बताए ।
बबई गाउपालिकामा ५० बेडको क्वारेनटाईन रहेको बबई गाउपालिकाका स्वास्थ शाखा संयोजक हरिबहादुर खड्काले जानकारी दिएका छन ।
फाइल फोटो