गोरक्ष समाचारदाता
दाङ, २८ कात्तिक । नेपाली कांग्रेस दाङले पूर्व जिल्ला सदस्य एवम् घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष स्वर्गीय देवीबहादुर डिसीको १३ औँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपभासपति, पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताले स्वर्गीय डिसीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गदै सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै राजु खनालले स्वर्गीय डिसीले खानेपानीका क्षेत्रमा गरेको योगदानकै कारण घोराहीमा खानेपानीको समस्या नरहेको बताए । बढ्दो जनसङ्ख्यालाई मध्यनजर गरेर डाँगीले बनाउने योजना र जनताका बिचमा घुलमिल गर्ने स्वभावका कारण सधँै सम्झनामा रहने बताए ।
काममा अहोरात्र खट्ने र जनताको सेवामा समर्पित स्वर्गीय डिसी ‘पानी बाजे’ सबैको मनमुटुमा बसेको भन्दै उनले गरेका कामलाई पछ्याउँदै घोराही क्षेत्रमा पानीको समाधान गर्ने लक्ष्यमा सबैले हातेमालो गरेर पूरा गर्नुपर्ने बताए । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने डिसीको स्वर्गारोहणले पार्टीलाई समेत असर गरेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय, राष्ट्रिय सभा नेपाली कांग्रेसका पूर्व प्रमुख सचेतक अनिता देवकोटा, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशवरी गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेपाली कांग्रेस महासमिति सदस्य भुपमबहादुर डाँगी, गोमा रावत, महाधिवेशन प्रतिनिधि बद्री खड्का, श्याम सुवेदी, घोराही नगर सभापति तिलक रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका सहभागीलाई स्वर्गीय डिसीका कान्छा छोरा मुकेश डिसीले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।