युवराज शर्मा
पण्डितका घरमा मुसा पनि पण्डित हुन्छन् भन्थे । यो पखान बुढाथोकीहरुको भनाई थियो । अहिले यो उखान पुरानो भयो । पण्डित भनेपछि पढेलेखेको व्यक्तिलाई जनाउँछ तर वर्तमान समयमा पण्डितका घरमा मुसा पनि छैनन् । छोराछोरी पनि पढ्न रुची गर्दैनन् ।
स्कुलहरुलाई फिस बुझाउँछन् । कस्ता हाजिर पनि गर्दैनन् । त्यस्ता विद्यार्थीलाई हाजिरीको हाईसन्चो छ । विद्यालयले फिस महिना–महिनामा पाएकै छ र उसका लागि शुल्क नै हो । धेरैजसो स्कुलहरुले, शिक्षकहरुले शिक्षण कायृ गरे नगरेको पत्तै पाउँदैनन् स्कुलका प्रधानाध्यापक । त्यस्ता प्रधानाध्यापकलाई स्कुलमा ल्याउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि संक्षम छन् । उनी राजनीतिक दलका कार्यकर्ता हुन् ।
विद्यालय शिक्षालाई स्थानीय तहको सरकारमा ल्याएपछि मेयर, उपमेयर र वडा अध्यक्षको शक्ति हुन्छ । जुन दलको सरकार छ, उसकै अण्डरमा हेउमाण्टर र शिक्षकहरु झुक्नुपर्छ । यस्तो वातावरणका स्कुलहरुमा पढ्न–पाठन शून्य रहन्छ । स्कुलको पढाइबाट विद्यार्थी दिक्क भएका छन् भने बाबुआमा पनि चिन्तित छन् । त्यसैले होला पण्डितका छोराछोरीहरु पनि पढाइ छोडेर लाहुर (परदेशलाई लाहुर भन्छन्) जान्छन् ।
धनपैसा कमाउन भन्छन् तर घर फर्कदा रित्तो हात, नांगो छाति देखाएर आउँछन् । यस्तो अवस्था नेपालीहरुको घर–घरमा पाइन्छ । यो नै गरिबिताको परिचय हो । अभा र विपन्नताको दृश्य हो । जसलाई घटाउन सरकारले किन । सामुदायिक स्कुलहरुमा सुधार भएन ।
नेपालमा शिक्षाको विधान २००८ सालमा शिक्षा डाइरेक्टर दीर्घराज कोइरालाले बनाएर लागु गरेका थिए । त्यसलाई हटाएर राजा महेन्द्र शाहबाट २०१८ सालमा बनेको शिक्षा ऐनले अद्यापीसम्म शैक्षिक प्रशासन चलेको छ । जुन ऐन पञ्चायती शासन व्यवस्थाको थियो । परिवर्तनकारी शक्तिहरुको सङ्घी लोकतान्त्रात्मक गणतन्त्रको सरकारले पनि शिक्षा ऐन ल्याउन सकेन । त्यसैका लागि शिक्षकहरुले आन्दोलन पनि गरे ।
उनीहरु पनि दुई थरीका सामुदायिक र संस्थागतका शिक्षकहरु भएका थिए । उनीहरुले पढाउने स्कुल पनि सामुदायिक र संस्थागत थिए । यति लामो वर्षपछि पनि शिक्षा ऐन बनाएर दुई थरीका स्कुललाई एउटै नीति नियममा चलाउने व्यवस्था गर्न नसक्नु सरकारको कमजोर मात्र देखिएन, नेतृत्व वर्ग दिशाहीन बनेको पाइयो । करिब ५४ वर्षमा सङ्घीय लोकतान्त्रिात्मक गणतन्त्र ल्याएको पनि १७ वर्ष बित्यो ।
यो अवधिमा पनि शिक्षा ऐन बनेन । यसको दोषि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी बनेका छन् । नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्ड भएकाछन् । त्यसमा पनि आफूलाई परिवर्तनकारी शक्ति भन्थे– पुष्पकमल दहाल प्रचण्डले । उनले १७ वर्षदेखि रुपरंग बदले र माओवादीको रुप बदलिसकेका छन् ।
