सुभाष न्यौपाने
आन्दोलन सफलमा मुलुकमा घोषणा निर्वाचन ।
निर्वाचनमा कांग्रेसको आशा गरेका नेपाली जनपक्ष ।।
लोकतन्त्रको पहरेदार देशमा बनेको कांग्रेसले ।
राष्ट्रका निम्ति गरेन केही भने बित्याँस पार्छ यसले ।।
कम्युनिष्ट अधिनायकवाद हुन उनीहरु जे पनि बोल्दछन् ।
उनले भनेको भए सुरुवात आफै खोल्दछन् ।।
हरेक आन्दोलनलाई घुस पैठले प्रभावित पारेको हुन्छ । जसरी सात सालको क्रान्तिमा घुस पैठको सन्दर्भमा नेपाली कांग्रेसले आयोजना गरेको हुनाले म पार्टी सभापतिको हैसियतले जिम्मेवारी लिन चाहन्छु । विश्वेश्वरप्रसाद कोइरालाले यसरी बयान दिइरहँदा मुलुकको न्यायालय समेत स्तब्द भएको थियो ।
नैतिकता भनेको असाध्य ठुलो तथा नेपाली जनताले साङ्गठिक रुपमा नेपाली कांग्रेस मात्र बुझेका छन् । नेपाली कांग्रेसले आफूलाई नयाँ अर्थात् सुधारिएको नेपाली कांग्रेसको रुपमा उभ्याउनु जरुरी छ । नेपाली कांग्रेस पश्चात गठन भएको सरकारले निर्वाचन घोषणा गरिरहेको छ ।
सरकारलाई पनि थाहा छैन, निर्वाचन हुन्छकि हुँदैन । यतिबेला मुलुक सरकार र आन्दोलनले समेत नेपाली कांग्रेसको उपस्थिति र आसयको अपेक्षा गरिरहेको छ । नेपाली कांग्रेस आफैमा लंगौटी तानातान र गाँड कोरा कोरमा छ । मुलुक र प्रजातन्त्रले जसको आशा गरिरहेको छ । उसको आफ्नै ठेगान छैन ।
प्रौढहरु त त्यसै फेल थिए युवा पुस्ताको प्रतिनिधि हुँ भन्नेहरु पनि फेल भइसकेको जस्तो देखिन्छ । मुलुक हाँक्नलाई हाँक र डाँक दुवै चाहिन्छ, त्यसैले डाँकलाई मात्र जनताले मान्दैनन् । महामन्त्री ज्युहरु हाँक क्षमता पनि चाहिन्छ । शेरबहादुर देउवाप्रति सहानुभूतिका शब्द राख्दैमा मात्र पनि आफूलाई पार्टी संस्थापन पक्षघर बताउनेहरुको औकात त देखिइहाल्यो भलो पनि छैन । केही गर्नलाई क्षमता त चाहियो नि ?
आन्दोलनकारी युवा समूह पनि आन्दोलन कसरी भयो, आन्दोलनलाई निकाश दिन के गर्नुपर्छ भन्ने पनि थाहा छैन, जसको कारण आन्दोलनले क्षति मात्र गरेको छ, आन्दोलनको नाममा अन्धाधुन्द सरकार गठन भएको छ । निर्वाचनको मिति समेत घोषणा भइसकेको छ, फागुन एक्काइस, त्यो भन्दा पहिले माघ महिनामा राष्ट्रिय सभाको निर्वाचन छ ।
विषयमा सरकार कति सचेत छ र चासो राखेको छ । सरकारर्ला थाहा छ कि छैन त्यस निर्वाचनका मतदाताको हुन् ? राष्ट्रिय सभाको निर्वाचनमा सरकारले कसलाई उम्मेदवार बनाउने हो । आन्दोलनकारीको तर्फबाट ? यत्रो क्षति भइसक्दा पनि अझैसम्म मुलुकले आन्दोलनलाई स्वीकार गरिसकेको छैन, सरकार आन्दोलन कै बलमा बनेको छ ।
आजसम्मका सबै आन्दोलनमा आह्वानकर्ताहरुले आन्दोलनको जिम्मेवारी लिएको इतिहास छ तर एउटा मात्रै जेन–जी समूहले गरेको आन्दोलनको आधिकारिक जिम्मेवारी कुनै नेताले लिएको पाइएन । सरकारले निर्वाचनको लागि तयार पारेका डाटाहरु ह्याक भइसके रे अब भन्नुस् निर्वाचनले कसरी सम्पन्नता हासिल गर्छ ?
नेपाली कांग्रेसका दुई महामन्त्री पनि पार्टी सभापति शेरबहादुर देउवासँगै फेल भइसकेका छन् । अब पार्टीभित्र जतिसुकै मत हासिल गर्न सके पनि यो मुलुकको नेता डा. शेखर कोइराला हुन् । यो सरकारले पनि बुझोस् अरुलाई आरोप लगाएर धाक जमाउन पाइँदैन । जसले आन्दोलन ग¥यो, उसैलाई मुलुकको अवस्था बारेमा जानकारी नै नदिने ?
