थप १० मा कोरोना, संक्रमितको संख्या १ सय २० पुग्यो

दाङ, २९ बैशाख ।। सोमबार कपिलबस्तु जिल्लाका थप १० जनामा कोरोना भाइरस९ कोभिड( १९० देखिएको छ । यो सगै कोरोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

कपिलबस्तु यशोधरा गाउपालिका ५ र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ बर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।