दाङ,२ मंसिर । घोराही ७ उत्तरवाहिनी क्षेत्र सुक्रवारमा मन्दिर निर्माण तथा गुरुकुल संचालनार्थ यही मंसिर ९ देखि १६ गतेसम्म लाग्न थालेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धनधान्याचलको दाता पहिचान समिति बिस्तार गरिएको छ ।
सदस्य सचिब प्रकाश भट्टराईले दाता पहिचान समितिको संयोजकमा नागरिक समाज दाङका पूर्व संयोजक, अगुवा ब्यबसायी चन्द्रराज पन्त रहेको र सदस्यहरुमा सामाजिक अगुवा भुपबहादुर डाँगी, बयालडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, नागरिक समाज दाङका सचिब नारायणप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको जानकारी दिएका छन्।
उत्तरबाहिनीमा आयोजित महायज्ञ सफल पार्न सबैखाले सहयोग गर्न दाता पहिचान समितिले आग्रह गरेको छ । महायज्ञ मुल आयोजक समितिको अध्यक्षमा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरी रहेका छ्न ।