कुरा नानाथरीका गर्ने, आफूले काम केही नगर्ने ? खै सुशासनको पक्षमा काम गरेको, भ्रष्टाचारको विपक्षमा काम गरेको ? काम गर्न नसक्नेले कुरा गरेको सुहाउँदैन मन्त्री महोदय । नेपाली जनता मुलुकका लोकतन्त्रको शब्दजाल फालिएको राज्य सत्ताबाट ठगिँदै आएका छन् । त्यसैको निराकरणको लागि गरिएको विद्रोह हो । जेन–जी समूहको नाममा भएको आन्दोलन ।
घुसपैठको नाममा मात्रै विद्रोहलाई अस्वीकार गर्न खोजियो भने त्यसलै अर्को अनिष् पनि निम्त्याउन सक्छ । सबै कुराहरु आफ्नो मात्र राम्रो आफ्नो समूह मात्रै सर्वज्ञानी तथा आफ्ना मतियारहरु मात्रै बुद्धिमान भन्ने मात्र धारणा राखेर अघि बढ्ने कोही पनि सफल हुन सक्दैन । अन्तर राष्ट्रिय राजनीतिले पनि बुझेको छ कि नेपालमा नेपाली कांग्रेस एकतृत भयो ।
सङ्गठित भयो भने नेपालमा शान्ति स्थिरता र विकासको लागि सहज हुन्छ । त्यसैले नेपाली कांग्रेसभित्र भाँजो हालि राख्नुपर्छ । यिनलाई एकजुट हुन दिनु हुँदैन । त्यसका निमित्त उनीहरुले ठुलो, लगानी र मेहनत गरिरहेका छन् । भनिन्छ– मान्छे बिग्रियो भने कम्युनिष्ट हुन्छ रे ? ती योजनाकारहरुले कम्युनिष्टलाई मान्छे भन्दैनन्, किनभने कम्युनिष्ट भन्नेहरुलाई जुटाउन र फुटाउन उनीहरुलाई बेरै लाग्दैन ।
यति हुँदा हुँदै पनि नेपाली कांग्रेसले आफ्नो ब्लुप्रिन्ट निकाल्नै सक्दैन । वर्तमानमा गरिने नेपाली कांग्रेसको महाधिवेशन भनेको केवल नेतृत्व परिवर्तन मात्र नभएर नयाँ राजनैतिक दर्शनका ऐतिहासिक घुम्ती पनि बन्न सक्नुपर्छ, जसले राजनीतिमा परिवर्तित परिकल्पना पनि गर्न सकोस् ।
नेतृत्व परिवर्तन भन्दै पुस्ता हस्तान्तरण भन्दै बिना उद्देश्यको विशेष महाधिवेशन हस्ताक्षर पेस गरेर के गर्ने ? भोलि पार्टीले सनाखत गर्नलाई उपस्थिति गराउन खोज्यो भने ती उपस्थिति हुन सक्छन् ? त्यसैले विशेष महाधिवेशन निरर्थक हो समयमै नियमित महाधिवेशन गरौँ । पार्टी सभापति देउवा उमेरले पनि जीवनको उत्तरार्धमा छन् तर उनका केही कमजोरीहरुलाई भजाएर मात्र अहिले मुलुकका सबै जल्दाबल्दा समस्या र आवश्यकताहरु पूरा हुन सक्दैनन् ।
त्यसैले नेतृत्व परिवर्तन गर्न चाहनेहरुले पनि पुस्ताकरणको मात्र कुरा नगरेर आवश्यकताको पनि जनमानसमा जानकारी पनि गराउनु पर्छ । मुलुक अहिले संवैधानिक पद्धतिबाट नभई आन्दोलनको माध्यम परिवर्तन खोज्दै अगाडि बढ्ने कोशिस गरिरहेको छ । यस्तो अवस्थामा संविधान र आन्दोलन एकै पटक लागु गर्न सकिँदैन र मिल्दैन पनि तर नेपालमा अहिले सरकार होस् वा राजनैतिक दल उनीहरु आफ्नो अनुकुल अनुसार आन्दोलन र संविधानको व्याख्या गरिरहेका छन् ।
आफ्नो मुनाफा हेरेर एउटा मात्र मापदण्ड बनाएर सरकार अगाडि बढ्न खोज्यो भने सहज पनि हुन्छ, सफल पनि हुन्छ, त्यो हो आन्दोलन । आन्दोलन र संविधान एकै साथ कही पनि अगाडि बढ्न सक्दैन । संविधानका विरुद्धमा आन्दोलन भएको हो, संविधान र आन्दोलनलाई समानान्तर रुपमा अगाडि बढाउने दुरुसाहस जबसम्म सरकार र नेपाली राजनीतिले गर्न खोज्छ जबसम्म सरकार र नेपाली राजनीतिले गर्न खोज्छ तबसम्म मुलुक गोल चक्करमा घुमिरहन्छ ।
आफ्नो गन्तव्यको यात्रामा अगाडि बढ्न सक्दैन । सरकारले आन्दोलनलाई न्यूनीकरण गरेर आफू सत्तासिन बन्न खोज्यो भने अर्को दुर्घटना पनि हुनसक्छ । के हुन्छ भन्ने भएपछि थाहा हुन्छ । मुलुकको ठुलो प्रजातान्त्रिक राजनैतिक दलका नेताहरु दलको बैठक बोलाउँछन् र ऐजण्डा पेस गर्छन् । सुरक्षा प्रमुखको शैलीमा । त्यो पनि कुनै दलीय ऐजण्डा हुन्छ, जहाँ बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन ?
नेपाली कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवालाई नै अराध्यदेव बनाएर जान तयार छन् । उनीहरुलाई आफूप्रति विश्वास छैन । इतर पक्ष पनि त्यस्तै छ एकले अर्कालाई नपत्याउने । त्यसैले यी दुई महामन्त्री व्यापकता हासिल गर्दै असफलतातर्फ अघि बढिरहेका छन् । यिनको क्षमता र योग्यता जनताले बुझिसकेका छन्, जोखिसकेका छन् । मुलुक अहिले संविधानको आधारमा नभएर आन्दोलनको आधारमा अगाडि बढिरहेको छ ।