जेन–जी पुस्ताको परिवर्तनले पनि यिनीहरुलाई पाखा लगाउन सकेको छैन । माओवादीको २० वर्षे अवधिमा भन्ने गरेको बुर्जुवा शिक्षामा शिक्षण विधि र प्रविधिमा पनि परिवर्तन भएन । स्कुले पढाइ छोडेर युवाहरुलाई बन्दुक बोक्न लगाए । कलम पकड्ने हातले बन्दुक पडकाउने दृश्य देखाएका थिउ । आज तिनी युवाहरु घर छोडेर लाहुर गएका छन् । मृत्युवरण धेरैले गरेर अपांगहरु रोइरहेका छन् । पढाइ बिग्रियो र जीवन बिग्रियो भन्छन् ।
गाउँघरका युवाहरुले राजनीतिक दलहरुका झण्डा बोके । आफ्नो पढा छोडे । सामुदायिक स्कुलका विद्यार्थी दलका नेता र उम्मेदवारका अंग रक्षक बन्न पढाइ छोडेर जादै छन् । संस्थागत स्कुलको संस्थापकहरु दुई थरीका छन् । आर्थिक लाभ प्राप्तीमा रमाउने र मासिक तलब लिएर पढाउने शिक्षक जसले पढाएर पनि तलब पाउँछन् । विद्यार्थी भन्छन्– हाम्रा शिक्षकहरुलाई दुवै हातमा मिठाइका लड्डु छन् ।
त्यस्ता शिक्षण संस्थामा पढेका विद्यार्थीले कक्षा १२ पास पछि विदेशिन्छन् । उनीहरुका बाबुआमा भन्छन्– मेरो छोरो विदेशमा पढ्छ तर भन्दैनन् कि मेरो छोरा लाहुरे भयो । विदेशमा काम गर्दै पढ्दै गर्छ । उसले भन्छ– काम गरेर घर पैसा पठाउने हो । जहाँ पढे पनि मेरो काम पैसा कमाउने हो । यस्ता धेरै छोराहरुले भन्छन्– पढ्दैन जान्छु लाहुर । पढेर मात्र हुँदैन धनपैसा कमाउनै पर्छ ।
सामुदायिक स्कुलका विद्यार्थी गरिब र विपन्न परिवारका छन् । शिक्षकहरु सम्पन्न परिवारका छोराछोरी बुहारी जुवाई मान्जाभान्जी शिक्षक छन् भने कतै–कतै कुनै स्कुलहरुमा दलका नेताका पत्नीहरु छन् । गरिबका छोराछोरीले कक्षा १२ पास गरेर स्नातक तहमा पढ्नेभए पनि उनीहरुलाई दलीय नेताहरुले स्थान दिन चाहन्नन् ।
दलको झण्डा बोकाएर अग्रपंक्तिमा उभाउने, जुलुसमा चर्को नारा लगाउन र प्रहरीहरुद्वारा लाठी चार्ज हुँदा उनीहरुलाई प्रहरीहरुले लाठी चार्ज गरेको तमासा हेर्छन् । यस्तो वातावरणमा पढ्नुभन्दा विदेशीहरुको दासत्व स्वीकारेर लाहुर जाने इच्छा गर्छन् । जान्छ् पनि लर्को लायर । अहिले नेपालमा नेपाली युवाहरुमा बढिरहेको लहर पढाइभन्दा लाहुर प्यारो भएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थी र संस्थागत पढेका विद्यार्थीका लागि लिने संस्था एउटै छ । जहाँ तुलना र प्रतिष्पर्धा गर्ने वातावरण सरकारले मिलाउन सकेको छैन । महङ्गो स्कुल र गाउँमा भएका संस्थागत स्कुलहरुको तुलना एउटै छैन । शुल्कमा फरक, शिक्षकहरुको स्तर नै फरक छ । त्यस्तै सहरबजारका संस्थागत स्कुलहरुको पठनपाठन पनि तुलनात्मक रुपमा फरक छ ।
