कुल संक्रमित संख्या १ सय २०, कर्णाली प्रदेश सुरक्षित

दाङ २८ बैशाख । कर्णाली प्रदेश अहिलेसम्म संक्रमण प्रवेश नगरेको प्रदेशका रुपमा रहेको छ । नेपालगञ्जमा संक्रमण देखिएपछि सो प्रदेशले प्रदेश प्रबेशमा झनै कडाई गरेको छ । आफूहरुको उच्च सतर्कता र बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने कुरामा विशेष साबधानी अपनाइएका कारण संक्रमण प्रबेश हुन नसकेको प्रदेश सरकारको भनाइ रहेको छ ।

हालसम्म संक्रमित संख्या १ सय २० पुग्दा प्रदेश नम्बर १ मा ३५ जना, प्रदेश नं. २ मा ३१ जना, बागमति प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ४० जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संकमित देखिएका छन् ।

सबैभन्दा बढी संक्रमितहरु उदयपुर जिल्लामा रहेका छन् । त्यहाँ ३२ जना संक्रमित देखिएका छन् । त्यसैगरी पर्सामा २५, बाँकेमा २४, कपिलबस्तु र काठमाडौंमा ५÷५, कैलालीमा ४, रौतहटमा ३ जना संक्रमित देखिएका छन् । त्यसैगरी बाग्लुङ, बारा, चितवन र झापामा २÷२ जना संक्रमित भेटिएका छन् भने कन्चनपुर, रुपन्देही र सर्लाहिमा १÷१ जना संक्रमित भेटिएका छन् ।

कुल संक्रमित मध्य ३१ जना निको भएर घर फर्किसकेका छन् । सुदूर पश्चिम प्रदेशका ५ जना नै निको भैसकेका छन् । त्यसैगरी बागमति प्रदेशका ६ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश नं.२ का ४ जना र प्रदेश नं. १ का १४ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।