गोरक्ष समाचारदाता
दाङ, २९ कातिक । थ्री जिरो क्लबमा आबद्ध विद्यार्थीले धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको सरसफाइ गरेका छन् । मेरिल्यान्ड पब्लिक एकेडमीमा अध्ययनरत कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत थ्री जिरो क्लबमा आबद्ध विद्यार्थीले पवित्र धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको परिसर सरसफाइ गरेका हुन् ।
मेरिल्यान्ड पब्लिक एकेडमीका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका सचिव दामोदर भुसालको प्रमुख आतिथ्यता एवम् ग्रामीण महिला उत्थान केन्द्रका कोषाध्यक्ष मिरा चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भुसालले थ्री जिरो क्लबका माध्यमबाट कलिला बालबालिकालाई आप्mनो वरपरको वातावरण सफा राख्न र धार्मिकस्थलको सरसफाइ गर्न सिकाएकोमा धन्यवाद दिएका थिए ।
आगामी दिनमा पनि मन्दिरमा हुने सामूहिक कार्यक्रममा सहयोग रहने अपेक्षा गरे । ग्रामीण महिला उत्थान केन्द्रका कोषाध्यक्ष मिरा चौधरीले संस्थाले मेरिल्यान्ड विद्यालयमा गठन गरेको थ्री जिरो क्लब, क्लबमा आबद्ध भाइबहिनी र विद्यालयले थ्री जिरो क्लबको अवधारणालाई आफ्नो क्लालेन्डरमै राखेर गत वर्षदेखि क्रियाकलाप थालेको बताइन् ।
कार्यक्रममा थ्री जिरो अर्थात् ‘३ शून्य, शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन’को अवधारणा अन्र्तगत सुरु गरेको मन्दिर सरसफाइ कार्यक्रममा सहयोग गर्ने सबैलाई विद्यालयका प्रधानाध्यायक श्रेष्ठले धन्यवाद दिएका थिए । कार्यक्रममा थ्री जिरोका फोकल पर्सन सोनी बुढालगायत क्लबमा आबद्ध विद्यार्थी, विद्यालयका शिक्षक र ग्रामीण महिला उत्थान केन्द्रका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो । ग्रामीण महिला उत्थान केन्द्र दाङले थ्री जिरो क्लब गठन गरेर विभिन्न सामाजिक काम गर्दै आएको छ ।