गुणस्तरीय पठनपाठन गराउन दक्ष र योग्य शिक्षक चाहिन्छ । त्यस्ता शिक्षकहरु सहरमा मात्र केन्द्रित छन् । जसको पढाइ रसिलो हुन्छ । त्यहाँ विद्यार्थीको चाप बढी हुन्छ तर पहाडी क्षेत्रका शिक्षकहरु विषयगत पाउन समस्या छ । त्यस्तो अवस्थामा उनीहरुले तुलनात्मक रुपमा प्रतिष्पर्धा गर्ने विद्यार्थीहरु बनाउन सकेका छैन । त्यस्ता ठाउँमा भएका स्कुलमा पढ्ने विद्यार्थी स्वतः कमजोर हुन्छन् ।
अहिले शीर ठाडो पार्ने स्कुलहरुमा संस्थागत स्कुलहरु देखिए पनि सहर केन्द्रित मात्र सफल छन् । उनीहरुले पढाएका विद्यार्थीले कक्षा १२ को जाँच पास पछि विश्वविद्यालय शिक्षा अन्तर्गतका क्याम्पसहरु पढ्नेहरु घट्दै छ । उनीहरुले पनि पढाइ छाड्दै लाहुर जाँदै छन् । घरमा बाबुआमासँग भन्छन्– पढ्दैन जान्छु लाहुर । पढेर पनि धन पैसा कमाउनु पर्ने छ ।
परापूर्वमा पण्डित बाजे भनेपछि धन पैसा भएको व्यक्तिलाई संस्कारिक व्यक्ति मानिन्थ्यो । अहिलेको समयमा पढेकोभन्दा धनपैसा भएको व्यक्तिलाई संस्कारिक भन्छन् । जससँग संस्कारिक गुणहरु छैनन् । त्यसको प्रभाव पढाइमा परेको छ । एमए र सोरहभन्दा माथि पिएचडी हो । जसलाई डा. लेख्ने गर्छन् । हुनत मेडिकल अधिकृतले पनि डा.लेख्ने चलन छ । डा. भनेको पिएचडीलाई सम्झन्छन् ।
जसमा मुन विषम विज्ञ मानिन्छ । त्यस्ता व्यक्तिहरुलाई विदुत वर्ग मान्छन् । त्यसैले भन्छन्– स्वदेशी पुज्यले राजा, विद्धान सकेन पुज्यते । तर, नेपालमा विदुत वर्ग भन्दा धनधान्य मुर्खलाई मानिन्छ । त्यसैले होला, सामुदायिक र संस्थागत स्कुलहरुमा पढ्ने अधिकांश विद्यार्थीले भन्छन्– पढ्दैन जान्छु लाहुर ।
सबै नागरिकमा एउटै चरित्र हुँदैन । बाबु विद्धान छ र आमा कुशल गृहिणी छिन् भने छोरा महामुर्ख बन्छ, कि त बाबुभन्दा विदुत बन्छ । अहिलेको मानव समाजमा पण्डितको छोरो पण्डित नै हुन्छ भन्ने छैन । गरिब र विपन्न परिवारको बाबुआमाका छोराछोरी पनि विद्धान हुन्छन् । यदि अवसर पाएर पढ्न सकेमा आफ्नो प्रतिभा देखाउन सक्छन् ।
प्रतिभाशाली विद्यार्थीलाई अवसर पाउन समस्या पर्छ । अवसरका लागि पहुँच र सम्बन्ध हुनुपर्छ । त्यो मौका गरिब र विपन्न परिवारको विद्यार्थीले पाउन सक्दैन । उसको शिक्षा कमजोर हुन्छ । त्यस्ता विद्यार्थीले सामुदायिक स्कुलमा पढ्छन् । प्रतिभाशाली विद्यार्थीको छनौट प्रक्रिया पनि सकारात्मक छैन । धेरैजसो त्यस्ता विद्यार्थीले तुलनात्मक जाँच प्रतिष्पर्धात्मक तरिकाबाट सफल हुन कठिन पर्छ । त्यसकारण पढाइ छोडेर लाहुर जान्छन् ।